Government of Nepal Emblem

Chaudandigadhi

Municipality

Introduction

Foundational Introduction to Chaudandigadhi Municipality's Baseline Profile

१.१ Background

After the long sacrificial struggle of the Nepali people, a federal democratic republican system has been established in Nepal. This system, which has been successfully practiced in various countries around the world, is new in Nepal and will take some time to get used to. The strong side of the federal governance system is people-centered governance. Under Nepal's federal system, the structure of the state has been divided into three levels. The Constitution of Nepal has established local levels as autonomous local governments, similar to federal or central governance, provincial governance in the middle, and local government at the lower level. Schedule 8, Serial No. 6 of the Constitution mentions that the local government has full authority regarding local statistics and record collection, and this subject has been further expanded in Section 11(2)(ch) of the Local Government Operation Act, 2074.

Therefore, exercising the rights granted by the Constitution of Nepal and the Local Government Operation Act, 2074, this report has been prepared with the belief that this baseline profile will help the municipality move towards proper direction of development and prosperity as a major source of local level development planning, policy formulation and local information, according to the Village/Municipality Baseline Profile Preparation Procedure, 2078 prepared by the Ministry of Federal Affairs and General Administration.

१.२ उद्देश्य

पाश्र्वचित्र निर्माणको प्रमुख उद्देश्य भनेकै नगरपालिकाको समग्र वस्तुगत अवस्थाको जानकारीहरूलाई सुव्यवस्थित ढङ्गले अभिलेखीकरण गर्ने र ती तथ्याङ्क वा सूचनाहरूलाई अद्यावधिक गर्दै आवश्यक पर्दा सरोकारवालाहरूलाई सूचना उपलब्ध गराउनु हो । पाश्र्वचित्रका अन्य विशिष्ट उद्देश्यहरू निम्नानुसार रहेका छन्:

a)

नगरपालिकाको समग्र भौतिक पूर्वाधार, आर्थिक पक्ष, सामाजिक पक्ष, प्राकृतिक सम्पदा तथा विपद् व्यवस्थापन सम्बद्ध पक्षहरूको सूचना तथा तथ्याङ्कको अभिलेख तयार पार्ने ।

b)

सेवाप्रवाह तथा संस्थागत संयन्त्रहरूका बारेमा सूचना तथा तथ्याङ्कहरूको अभिलेख तयार गर्ने ।

c)

सबल पक्षहरू, दुर्बल पक्षहरू, अवसरहरू, चुनौतीहरू तथा सम्भावनाहरूको विश्लेषण गर्ने ।

d)

विभिन्न विषयगत आधार नक्शा तयार गर्ने ।

e)

समग्र जनसांख्यिक, आर्थिक, सामाजिक, भौतिक, प्राकृतिक, ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथ्याङ्कहरूको व्याख्या र विश्लेषण गर्ने ।

f)

प्राप्त सूचनाहरूको वर्गीकरण गरी सुव्यवस्थित र सरल ढंगले सर्वसाधारणले बुझ्न सक्ने गरी विभिन्न खण्डमा विभाजन गरी प्रस्तुत गर्ने ।

g)

माथि उल्लेखित सम्पूर्ण विषयसँग सम्बन्धित एकमुष्ठ तथ्याङ्कीय आधार तयार पार्ने ।

१.४ तयारीका चरणहरू

यस नगरपालिकाको पाश्र्वचित्रको तयारी गर्दा प्रयोग गरिएका विधिहरू निम्नानुसार रहेका छन्—

यसमा नगरपालिकाको विभिन्न विषयगत शाखा, विषयगत कार्यालय तथा विभिन्न संघसंस्थाहरूबाट उपलब्ध तथ्याङ्कहरू समावेश गरिएको छ ।

सबै वडाका अध्यक्ष तथा अन्य पदाधिकारीसँग प्रत्यक्ष अन्तर्वार्ता विधि प्रयोग गरी तथ्याङ्क संकलन गरिएको ।

राष्ट्रिय जनगणना, २०७८ र अन्य विभिन्न सर्वेक्षण आदिका नतिजाहरू समावेश गरिएको ।

यस अध्ययन प्रतिवेदनमा तथ्याङ्कको विश्लेषणका क्रममा विभिन्न तालिकाहरू, चित्रहरू तथा नक्शाको प्रयोग गरी वर्णनात्मक तथा तुलनात्मक रुपमा विश्लेषण गरिएको छ ।

