Government of Nepal Emblem

Chaudandigadhi

Municipality

सामाजिक अवस्था

शिक्षा, स्वास्थ्य, खानेपानी र सांस्कृतिक विकास

5.1 शैक्षिक तथा मानव संसाधन विकास

कुनै पनि देशको सामाजिक तथा आर्थिक विकासमा शिक्षाले ठूलो भूमिका खेलेको हुन्छ । यसलाई मानव विकासको सूचकको रूपमा लिइन्छ । यसै शिलशिलामा यहाँ नगरपालिकाको शैक्षिक स्थिति देखाउन खोजिएको छ । विकासको प्रमुख आधारशिला शिक्षा नै हो, शिक्षाको माध्यमबाट व्यक्तिमा अन्तरनिहित प्रतिभाहरूको विकास हुन गई समग्र समाज र राष्ट्रमा नै सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने सर्वमान्य सिद्धान्त रहि आएको छ । सचेत, अनुशासित तथा उत्पादनशील जनशक्ति निर्माण गर्नका लागि शिक्षा क्षेत्रको नै सर्वोपरि भूमिका अनिवार्य रहन्छ । योजना निर्माणमा गरिबी निवारण तथा चौतर्फी विकासका लागि शिक्षा क्षेत्रलाई मानव संसाधन विकासको एक सशक्त माध्यमको रुपमा नीतिगत रुपमा अवलम्बन गरिएको छ । राज्यको निति समेत शिक्षालाई विकासको प्रमुख पूर्वाधारको रुपमा विकसित, सर्वसुलभ र प्रभावकारी बनाउँदै लैजाने रहेको छ ।

नेपालको संविधान २०७२ को भाग ३, धारा ३१ शिक्षा सम्बन्धी मौलिक हक

१.

प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ ।

२.

प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ।

३.

अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानून बमोजिम निःशुल्क उच्च शिक्षा पाउने हक हुनेछ ।

४.

दृष्टिविहीन नागरिकलाई ब्रेललिपि तथा बहिरा र स्वर वा बोलाई सम्बन्धी अपाङ्गता भएका नागरिकलाई सांकेतिक भाषाको माध्यमबाट कानून बमोजिम निःशुल्क शिक्षा पाउने हक हुनेछ ।

५.

नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानून बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुनेछ ।

संविधान तथा योजनाको ठूला ठूला बहस भएता पनि विश्व सामु तुलनात्मक अध्ययन गर्दा हाम्रो शिक्षा क्षेत्रमा उल्लेखनीय विकास भने भएको देखिदैन् । शिक्षाले ज्ञान र सिपको प्रयोगात्मक परिवर्तन ल्याउने, पिछडिएको, विपन्न र अभावग्रस्त वर्गको पक्ष पोषण गर्ने, अवोध बालबालिका एवं आवाज विहिनका पक्षमा रही देशलाई समृद्ध बनाउने परिकल्पनालाई साकार पार्नुपर्दछ । देशका लागि आवश्यक नेतृत्वदायी क्षमताको विकास, अथक रूपमा सिक्ने र सिकाउने प्रवृति, सामाजिक र मानवीय मूल्यमान्यता र आत्मविश्वास जस्ता आधारभूत समग्र पक्षको विकास गर्न सघाउनु नै गुणस्तरीय शिक्षाको विशेषता हो । यस्तो शिक्षामा विश्लेषणात्मक र मौलिक सोचको पर्याप्तता हुनुपर्छ । निर्दिष्ट सिकाई मात्र स्तरीयता होइन । आज व्यवहारिक परिवर्तन, श्रमसँगको आस्था, जीवनोपयोगी खोज अनुसन्धान, सान्दर्भिकता देश र संस्कृतिप्रति प्रेम, नैतिक जिम्मेवारी, मौलिक रूपमा विज्ञानको उपयोग गर्न स्तरीय शिक्षाको आवश्यकता छ । शिक्षाको स्तरीय विकासले रोजगारीको अवसर, कलकारखानाको विकास, सुविधाको पहुँच, प्रविधिको विस्तार, उत्पादनमूखी कृषि, आयमूखी व्यवसाय, स्थानीय साधन श्रोतको प्रचुर सदुपयोगले जनताको जीवनस्तर उकास्न सकिन्छ जसले नगरपालिकाको अर्थतन्त्र बलियो हुनुको साथै सामाजिक विकासमा महत्वपूर्ण टेवा पुर्‍याउँछ ।

