Government of Nepal Emblem

Chaudandigadhi

Municipality

पारिवारिक तथा जनसांख्यिक विवरण

जनसंख्या, परिवार र सामाजिक संरचनाको विस्तृत विश्लेषण

३.१ मुख्य बस्ती र घरपरिवारको विवरण

३.१.१ मुख्य बस्ती

यहाँ विषम भौगोलिक अवस्था भएतापनि जलवायुको आधारमा बसोबासका लागि उपयुक्त मानिएको छ । हुलाक, टेलिफोन, स्वास्थ्य चौकी र विद्यालयको पहुँचका साथै यातायातको सुविधा विस्तार तिब्र रुपमा हुनाले पनि ग्रामिण बस्ती विकासका लागि योगदान पुर्‍याइरहेको पाइन्छ । यसका साथै विभिन्न स्थानहरूमा नगरपालिकाहरूले आफ्नो आन्तरिक यातायात मार्गहरू बनाई सार्वजनिक क्षेत्रहरूमा बजार व्यवस्थापन गर्ने कार्यका साथै स–साना व्यापारिक केन्द्रको रुपमा क्रमिक विकास भइरहेको छ ।

यहाँको आवास क्षेत्रहरूको व्यवस्थित तवरले विकास गर्न प्रत्येक बस्तीमा आवत जावत गर्न मोटर बाटो, खुल्ला क्षेत्रका प्रावधान, चारपाटे आकार मिलेका घडेरीहरू लगायत भौतिक तथा पूर्वाधारको निर्माण सहितको व्यवस्थित बस्तीको विकास गर्न जग्गा एकीकरण वा सेवा सुविधा जस्ता कार्यक्रमहरू संचालन गर्नुपर्दछ । यसरी जग्गा विकास कार्यक्रम संचालन गर्दा शहरी विस्तार क्षेत्र प्रस्तावना गरिएका क्षेत्रहरूलाई टेवा पुर्‍याउने हिसाबले प्राथमिकता दिनु पर्दछ । हाल यस नगरपालिकामा रहेका मुख्य बस्तीहरुको विवरण तलको तालिकामा समावेश गरिएको छ ।

तालिका नं. 4: नगरपालिकामा रहेका मुख्य बस्तीहरुको विवरण

वडा नं. नगरपालिकाका मुख्य बस्तीहरुको विवरण
रानीटार, चारघरे, गढी, कंचनपुर, ज्यामिरे, सिम्पानी, बिर्ता र वंशीला
माडीवास, झोरापाटा, गंगटे, भित्ते
हात्तिसार, भोर्लेनी, आम्साल, विरेन्द्रचोक, रमाइलो डाँडा, बँदेल पानी, बर पिपल भान्जी डाडा
वर्षे डाँडा, शनिवारे, बसाहा थान, तिन दोभाने, मकम डाँडा
सिवाही, सुन्दरपुर, ढेला
बेल्टार, सातधारे, सिरवानी, केचुवा
बेल्टार (माथिल्लो भेग), लामेचौरी, भुल्के
विरेन्द्र बजार, सिद्धिपुर, लुम्लिनटार, टोड्के, धारापानी, सिमलटार
ज्यामिरे, हडिया, थान पोखरी, भीमा
१० हडिया, खैराहा, शिवनगर, देबधार, अँधेरी

स्रोतM नगर कार्यपालिकाको कार्यालय

३.१.२ घरपरिवारको विवरण

तालिका नं. 5: वडागत क्षेत्रफल, जनसंख्या तथा घरधुरी विवरण

वडा घरधुरी २०६८ को जनसंख्या २०७८ को जम्मा जनसंख्या जनसंख्या वृद्धिदर क्षेत्रफल (वर्ग कि.मि.) जनघनत्व औषत परिवार आकार लैङ्गिक अनुपात
पुरूष महिला जम्मा
1 773 3,882 1,691 1,751 3,442 -0.87 47.94 71.79 4.45 96.57
2 1,144 4,059 2,378 2,760 5,138 2.04 13.74 373.89 4.49 86.16
3 1,000 3,871 1,853 2,163 4,016 0.29 17.02 235.89 4.02 85.67
4 1,668 6,235 3,230 3,706 6,936 0.86 19.76 351.03 4.16 87.16
5 1,523 5,673 2,999 3,360 6,359 0.93 43.64 145.70 4.18 89.26
6 1,352 4,516 2,610 2,940 5,550 1.76 9.01 615.98 4.11 88.78
7 1,427 5,237 2,881 3,236 6,117 1.29 9.37 652.34 4.29 89.03
8 861 3,770 1,771 1,958 3,729 -0.08 44.09 84.58 4.33 90.45
9 1,806 6,753 3,539 4,007 7,546 0.90 49.43 152.65 4.18 88.32
10 1,149 4,578 2,205 2,593 4,798 0.37 29.76 161.22 4.18 85.04
जम्मा 12,703 48,574 25,157 28,474 53,631 0.80 283.78 188.99 4.22 88.35