पार्श्वचित्र तयार गर्ने कार्य प्राथमिक (Primary) तथा द्वित्तीय (Secondary) सूचना संकलन पद्दती प्रयोग गरी गरिएको छ । भू–उपयोग, सडकहरू र सोको गुणस्तर तथा वातावरणीय समस्याहरू जस्ता तथ्याङ्कहरू, भौगोलिक सूचना प्रणाली तथ्याङ्क (GIS Data), स्थल स्वरुप नक्शा, हवाई नक्शा, नापी नक्शा, स्थलगत निरीक्षण तथा अन्तरर्वाता विधि प्रयोग गरी संकलन गरिएको छ । यसका साथै नगरपालिका स्थित विभिन्न सरकारी एवं गैरसरकारी निकायहरूका पदाधिकारीहरू, बुद्धिजीवीहरू उपलब्ध प्रतिष्ठित व्यक्तित्वहरूसँग छलफल एवं अन्तरर्वाता गरी नगरपालिकाका प्रमुख समस्या एवं विकासका सम्भावनाहरू बारे जानकारी लिइएको छ । नगरपालिकाका समग्र तथ्याङ्कहरू जस्तैः भौतिक, वातावरणीय, सामाजिक, आर्थिक, वित्तीय एवं संस्थागत तथ्याङ्कहरू नगरपालिका कार्यालय लगायत नगरपालिका स्थित सरकारी एवं गैरसरकारी कार्यालयहरूको रेकर्डबाट र केही तथ्याङ्कहरू सम्बन्धित विभाग तथा अन्य निकायहरूबाट प्रकाशित प्रतिवेदन एवं पुस्तकहरू अध्ययन गरी संकलन गरिएको छ ।

१.४.१ वस्तुस्थिति विवरण ढाँचा, औजार तथा कार्यविधि तयारी

यस तयारीको पहिलो चरणमा देहाय बमोजिमका गतिविधिहरु संचालन गरिएका छन्:

चौदण्डीगढी नगरपालिका क्षेत्रको भौगोलिक अवस्था, जनसंख्या, सामाजिक, आर्थिक, प्राकृतिक, भौतिक, वातावरणीय र संस्थागत वस्तुस्थिति झल्कने र भौगोलिक तथा सामाजिक रुपमा खण्डीकृत विवरण खुल्ने गरी वस्तुस्थिति विवरण तयारी कार्य प्रारम्भ गर्न कार्यपालिका बैठकबाट निर्णय गरियो ।

वस्तुस्थिति विवरणको स्तरीय ढाँचा अनुसार राष्ट्रिय जनगणना, २०७८ र अन्य विभिन्न सर्वेक्षण आदिका नतिजाहरू समावेश गरी संस्थागत सर्वेक्षण एवं सहभागितामूलक लेखाजोखा सर्वेक्षणका लागि विज्ञहरुको समेत संलग्नतामा प्रश्नावलीलाई अन्तिम रुप दिइयो ।

१.४.२ वस्तुस्थिति विवरण तयारी कार्यशाला

वस्तुस्थिति विवरण तयारीका लागि चौदण्डीगढी नगरपालिकाले कार्यपालिकाका पदाधिकारी, कर्मचारी र सरोकारवालाहरुबिच वस्तुस्थिति विवरणको स्तरीय ढाँचा, तथ्याङ्कको स्रोत तथा संकलन एवं विश्लेषण तयारी विधिबारे साझा धारणा, बुझाई र अपनत्व कायम गर्न छलफलबाट कार्ययोजना तयार गर्नका लागि तथा वस्तुस्थिति विवरण तयार गर्ने कार्यको जिम्मेवारी र कार्ययोजना निर्धारण गर्नका लागि नगरपालिका प्रमुख, उप–प्रमुख, कार्यपालिकाका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत, वडा सचिवहरु, विषयगत शाखा/उपशाखा र इकाई प्रमुखहरु, नगरपालिकाबाट छनौट गरिएका स्थानीयस्तरको जानकार विशेषज्ञ वा स्थानीय विज्ञहरुको सहभागितामा एक दिनको वस्तुस्थिति विवरण तयारी कार्यशाला गोष्ठी संचालन गरियो ।

१.४.३ तथ्याङ्क संकलन

यहाँको वस्तुस्थिति विवरण निर्माणका लागि दुई किसिमका तथ्याङ्कहरू संकलन गर्न संस्थागत विवरण तथा राष्ट्रिय जनगणना २०७८, कृषि गणना, विभिन्न सर्वेक्षण, मानव विकास प्रतिवेदन, लगायतबाट प्राप्त विवरणहरु संकलन गरिएको थियो । संस्थागत विवरण संकलन अन्तर्गत प्रश्नावलीहरूको माध्यमबाट हरेक वडा कार्यालय तथा कार्यपालिकाको विभिन्न शाखाहरूको समेत सहयोग र समन्वयमा विवरणहरू संकलन गर्ने कार्य गरियो । यसरी संस्थागत विवरणहरू संकलन गर्ने सन्दर्भमा स्रोत नक्शा एवं GIS Mapping लाई व्यवस्थित गर्नका लागि GIS Coordinates लिइएको थियो ।