नक्सा नं. 7: नगरपालिका शिक्षा क्षेत्र नक्शा

नक्सा नं. 7: नगरपालिका शिक्षा क्षेत्र नक्शा

5.1.1 पाँच वर्ष माथिको जनसंख्याको साक्षरता

साक्षरताले पढ्न र लेख्न सक्ने सीपभन्दा माथि समग्र मानव विकास सूचकलाई इंगित गर्दछ । नगरपालिकामा ५ वर्ष वा सो भन्दा माथिको उमेर समूहका कुल ४९,४७७ जनसंख्या मध्ये ३८,४४५ अर्थात् ७७.७० प्रतिशत साक्षर रहेका छन् । पालिकामा पढ्न मात्र सक्ने साक्षर जनसंख्या ११८ जना अर्थात ०.२४ प्रतिशत छन् भने पढ्ने र लेख्न नजान्ने (दुवै सिप नभएका अर्थात निरक्षर) जनसंख्या १०,९१३ अर्थात २२.०६ प्रतिशत रहेको छ । जसको वडागत विस्तृत विवरण तालिकामा उल्लेख गरिएको छ ।

साक्षरता दर विवरण

Literate
77.7%
Read Only
0.24%
Illiterate
22.06%
77.7%
साक्षर
38,445 जना
0.24%
पढ्न मात्र जान्ने
118 जना
22.06%
निरक्षर
10,913 जना

स्रोत: राष्ट्रिय जनगणना, २०७८

औपचारिक शिक्षाको आधारमा जनसंख्याको साक्षरताको स्थिति

युनेस्कोले सन् १९५६ मा सामान्य पढ्न, लेख्न र दैनिक जीवनमा आइपर्ने गणितीय जोड घटाउ गर्न सक्ने व्यक्ति साक्षर भएको मानिने भनी परिभाषा गरेको थियो । नेपालले पनि यसै परिभाषालाई आधार मानेर साक्षरता अभियान सञ्चालन गरिरहेको छ । यस नगरपालिकामा रहेका ५ वर्ष देखि २५ वर्ष सम्मका कुल जनसंख्या मध्ये १२,१०५ अर्थात ७२.९३ प्रतिशत हाल विद्यालय तथा कलेज गइरहेका, ३,७८३ जना अर्थात २२.९६ प्रतिशत जनसंख्या पहिला विद्यालय तथा कलेज गएका र ६७५ जना अर्थात ४.१० प्रतिशत कहिले पनि स्कुल तथा कलेज औपचारिक शिक्षा हाँसिल नगरेको पाउन सकिन्छ । जसको विस्तृत विवरण तलको तालिकामा प्रस्तुत गरिएको छ ।

72.93%
हाल विद्यालय/कलेज गइरहेका
12,015 जना
22.96%
पहिला गएका
3,783 जना
4.1%
कहिले नगएका
675 जना