स्रोतM राष्ट्रिय जनगणना,२०७८

नगरपालिकाको वडागत जनसंख्याको तुलनात्मक विश्लेषण गर्दा सबैभन्दा धेरै जनसंख्या वडा नं ९ मा रहेको छ जसमा जम्मा जनसंख्या ७,५४६ रहेकोमा (पुरुष ३,५३९ जना र महिला ४,००७ जना) रहेका छन् । यस वडाको औषत परिवार आकार ४.१८ र घरधुरी संख्या १,८०६ रहेको छ । त्यस्तै सबैभन्दा थोरै जनसंख्या वडा नं. १ मा रहेको छ जसको जनसंख्या ३,४४२ (पुरुष १,६९१ जना र महिला १,७५१ जना) रहेका छन् भने घरधुरी संख्या ७७३ र औषत परिवार संख्या ४.४५ रहेको छ । सबैभन्दा कम जनघनत्व वडा नं १ मा रहेको छ जसको जनघनत्व ७१.७९४ व्यक्ति प्रति वर्ग कि.मि. रहेको छ भने सबैभन्दा बढी जनघनत्व वडा नं. ७ रहेको छ जसको जनघनत्व ६५२.३४ व्यक्ति प्रति वर्ग कि.मि. रहेको छ । जसको विस्तृत विवरण माथि तालिकामा उल्लेख गरिएको छ भने तालिकालाई तल स्तम्भ चित्रमा प्रस्तुत गरिएको छ ।

३.२ जनसंख्या वितरणको अवस्था

कुनै पनि स्थानको जनसंख्या, विकासको साधन र साध्य दुवैको रुपमा रहेको हुन्छ । विकासका लागि आवश्यक अन्य आर्थिक, भौतिक साधनहरूको परिचालन मानव श्रोतबाट नै हुने भएकाले विकास योजना तर्जुमा गर्दा यसको बनावटको विविध पक्षहरूको अध्ययन र विश्लेषण हुनु आवश्यक हुन्छ । नेपालमा जनसंख्याको विविध पक्षको तथ्याङ्क प्रत्येक १० वर्षमा हुने राष्ट्रिय जनगणनाको साथै नगरपालिकास्तरमा घरधुरी सर्वेक्षण मार्फत् समेत प्राप्त हुने गरेको छ । यहाँ राष्ट्रिय जनगणना, २०७८ बाट प्राप्त तथ्याङ्कका आधारमा जनसंख्याका विविध पक्षहरूको विश्लेषण गरिएको छ ।

तालिका नं. 6: जनसंख्याको विवरण

जम्मा जनसंख्या

53631

जम्मा पुरुष

25157

जम्मा महिला

28474

लैङ्गिक दर (प्रति १०० महिलामा पुरुषको संख्या)

88.35

कुल परिवार

12703

औषत परिवार आकार

4.2

जनघनत्व (प्रतिवर्ग कि.मि.)

188.99

जनसंख्या वृद्धिदर (प्रतिशत)

0.80

साक्षरता दर (५ वर्ष र सो भन्दा बढी उमेर समूह)

77.7 प्रतिशत

स्रोतM राष्ट्रिय जनगणना,२०७८

माथिको तालिकामा चौदण्डीगढी नगरपालिकाको जनसंख्याको विवरण प्रस्तुत गरिएको छ । राष्ट्रिय जनगणना, २०७८ को तथ्याङ्क अनुसार नगरपालिकाको जम्मा जनसंख्या ५३,६३१ रहेको छ जसमध्ये पुरुष ४६.९१ प्रतिशत (२५,१५७ जना) र महिला ५३.०९ प्रतिशत (२८,४७४ जना) रहेका छन् । सोही अनुसार लैङ्गिक अनुपात (sex ratio) अर्थात प्रति १०० महिलामा पुरुषको संख्या ८८.३५ रहेको छ । जनघनत्व (प्रति वर्ग किलोमिटरमा रहेको जनसंख्या) १८८.९९ जना प्रति वर्ग किलोमिटर रहेको छ । यस नगरपालिकाको कुल जनसंख्या मध्ये १,५६२ जना अर्थात २.९ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरू रहेका छन् । कुल १२,७०३ घरपरिवार रहेको यस नगरपालिकामा प्रति परिवार औषत ४.२२ जना सदस्य रहेको देखिन्छ ।