१.४.४ तथ्याङ्क प्रशोधन तथा विश्लेषण र स्रोत नक्शा तयारी

प्राप्त तथ्याङ्कलाई व्यवस्थित तथा विश्लेषणका लागि कम्प्युटर सफ्टवेयरको डिजाइन तथा विकास गरी आवश्यकता अनुसारका तालिकाहरू तयार गरिनुका साथै थप विश्लेषणका लागि MS Excel को पनि प्रयोग गरियो भने प्राप्त सबै प्रकारका तथ्याङ्कहरूलाई MS Excel को प्रयोग गरी विश्लेषण गर्ने कार्य गरियो । स्रोत नक्शा तयारीका लागि पनि दुवै तरिकाहरू जस्तै GIS Database लाई आधार मानी सफ्टवेयरको प्रयोग गरी GIS मा आधारित स्रोत नक्शा बनाउने, तथ्याङ्क व्यवस्थापनका लागि विकास गरिएको सफ्टवेयरमा पनि GIS Coordinates राखेर Google Map को प्रयोगबाट Mapping गर्ने विधिको प्रयोग गरियो ।

१.४.५ वस्तुस्थिति विवरणको मस्यौदा तयारी

तथ्याङ्क प्रशोधन तथा विश्लेषण र स्रोत नक्शा तयारीबाट प्राप्त प्रतिवेदनहरूलाई व्यवस्थित गर्दै तथा वस्तुस्थिति विवरण तयारी कार्यविधि, २०७८ ले निर्देश गरे अनुसार ढाँचाको अनुशरण गर्दै विज्ञहरूद्वारा वस्तुस्थिति विवरणको मस्यौदा प्रतिवेदन तयार गरी निश्चित समयावधिमा नगरपालिकामा पेश गरियो ।

१.४.६ वस्तुस्थिति विवरण सुझाव संकलन

निर्धारित ढाँचामा पालिकाको वस्तुस्थिति विवरणको पहिलो मस्यौदा तयार भए पश्चात् वस्तुस्थिति विवरणको मस्यौदामा छलफल गर्न कार्यपालिकामा एक दिने प्रमाणीकरण कार्यशालाको आयोजना गरियो ।

१.४.७ नगरपालिकाको वस्तुस्थिति विवरणको अन्तिम प्रतिवेदन तयारी

कार्यशालाबाट प्राप्त भएका सुझावहरूलाई समावेश गरी तथा मस्यौदा प्रतिवेदनमा परिमार्जन गर्नुपर्ने विषयहरु, कार्यशालाबाट प्रस्तुत सुझावहरू बारे सम्बन्धित सरोकारवालासँग आवश्यकता अनुसार पुनःपरामर्श गरी एवं वस्तुस्थिति विवरणको स्तरीयता र गुणस्तर सुनिश्चितताका लागि विज्ञहरूका सुझावहरूलाई समेत ध्यान दिई वस्तुस्थिति विवरणलाई अन्तिम रुप दिइएको हो ।

१.५ वस्तुस्थिति विवरणको सीमा

राष्ट्रिय योजना आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्धारण गरे बमोजिम नगरपालिका पाश्र्वचित्र तयार गर्दा प्रयोग गरिएका तथ्याङ्कहरूको स्रोत र आधार वर्ष खुलाइएको छ । नगरपालिकाका विषयगत शाखा, सरकारी तथा गैरसरकारी कार्यालय, अन्य संघसंस्थाले उपलब्ध गराएका तथ्याङ्क, विभिन्न मन्त्रालय, विभागहरू आदि स्रोतहरूबाट उपलब्ध तथ्याङ्कको आधारमा यो वस्तुगत विवरण तयार गरिएको छ । पार्श्वचित्रको अवधारणा अनुसार यसले चौदण्डीगढी नगरपालिकाको सम्पूर्ण पक्षको यथार्थ जानकारी सरल एवं स्पष्ट रुपमा दिन्छ । अध्ययनलाई यथासक्य वस्तुगत बनाउने प्रयास गरिएको छ । तैपनि स्रोत, साधन तथा सूचना व्यवस्थापन सिमितताका कारण अपेक्षित सम्पूर्ण सूचनाहरू प्राप्त हुन सकेका छैनन् । तथापी, अध्ययनमा निर्धारित उद्देश्यका आधारमा आवश्यकता अनुसारका तथ्याङ्क भने समावेश गरिएको छ ।