स्रोत: राष्ट्रिय जनगणना, २०७८

5.1.2 तहगत रुपमा शैक्षिक संस्था/विद्यालय र विद्यार्थी विवरण

सामुदायिक विद्यालयहरुको विवरण

क्र.स. विद्यालयको नाम ठेगाना
आधारभूत विद्यालय सिवाई बेल्हा चौदण्डीगढी–५
आधारभूत विद्यालय खैराहा चौदण्डीगढी–१०
आदर्श आधारभूत विद्यालय अप्राहा चौदण्डीगढी–८
बालमूखी आधारभूत विद्यालय अजगर चौदण्डीगढी–९
बालज्योती आधारभूत विद्यालय बदेलपानी चौदण्डीगढी–३
आधारभूत विद्यालय गडन्ता चौदण्डीगढी–१
बेलका आधारभूत विद्यालय हात्तिसार चौदण्डीगढी–३
भिमसेन आदर्श आधारभूत विद्यालय देवधार चौदण्डीगढी–१०
बुद्ध जनता प्रा.वि. गंगटे चौदण्डीगढी–२
१० गौरीकन्या आधारभूत विद्यालय सिमलटार चौदण्डीगढी–८
११ जलेश्वरी जनता आधारभूत विद्यालय रानीटार चौदण्डीगढी–१
१२ जाल्पाजना माध्यमिक विद्यालय अजिङ्गरे चौदण्डीगढी–४
१३ जनज्योती आधारभूत विद्यालय पछवारी टोल चौदण्डीगढी–९
१४ जनज्योती आधारभूत विद्यालय अमलचौरी चौदण्डीगढी–४
१५ जनकल्याण आधारभूत विद्यालय हात्तिसार चौदण्डीगढी–३
१६ जनसेवा आधारभूत विद्यालय सवाली टोल चौदण्डीगढी–४
१७ जनता आदर्श माध्यमिक विद्यालय कालिखोला चौदण्डीगढी–४
१८ जनता माध्यमिक विद्यालय हडिया चौदण्डीगढी–९
१९ जनता माध्यमिक विद्यालय लङ्गिनटार चौदण्डीगढी–८
२० जनता आधारभूत विद्यालय छुइला चौदण्डीगढी–१
२१ जयकलादेवी प्रा.वि. कालिटार चौदण्डीगढी–८
२२ ज्योती माध्यमिक विद्यालय बेल्टार चौदण्डीगढी–६
२३ कालिका माध्यमिक विद्यालय सिर्वानी चौदण्डीगढी–६
२४ कौवैदेवी आधारभूत विद्यालय झोरापाटा चौदण्डीगढी–२
25 कोकन आधारभूत विद्यालय ढेलाचौरी चौदण्डीगढी–५
26 लौवागढी माध्यमिक विद्यालय खैराझोरा चौदण्डीगढी–१०
27 मदरसा विस्मिल्लाह कुरान प्रा.वि. सिवाई चौदण्डीगढी–५
28 महादेवेश्वर आधारभूत विद्यालय बसाहा चौदण्डीगढी–४
29 पञ्चमी आधारभूत विद्यालय बेल्टार चौदण्डीगढी–७
30 रक्तमाला प्रा.वि. सुघारे चौदण्डीगढी–२
31 सगरमाथा आधारभूत विद्यालय भुल्के चौदण्डीगढी–७
32 सगरमाथा माध्यमिक विद्यालय भोर्लेनी चौदण्डीगढी–३
33 सारदा आधारभूत विद्यालय सिद्धिपुर चौदण्डीगढी–८
34 सरस्वती माध्यमिक विद्यालय सावा चौदण्डीगढी–८
35 सारदा माध्यमिक विद्यालय कटहरे चौदण्डीगढी–१
36 श्री भगवती माध्यमिक विद्यालय मुसहर्निया चौदण्डीगढी–९
37 श्री जनविकास माध्यमिक विद्यालय भिमा चौदण्डीगढी–९
38 श्री नारद आदर्श माध्यमिक विद्यालय वर्षेडाँडा चौदण्डीगढी–४
39 श्री माध्यमिक विद्यालय आम्साल चौदण्डीगढी–३
40 श्री माध्यमिक विद्यालय सिवाई चौदण्डीगढी–५
41 श्री शिव माध्यमिक विद्यालय सिवाई सुन्दरपुर चौदण्डीगढी–५
42 श्री थानपोखरी माध्यमिक विद्यालय ज्यामिरे चौदण्डीगढी–९
43 सिद्धकाली आधारभूत विद्यालय भित्ते चौदण्डीगढी–२
44 सिद्धेश्वरी माध्यमिक विद्यालय मुसहर्निया चौदण्डीगढी–९
45 सिंहदेवी माध्यमिक विद्यालय माडिबास चौदण्डीगढी–२