३.३ उमेर समूह तथा लिङ्ग अनुसार जनसंख्याको विवरण

तालिका नं. 7: उमेर र लिङ्ग अनुसार जनसंख्याको विवरण

पुरूष (Male)
महिला (Female)
उमेर समूह पुरूष महिला जम्मा
००-०४ वर्ष 2,140 2,014 4,154
०५-०९ वर्ष 2,471 2,410 4,881
१०-१४ वर्ष 2,532 2,623 5,155
१५-१९ वर्ष 2,809 2,849 5,658
२०-२४ वर्ष 2,191 2,728 4,919
२५-२९ वर्ष 1,764 2,431 4,195
३०-३४ वर्ष 1,628 2,179 3,807
३५-३९ वर्ष 1,585 1,971 3,556
४०-४४ वर्ष 1,398 1,759 3,157
४५-४९ वर्ष 1,232 1,390 2,622
५०-५४ वर्ष 1,398 1,524 2,922
५५-५९ वर्ष 1,004 1,110 2,114
६०-६४ वर्ष 895 1,139 2,034
६५-६९ वर्ष 789 831 1,620
७०-७४ वर्ष 589 676 1,265
७५-७९ वर्ष 373 440 813
८०-८४ वर्ष 199 210 409
८५-८९ वर्ष 114 111 225
९०-९४ वर्ष 32 52 84
९५+ वर्ष 14 27 41
जम्मा 25,157 28,474 53,631

स्रोतM राष्ट्रिय जनगणना, २०७८

नगरपालिकामा रहेका कूल ५३,६३१ जनसंख्या मध्ये २५,१५७ पुरुष र २८,४७४ जना महिलाको जनसंख्या रहेको छ । ० देखि ९ वर्ष उमेर समूह र ८५ देखि ८९ वर्ष उमेर समूहको जनसंख्यामा पुरुषको बाहुल्यता रहेको छ भने बाँकी उमेर समूहमा महिलाको बाहुल्यता रहेको छ । यसरी उमेर समूह अनुसार हेर्दा १५ देखि ३९ वर्ष उमेर समूह भित्रका किशोरी र महिलाहरूको जनसंख्यामा र उमेर पुगेका महिलाहरूको शारीरिक, मानसिक, सामाजिक तथा आर्थिक मुद्दाहरूलाई सम्बोधन गर्ने खालको योजनाहरू निर्माण गर्नु जरुरी छ ।

युवा उमेरको (१५ वर्ष देखि ३९ वर्ष) जनसंख्या (२७,९४०) बढी हुन राम्रो भए तापनि उनीहरूको शिक्षा, स्वास्थ्य तथा मानव संसाधन विकासमा राज्यले व्यापक लगानी गर्नुपर्ने हुन्छ । युवा उमेर समूह धेरै हुनुलाई जनसंख्याको लाभांश भनिन्छ । अर्कोतर्फ युवाहरूलाई सही दिशातर्फ उन्मुख बनाउन र रोजगारीका अवसरहरू सिर्जना गरी राष्ट्र निर्माणमा सरिक बनाउनु समाज र राज्यको दायित्व हुन आउँछ ।

३.४ मातृभाषाको आधारमा जनसंख्याको विवरण

नेपाल एक बहु–जाति, बहु–भाषा र बहु–साँस्कृतिक विशेषता बोकेको राष्ट्र हो । यस नगरपालिकामा पनि भाषिक विविधता रहेको देखिन्छ । नगरपालिकामा रहेका कुल ५३,६३१ जनसंख्या मध्ये सबैभन्दा बढी २४,९७० अर्थात ४६.६ प्रतिशतले नेपाली भाषा बोल्ने गरेको पाइयो भने ७,६४१ अर्थात १४.२ प्रतिशतले थारु र ४,०८२ अर्थात ७.६ प्रतिशतले चाम्लिङ भाषा बोल्ने गरेको पाइयो ।

तालिका नं. 8: मातृभाषाअनुसार जनसंख्याको विवरण

कुल जनसंख्या 53,631
नेपाली
46.56%
24,970
थारु
14.25%
7,641
चाम्लिङ
7.61%
4,082
वान्तवा
6.33%
3,395
मगर ढुट
6.18%
3,312
मैथिली
3.93%
2,109
पुमा
3.48%
1,868
तामाङ
3.05%
1,634
थुलुङ
1.83%
982
अन्य
6.78%
3,638
मातृभाषा पुरूष महिला जम्मा प्रतिशत
नेपाली 11,658 13,312 24,970 46.56
थारु 3,524 4,117 7,641 14.25
चाम्लिङ 1,922 2,160 4,082 7.61
वान्तवा 1,569 1,826 3,395 6.33
मगर ढुट 1,556 1,756 3,312 6.18
मैथिली 1,062 1,047 2,109 3.93
पुमा 878 990 1,868 3.48
तामाङ 767 867 1,634 3.05
थुलुङ 462 520 982 1.83
अन्य 1,759 1,879 3,638 6.78
जम्मा 25,157 28,474 53,631 100

स्रोतM राष्ट्रिय जनगणना, २०७८

आदिबासी

आदिवासी/जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार आदिवासी जनजाती भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै साँस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएका ५८ जाति वा समुदायलाई बुझिन्छ । यस नगरपालिकाको कुल जनसंख्या ५३,६३१ मध्ये १४.२५ प्रतिशत (७,६४१ जना) जनसंख्या थारु समुदायका रहेका छन् । यसैगरी नगरपालिकामा कुल जनसंख्याको ७.६१ प्रतिशत चाम्लिङ, ६.३३ प्रतिशत वान्तवा, ६.१८ प्रतिशत मगर ढुट, ३.९३ प्रतिशत मैथिली, ३.४८ प्रतिशत पुमा, ३.०५ प्रतिशत तामाङ, १.८३ प्रतिशत थुलुङ र अन्यमा ६.७८ प्रतिशत समुदायका व्यक्तिहरुको बसोबास रहेको पाउन सकिन्छ ।

उत्पीडित तथा सिमान्तकृत समुदाय

नेपालको संविधानको भाग ३४ अन्तर्गतको धारा ३०६ को (ड) मा सीमान्तकृत समुदाय भन्नाले राजनीतिक, आर्थिक र सामाजिक रुपले पछाडि पारिएका विभेद र उत्पीडन तथा भौगोलिक विकटताको कारणले सेवा सुविधाको उपभोग गर्न नसकेका वा त्यसबाट बञ्चित रहेका संघीय कानून बमोजिमको मानव विकासको स्तर भन्दा न्यून स्थितिमा रहेका समुदाय सम्झनु पर्दछ भनी उल्लेख गरेको छ ।

३.५ धर्म अनुसार जनसंख्याको विवरण

नेपालमा धार्मिक स्वतन्त्रता र विविधता रहेको छ । अझै विधिवत रुपमा नेपालको अन्तरिम संविधान २०६३, ले मिति २०६३ जेष्ठ ४ मा पुर्नस्थापित संसदको ऐतिहासिक घोषणाले नेपाललाई एक धर्म निरपेक्ष राष्ट्रको रुपमा घोषणा गर्‍यो ।

नगरपालिकामा विभिन्न समुदायका मानिसहरूको बसोबास रहेको हुनाले उनीहरूका आ–आफ्नै चाडपर्वहरू छन् । जस्तैः बडादशैँ, तिहार, रामनवमी, महाशिवरात्री, हरितालिका, श्रीपञ्चमी, श्रीकृष्ण जन्माष्टमी, होली, चैते दशैँ, साउने–माघे संक्रान्ति, मातातीर्थ औँसी, अक्षय तृतीया, हरिशयनी–हरिबोधनी एकादशी, नागपञ्चमी, रक्षाबन्धन (जनैपूर्णिमा), कुशे औँसी, बालाचतुर्दशी, कोजाग्रत पूर्णिमा, श्री स्वस्थानी पूर्णिमा, नयाँ वर्ष, सोह्रश्राद्ध, कूल–थानी पूजा, ल्होसार, उधौली-उभौली, बुद्धजयन्ती आदि ।

तालिका नं. 9: धर्म अनुसार जनसंख्याको विवरण

कुल जनसंख्या 53,631
हिन्दू
69.01%
37,012
बौद्ध मार्गी
7.73%
4,143
ईस्लाम
0.76%
410
किराँत
19.48%
10,450
क्रिस्चियन
2.75%
1,477
प्रकृति
0.26%
139
लिङ्ग पुरूष महिला जम्मा प्रतिशत
हिन्दू 17,374 19,638 37,012 69.01
बौद्ध मार्गी 1,941 2,202 4,143 7.73
ईस्लाम 195 215 410 0.76
किराँत 4,896 5,554 10,450 19.48
क्रिस्चियन 680 797 1,477 2.75
प्रकृति 71 68 139 0.26
जम्मा 25,157 28,474 53,631 100