स्रोत: नगर कार्यपालिकाको कार्यालय

संस्थागत विद्यालयहरुको विवरण

क्र.सं. विद्यालयको नाम ठेगाना विद्यार्थी संख्या
बालविकास मन्टेश्वरी स्कुल चौदण्डीगढी–७ 38
बेरिया किड्स प्रि स्कुल चौदण्डीगढी–४ 44
भूपू सैनिक इंग्लिस स्कुल बेलटार चौदण्डीगढी–७ 182
ब्राइट फ्यूचर एकेडेमी चौदण्डीगढी चौदण्डीगढी–३ 199
ब्राइट फ्यूचर नेशनल इंग्लिस बोर्डिङ स्कुल (०–८) चौदण्डीगढी–८ 75
बुद्ध निकेतन इंग्लिस बोर्डिङ स्कुल चौदण्डीगढी–४ 190
बुडुरलाल विद्या निकेतन चौदण्डीगढी–९ 281
चण्डी ब्राइट फ्यूचर इंग्लिस बोर्डिङ स्कुल चौदण्डीगढी–९ 132
देउराली इंग्लिस बोर्डिङ स्कुल सिरुवानी चौदण्डीगढी–६ 202
१० एटिक इंग्लिस बोर्डिङ स्कुल चौदण्डीगढी–९ 55
११ कञ्चनजंघा इंग्लिस बोर्डिङ स्कुल बेलटार चौदण्डीगढी–७ 206
१२ मेरिगोल्ड एकेडेमी बेलटार चौदण्डीगढी–७ 202
१३ मोति मेमोरियल इंग्लिस बोर्डिङ स्कुल बर्खेडाँडा चौदण्डीगढी–४ 442
१४ न्यूटन एकेडेमी चौदण्डीगढी–२ 263
१५ पवित्रा मेमोरियल बेसिक इंग्लिस बोर्डिङ स्कुल चौदण्डीगढी–४ 235
१६ परुहाङ एकेडेमी चौदण्डीगढी–७ 349
१७ पुमा इंग्लिस बोर्डिङ स्कुल चौदण्डीगढी–६ 559
१८ सगरमाथा सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल चौदण्डीगढी–७ 725
१९ सुकदेव मेमोरियल एकेडेमी चौदण्डीगढी–५ 171
२० सुदर्शन इंग्लिस बोर्डिङ स्कुल चौदण्डीगढी–१० 174
२१ त्रिशक्ति इंग्लिस बोर्डिङ स्कुल चौदण्डीगढी–९ 75
२२ त्रियुगा पब्लिक इंग्लिस बोर्डिङ स्कुल हडिया चौदण्डीगढी–१० 146

स्रोत: नगर कार्यपालिकाको कार्यालय

5.1.3 विद्यालयमा अध्ययन गरिरहेका छात्रछात्राको विवरण

नगरपालिकाका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको विस्तृत विवरण तलको तालिकामा प्रस्तुत गरिएको छ ।

तहगत विद्यार्थी भर्ना

बालविकास
सामुदायिक
988
संस्थागत
1263
कक्षा १-५
सामुदायिक
2969
संस्थागत
2308
कक्षा ६-८
सामुदायिक
2234
संस्थागत
959
कक्षा ९-१०
सामुदायिक
1336
संस्थागत
369
कक्षा ११-१२
सामुदायिक
826
संस्थागत
76
सामुदायिक विद्यालय
संस्थागत विद्यालय
45
सामुदायिक विद्यालय
22
संस्थागत विद्यालय
67
कुल विद्यालय

स्रोत: नगर कार्यपालिकाको कार्यालय

५.१.४ शिक्षक तथा शैक्षिक जनशक्ति विवरण

तह स्थायी करार जम्मा राहत कुल जम्मा
प्राथमिक 125 10 135 52 177
निम्न माध्यमिक 30 3 33 48 78
माध्यमिक 24 1 25 19 43
50
बाल विकास सहजकर्ता
7
नगर सहजकर्ता
19
लेखा सहायक
490
कुल जनशक्ति

5.1.5 नमूना तथा इन्टरनेट सुविधा उपलब्ध भएका विद्यालयको विवरण

44

नगरपालिकाका ४४ विद्यालयहरुमा इन्टरनेट सुविधा उपलब्ध छ ।

स्रोत: नगर कार्यपालिकाको कार्यालय

5.1.6 शैक्षिक गुणस्तर सम्बन्धी विवरण

1

विद्यालय सहयोग संयन्त्र

2

परीक्षा व्यवस्थापन

3

शिक्षकहरुको क्षमता विकास तालिम

4

नियमित रुपमा अनुगमन सुपरीवेक्षण

5

ऐन नियमावली कार्यविधि निर्माण

5.1.7 बालमैत्री शिक्षा सम्बन्धी विवरण

हाल चौदण्डीगढी नगरपालिकाले बालमैत्री शिक्षा सम्बन्धी गरेका प्रयासहरु निम्न बमोजिम रहेका छन् ।

दण्डरहित शिक्षा

बालविकासमा खेल सामाग्रीको व्यवस्था

क्षमता विकास तालिमको व्यवस्था

बालमैत्री खानेपानी तथा शौचालयको व्यवस्था

बालक्लवहरुको गठन

बाल शिक्षा सम्बन्धी कार्यक्रम सञ्चालन

5.2 स्वास्थ्य तथा पोषण

नेपालको संविधानको धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकलाई मौलिक हकको रुपमा स्थापित गरिएको छ । उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन भनि उल्लेख गरिएको छ ।