स्रोतM राष्ट्रिय जनगणना, २०७८

नगरपालिकामा रहेका कुल ५३,६३१ जनसंख्या मध्ये ३७,०१२ अर्थात ६९.०१ प्रतिशत जनसंख्याले हिन्दु धर्म मान्दछन् भने दोस्रोमा किराँत धर्म मान्नेको संख्या १०,४५० अर्थात १९.४८ प्रतिशत रहेका छन् । त्यसैगरी ७.७३ प्रतिशत बौद्ध मार्गी रहेका छन् भने क्रिस्चियन २.७५ प्रतिशत रहेका छन् र बाँकी ०.७६ प्रतिशतले ईस्लाम र ०.२६ प्रकृति धर्म मान्ने गरेका छन् । नगरपालिकामा धार्मिक विविधता रहे तापनि हिन्दु धर्मावलम्बीहरूको प्रधानता रहेको तथ्याङ्कले देखाउँछ । नेपालमा सदियौं देखि रहि आएको धार्मिक सहिष्णुता यस नगरपालिकामा पनि कायमै रहेको देखिन्छ ।

३.६ जातजातीको आधारमा जनसंख्याको विवरण

नगरपालिकामा जातजातिका आधारमा जनसंख्याको विवरणलाई हेर्दा सबैभन्दा धेरै १२,९६० अर्थात २४.१७ प्रतिशत क्षेत्री, दोस्रोमा १२,२५४ अर्थात २२.८५ प्रतिशत राई, तेस्रोमा ७,४६२ अर्थात १३.९१ प्रतिशत थारु रहेका छन् । त्यसैगरी नगरपालिकामा मगर, विश्वकर्मा, ब्राह्मण पहाड, तामाङ, परियार, मिजार, नेवार लगायतका जातजातिहरुको बसोबास रहेको छ ।

तालिका नं. 10: जातजातीको आधारमा जनसंख्याको विवरण

जातजाति पुरूष महिला जम्मा प्रतिशत
क्षेत्री 6,090 6,870 12,960 24.17
राई 5,743 6,511 12,254 22.85
थारु 3,438 4,024 7,462 13.91
मगर 1,737 1,989 3,726 6.95
विश्वकर्मा 1,657 1,966 3,623 6.76
ब्राहमण–पहाड 1,003 1,110 2,113 3.94
तामाङ 912 1,047 1,959 3.65
परियार 719 805 1,524 2.84
मिजार 707 766 1,473 2.75
नेवा (नेवार) 639 686 1,325 2.47
अन्य 2,512 2,700 5,212 9.72
जम्मा 25,157 28,474 53,631 100

स्रोत M राष्ट्रिय जनगणना,२०७८

नोटः अन्यमा ठकुरी, याक्थुङ, धानुक, कुमाल, तेली, सन्यासी/दशनामी, मुस्लीम, सोनार, सुन्डी, हलुवा, माझी, सन्थाल, मारवाडी, राजपुत, घले, सुनुवार, नुनीया, सुनार, घर्ती, ब्राह्मण तराई, काठबानीयाँ, हजाम, बानीयाँ, रौनीयार, खालीङ, साम्पाङ, खवास, डुम लगायतका जातजातिहरु बसोबास गर्दछन् ।

३.७ घरमुलीको विवरण

तालिका नं. 11: लिङ्ग अनुसार परिवारमूलीको विवरण

उमेर समूह पुरुष परिवारमूली महिला परिवारमूली जम्मा परिवार संख्या
10-14 4 11 15
15-19 36 48 84
20-29 519 669 1,188
30-39 1,417 1,352 2,769
40-49 1,819 1,061 2,880
50-59 1,907 742 2,649
60-69 1,331 586 1,917
७० वर्ष माथि 847 354 1,201
जम्मा 7,880 4,823 12,703
प्रतिशत 62.03 37.97 100

स्रोतM राष्ट्रिय जनगणना,२०७८

नगरपालिकामा रहेको कुल घरपरिवार संख्या १२,७०३ मध्ये ७,८८० अर्थात ६२.०३ प्रतिशत घरपरिवारमा पुरुष घरमूली रहेका छन् भने ४,८३२ अर्थात ३७.९७ प्रतिशत घरपरिवारमा महिला घरमूली रहेका छन् ।

३.८ पेशाको आधारमा जनसंख्याको विवरण

तालिका नं. 12: पेशाको आधारमा उमेर समूहगत जनसंख्याको विवरण

परिवारको मुख्य पेशा १०-१४ १५-१९ २०-२४ २५-२९ ३०-३४ ३५-३९ ४०-४४ ४५-४९ ५०-५४ ५५-५९ ६०-६४ ६५-७० जम्मा प्रतिशत
सैनिक अधिकारीहरु 0 2 20 15 16 15 3 4 1 0 0 0 76 0.26
व्यवस्थापकहरु 0 9 43 84 124 136 118 84 88 51 22 22 781 2.69
पेशाविद्हरु 1 22 80 121 151 108 97 70 76 30 9 6 771 2.66
प्राविधिक तथा सहायक पेशाविद्हरु 0 7 38 44 28 30 20 24 16 11 1 7 226 0.78
कार्यालय सहायकहरु 1 16 26 28 17 25 12 9 10 3 7 5 159 0.55
सेवा तथा बस्तु विक्री गर्ने कामदारहरु 2 26 116 142 170 173 148 103 89 45 37 45 1,096 3.78
कृषि कार्यसँग सम्बन्धित रोजगारहरु 483 1,254 1,782 1,967 1,910 1,924 1,866 1,571 1,849 1,299 1,191 1,452 18,548 63.96
शिल्पकला तथा कालिगढ र यससँग सम्बन्धी व्यापार गर्नेहरु 2 43 162 166 202 181 127 115 99 46 25 20 1,188 4.10
यन्त्र तथा मेशिन अपरेटर र जडान गर्ने कामदारहरु 0 23 102 103 84 86 66 42 24 9 6 4 549 1.89
सामान्य वा प्राथमिक पेशाका कामदारहरु 816 869 756 530 431 373 307 274 283 210 211 536 5,596 19.30
आर्थिक रुपमा सकृय नभएकाहरु 0 0 0 1 0 2 2 0 3 0 2 1 11 0.04
जम्मा 1,305 2,271 3,125 3,201 3,133 3,053 2,766 2,296 2,538 1,704 1,511 2,098 29,001 100

स्रोत M राष्ट्रिय जनगणना, २०७८

नगरपालिकामा रहेका १० देखि ७० वर्ष उमेर समूहका जम्मा जनसंख्या मध्ये कृषि पेशालाई मुख्य पेशा बनाएका सबैभन्दा बढी अर्थात १८,५४८ जना (६३.९६ प्रतिशत) रहेका छन् । दोस्रोमा सामान्य वा प्राथमिक पेशाका कामदारहरु ५,५९६ अर्थात १९.३० प्रतिशत रहेको छन् ।

३.९ आर्थिक रुपले सक्रिय जनसंख्याको विवरण

काम गरेको अवधि (Work Duration)

आर्थिक सक्रियता (Economic Activity)

जम्मा जनसंख्या 30,321
सक्रिय (Active) 66.2%
निस्क्रिय (Inactive) 33.8%

तालिका नं. 13: १२ महिनासम्म आर्थिक काम गरेको अवधि (महिना) अनुसार जनसंख्याको विवरण

लिङ्ग पुरुष महिला कुल प्रतिशत
३ महिना भन्दा कम 2,200 3,233 5,433 12.2
३ महिना वा सो भन्दा बढी 2,390 3,413 5,803 13
६ महिना वा सो भन्दा बढी 9,424 8,341 17,765 39.8
कुनै पनि आर्थिक काम नगरेको 6,532 9,063 15,595 35
जम्मा 20,546 24,050 44,596 100

स्रोत M राष्ट्रिय जनगणना, २०७८

तालिका नं. 14: आर्थिक रुपले सक्रिय/निस्क्रिय जनसंख्याको विवरण

लिङ्ग पुरुष महिला कुल
आर्थिक रुपले सक्रिय रहेका 10,658 9,415 20,073
आर्थिक रुपले सक्रिय नरहेका 4,024 6,224 10,248
जम्मा 14,682 15,639 30,321
प्रतिशत सक्रिय: 66.2% निस्क्रिय: 33.8%

स्रोतM राष्ट्रिय जनगणना, २०७८

३.१० अपाङ्गताका आधारमा जनसंख्याको विवरण

शरीरका अङ्गहरू र शारीरिक प्रणालीमा भएको समस्याका कारण भौतिक, सामाजिक, साँस्कृतिक वातावरणका साथै सञ्चार समेतबाट सिर्जना भएको अवरोध समेतले दैनिक क्रियाकलाप सामान्य रूपमा सञ्चालन गर्न एवं सामाजिक जीवनमा पूर्ण सहभागी हुन कठिनाई हुने अवस्थालाई अपाङ्गता भनिन्छ ।