पालिकामा हाल सामान्यस्तरको स्वास्थ्य सेवाहरू यहाँ रहेका आधारभूत नगर अस्पताल र स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रहरुबाट प्रदान भइरहेको छ । पालिकामा एक आधारभूत नगर अस्पताल (वडा नं. ७) बेलटार, ५ वटा (वडा नं. ४, १, ८, ५, ९) मा स्वास्थ्य चौकी र ६ वटा (३, २, ६, ५, १०, १०) मा आधारभूत स्वास्थ्य केन्द्रहरु सञ्चालनमा रहेका छन् ।

५.२.१ स्वास्थ्य संस्थाको विवरण

1
नगर अस्पताल
5
स्वास्थ्य चौकी
6
स्वास्थ्य केन्द्र
क्र.सं. स्वास्थ्य संस्थाको नाम ठेगाना सेवा
1 आधारभूत नगर अस्पताल चौ.न.पा.– ७ इर्मजेन्सी/ओ.पि.डि./बर्थिङ
2 स्वास्थ्य चौकी बसाहा चौ.न.पा.– ४ ओ.पि.डि./बर्थिङ
3 स्वास्थ्य चौकी चौदण्डी चौ.न.पा.– १ ओ.पि.डि./ ANC
4 स्वास्थ्य चौकी सिद्धीपुर चौ.न.पा.– ८ ओ.पि.डि./बर्थिङ
5 स्वास्थ्य चौकी सुन्दरपुर चौ.न.पा.– ५ ओ.पि.डि./बर्थिङ
6 स्वास्थ्य चौकी हडिया चौ.न.पा.– ९ ओ.पि.डि./बर्थिङ
7 आधारभूत स्वास्थ्य केन्द्र आम्साल चौ.न.पा.– ३ ओ.पि.डि./ ANC
8 आधारभूत स्वास्थ्य केन्द्र माडिवास चौ.न.पा.– २ ओ.पि.डि./ ANC
9 आधारभूत स्वास्थ्य केन्द्र सिर्वानी चौ.न.पा.– ६ ओ.पि.डि./ ANC
10 आधारभूत स्वास्थ्य केन्द्र सिवई चौ.न.पा.– ५ ओ.पि.डि./ ANC
11 आधारभूत स्वास्थ्य केन्द्र हडिया चौ.न.पा.–१० ओ.पि.डि./ ANC
12 आधारभूत स्वास्थ्य केन्द्र खैराहा चौ.न.पा.–१० ओ.पि.डि./ ANC

5.2.2 खोप सेवा तथा सुरक्षित मातृत्व सम्बन्धी विवरण

खोप कभरेज दर (%)

BCG 99.8%
DPT HepB Hib1 99.8%
DPT HepB Hib2 99.8%
DPT HepB Hib3 99.8%
OPV1 99.8%
OPV2 99.8%
OPV3 99.8%
PCV1 99.8%
PCV2 99.8%
PCV3 99.8%
IPV 99.8%
MR1 99.8%
MR2 99.8%
JE 99.8%

स्रोत: नगर कार्यपालिकाको कार्यालय (श्रावण २०८१/ असार ८२)

स्रोत: नगर कार्यपालिकाको कार्यालय

5.2.3 बालस्वास्थ्य तथा कुपोषणको अवस्था

कुनै पनि ठाउँको पोषणको अवस्था त्यस ठाउँका बालबालिकालाई हेरेर सजिलै अनुमान लगाउन सकिन्छ । पोषित बालबालिकालाई कुनै पनि ठाउँको सामाजिक र आर्थिक विकासको सूचकको रुपमा हेर्न सकिन्छ ।

5.2.4 प्रमुख रोग र उपचार सम्बन्धी विवरण

1

Gastritis

2

URTI

3

LRTI

4

Fever

5

Headache

6

PID

7

Cancer

8

Heart Disease

9

Chronic Kidney Disease

10

Spinal Injuries

स्रोत: नगर कार्यपालिकाको कार्यालय

5.2.5 सुरक्षित मातृत्व

परिवार नियोजनका साधनहरु

गर्भनिरोधक चक्की

सुई

कण्डम

आइ.यु.सि.डि.