अपाङ्गताको किसिम अनुसार जनसंख्या विवरण

तालिका नं. 15: अपाङ्गताको किसिम अनुसार जनसंख्या विवरण

उमेर समुह शारिरिक न्युन दृष्टि दृष्टि विहिन बहिरो न्युन श्रवण बहिरो+अन्धो बोल्न नसक्ने मानसिक बौद्धिक रक्तश्राव अटिजम बहु जम्मा
०-४ वर्ष 22 1 6 2 1 2 2 0 0 2 2 3 43
५-९ वर्ष 28 3 5 3 3 1 6 1 2 1 1 9 63
१०-१४ वर्ष 16 7 8 3 4 1 9 1 1 0 2 10 62
१५-१९ वर्ष 35 15 11 6 3 7 8 5 3 1 2 9 105
२०-२४ वर्ष 29 8 4 2 2 12 6 10 4 0 1 4 70
२५-२९ वर्ष 26 11 8 3 5 0 8 7 3 1 0 8 80
३०-३४ वर्ष 29 11 3 1 3 1 8 9 3 1 0 10 79
३५-३९ वर्ष 24 11 3 5 3 0 3 3 1 2 0 9 64
४०-४४ वर्ष 37 8 3 4 5 0 5 0 2 2 0 6 72
४५-४९ वर्ष 30 18 2 10 8 0 11 0 1 1 1 10 92
५०-५४ वर्ष 31 36 7 15 5 1 23 6 3 1 0 11 139
५५-५९ वर्ष 38 33 3 24 4 2 20 2 2 1 1 7 137
६०-६४ वर्ष 39 41 5 18 8 1 11 2 1 0 0 7 133
६५-६९ वर्ष 39 34 3 14 12 2 2 1 0 0 0 6 113
७०-७४ वर्ष 39 43 2 17 12 3 2 1 0 1 0 6 126
७५ वर्षमाथि 39 54 7 31 21 12 4 2 1 2 0 11 184
जम्मा 501 334 80 158 99 33 128 50 27 16 10 126 1562

स्रोत M राष्ट्रिय जनगणना, २०७८

३.११ बसाइँसराई सम्बन्धी विवरण

जन्म स्थानको आधारमा जनसंख्या विवरण

तालिका नं. 16: जन्म स्थानको आधारमा जनसंख्या विवरण

चौदण्डीगढी नगरपालिकाको कुल जनसंख्या ५३,६३१ मध्ये ५३,२३० जना अर्थात ९९.२५ प्रतिशत जनसंख्याको नेपालमा नै जन्म भएको पाइयो । यही नगरपालिका जन्म लिनेको संख्या ३३,९३७ जना, उदयपुर जिल्लाकै अर्को पालिकामा जन्म लिनेको संख्या २,४२३ रहेका छन् भने अर्को जिल्लामा जन्म लिनेको संख्या १६,८७० र विदेशमा जन्मेकाहरूको हाल बसोबास यसै पालिकामा रहेको संख्या ३९९ जना र जन्म स्थान नखुलेको २ जना रहेको छ ।

बसाइँसराई गरेका व्यक्तिको यस अघि बसोबास गरेको स्थान अनुसारको जनसंख्या विवरण

तालिका नं. 17: बसाइँसराई गरेका व्यक्तिको यस अघि बसोबास गरेको स्थान अनुसारको जनसंख्या विवरण

कुल जनसंख्या 53,631

बसाइँसराईको किसिम

यही नगरपालिकामा
62.64%
33,596
यही जिल्लाको अर्को गा.पा/नगरपालिका
5.40%
2,895
अर्को जिल्ला
31.00%
16,626
विदेश
0.96%
514
बसाइँसराईको किसिम पुरुष महिला कुल प्रतिशत
यही नगरपालिकामा 17,586 16,010 33,596 62.64
यही जिल्लाको अर्को गा.पा/नगरपालिका 708 2,187 2,895 5.40
अर्को जिल्ला 6,619 10,007 16,626 31.00
विदेश 244 270 514 0.96
जम्मा 25,157 28,474 53,631 100