नर्प्लान्ट

5.2.6 विवाहित तथा अविवाहित महिला तथा पुरुषको विवरण

28,123
विवाहित
20,123
अविवाहित
2,385
विधवा/विधुर

स्रोत: राष्ट्रिय जनगणना, २०७८

5.3 खानेपानी तथा सरसफाई

स्वच्छ पानी तथा सरसफाई मानवीय स्वास्थ्य लाई प्रभाव पार्ने प्रमुख तत्वहरू भएको र दिगो विकास लक्ष्यको लक्ष्य नं. ६ ले खानेपानी तथा सरसफाईलाई सुनिश्चितता गर्नुका साथै नेपालको संविधानले पनि खानेपानी तथा सरसफाई सुविधालाई नागरिकको मौलिक हकको रुपमा व्याख्या गरेको छ ।

SDG-6: सुरक्षित पिउने पानी प्रयोगकर्ता प्रतिशत

2015
15%
2019
35%
2022
50%
2025
65%
2030
90%

water-sources खानेपानीको श्रोतको विवरण

खानेपानीको स्रोत वितरण

पाइप धारा (घरपरिसर भित्र) 32.03%
32.03%
पाइप धारा (घरपरिसर बाहिर) 19.92%
19.92%
ट्युवेल/हेन्डपम्प 34.61%
34.61%
ढाकिएको ईनार/कुवा 4.94%
नढाकिएको खुला ईनार/कुवा 7.14%
मूल धारा 0.54%
नदी/खोला 0.23%
जार/बोतल 0.06%
अन्य 0.54%

कुल घरपरिवार: १२,७०३

सामान्यतया धेरैजसो घरपरिवारले ट्युवेल/हेन्डपम्पबाट पानी पिउनेको संख्या ३४.६१ प्रतिशत र धारा/पाइप (घरपरिसर भित्र) को पानी पिउने परिवारको संख्या ३२.०३ प्रतिशत रहेको छ ।

5.3.2 शौचालयको प्रयोगको अवस्था

शौचालय कभरेज

99.23% कभरेज
फ्लस चर्पी
97.28%
साधारण चर्पी
1.95%
चर्पी नभएको
0.77%

स्रोत: राष्ट्रिय जनगणना, २०७८

5.3.3सार्वजनिक शौचालयको विवरण

8

सार्वजनिक शौचालय

५.३.४ फोहोर व्यवस्थापन सम्बन्धी घरपरिवारको विवरण

फोहोरहरू खोला–खोल्साका होचा भागमा अनियन्त्रित तरिकाले फाल्ने प्रवृति

जमिनका होचा भाग पानीका स्रोत पनि हुने भएका र तिनै पानी सतहमा देखिने एवं जमिनको भित्र पानी छिरेर जाने

होचा भागमा फालिएको फोहोरले सतहको पानी तथा जमिन भित्रको पानी समेतलाई प्रदुषित गर्दछ

5.3.5ढल निकास तथा ल्याण्डफिल साइटको अवस्था

स्थान: वडा नं. ७

स्थिति: सञ्चालनमा

5.3.6घरपरिवारविहिन बालबालिकाको अवस्था

नेपालको संविधानको धारा ३९ मा बालबालिकाको हकमा घरपरिवारविहिन बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हक हुनेछ भनी व्यवस्था गरिएको छ ।

5.4.1खेलमैदान, पार्क, पिकनिक स्थल तथा मनोरञ्जनस्थल सम्बन्धी विवरण

18

खेलमैदान

3

पार्क

5.4.2युवा क्लब सम्बन्धी विवरण

25

युवा क्लब

भर्लेनी खेलमैदान

भर्लेनी खेलमैदान

सुन्दरपुर खेल मैदान

सुन्दरपुर खेल मैदान

5.5.1सार्वजनिक स्थल, पाटी, पौवा र चौतारा

45

सार्वजनिक स्थल

festivals-eventsस्थानीय चाडपर्व तथा जात्रा र मेलाहरूको विवरण

[object Object]

[object Object]

[object Object]

[object Object]

[object Object]

[object Object]

[object Object]

[object Object]

5.6 शान्ति तथा सुरक्षाको विवरण

5

सुरक्षा निकाय

स्रोत: नगर कार्यपालिकाको कार्यालय