स्रोतM राष्ट्रिय जनगणना, २०७८

नगरपालिकामा पछिल्लो १२ महिनामा यस अघि बसोबास गरेको स्थानको आधारमा जम्मा जनसंख्या ५३,६३१ मध्ये सबैभन्दा धेरै ३३,५९६ अर्थात ६२.६४ प्रतिशत जनसंख्या यही पालिकामा, २,८९५ अर्थात ५.४० प्रतिशत यही जिल्ला अन्तर्गतका अन्य स्थानीय तहहरुबाट आएर बसोबास गरिरहेका छन् । यसैगरी यहाँ अन्यत्र जिल्लाबाट बसाइँसराई गरी आउनेको संख्या १६,६२६ अर्थात ३१ प्रतिशत रहेको छ भने सबैभन्दा कम विदेशबाट आउनेको संख्या ५१४ अर्थात ०.९६ प्रतिशत रहेको छ ।

३.१२ व्यक्तिगत घटना सम्बन्धी विवरण

नागरिकले आफ्नो व्यक्तिगत अधिकार उपयोग गर्न कानूनी प्रक्रियाहरू पालना गर्नुपर्ने हुन्छ । नागरिकता, राहदानी, वा अन्य परिचयपत्र लिन, रोजगारी वा उद्यम गर्न, विदेश जान निश्चित कानूनी प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । यसका लागि सरकारले आधिकारिक प्रमाण पत्र उपलब्ध गराउँछ । जन्म, मृत्यु, बसाइँसराई विवाह र सम्बन्ध विच्छेद जस्ता घटना समयमा नै दर्ता गर्नुपर्ने हुन्छ ।

तालिका नं. 18: पालिकामा दर्ता भएका व्यक्तिगत घटनाहरुको विवरण

वडा जन्म मृत्यु सम्बन्ध विच्छेद विवाह बसाइँसराई आएको बसाइँसराई गएको जम्मा
पु जम्मा पु जम्मा परिवार सदस्य परिवार सदस्य
44 41 85 19 17 36 9 37 14 29 19 55 200
59 61 120 21 12 33 12 44 20 53 13 33 242
56 56 112 19 18 37 22 38 13 29 17 36 239
62 75 137 33 26 59 18 70 24 61 11 22 319
66 59 125 23 34 57 3 43 4 11 11 36 243
49 45 94 25 13 38 9 39 24 64 12 37 216
43 46 89 16 16 32 18 46 38 97 10 32 233
47 35 82 9 12 21 4 48 13 26 18 39 186
86 72 158 24 24 48 10 62 31 85 22 69 331
१० 50 42 92 20 9 29 4 41 15 40 18 48 199
जम्मा 562 532 1094 209 181 390 109 468 196 495 151 407 2408

स्रोतM नगर कार्यपालिकाको कार्यालय

पाँच वर्षमुनिका बालबालिकाको जन्मदर्ताको आधारमा वडागत विवरण

तालिका नं. 19: पाँच वर्षमुनिका बालबालिकाको जन्मदर्ताको आधारमा वडागत विवरण

यस नगरपालिकामा जन्म भएका पाँच वर्ष मुनिका ५,१०८ बालबालिकाहरू मध्ये ४,१५७ जनाको जन्म दर्ता गरिएको छ भने बाँकी ९५१ जनाको जन्म दर्ता नभएको तथ्याङ्क रहेको छ ।

लिङ्ग र उमेर समूह अनुसार विगत १२ महिनामा मृत्यु भएकाको विवरण

तालिका नं. 20: लिङ्ग र उमेर अनुसार विगत १२ महिनामा मृत्यु भएकाको विवरण

नगरपालिकामा विगत १२ महिनामा मृत्यु हुनेहरूको संख्यालाई हेर्दा सबैभन्दा बढी ८० वर्ष भन्दा माथि उमेर समूहका ६१ जना पुरुष र सोही उमेर समूहका ४६ जना महिलाहरु रहेका छन् । उमेर समूह अनुसारको विवरण तालिकामा प्रस्तुत गरिएको छ । सामान्यतया उमेर पुगेर हुने प्राकृतिक मृत्युलाई स्वाभाविक मान्न सकिन्छ तसर्थ यस नगरपालिकामा बढी मृत्यु हुने उमेर समूह हेर्दा ६० वर्ष माथिको नै देखिन्छ ।

मृत्युको कारण अनुसार मृतकको संख्या

तालिका नं. 21: मृत्युको कारण अनुसार मृतकको जनसंख्याको विवरण

नगरपालिकामा विगत १२ महिनामा मृत्यु भएका परिवारका सदस्यहरूको विवरणलाई हेर्दा ४१३ जनाको मृत्यु भएको छ । यसमध्ये सबैभन्दा धेरै नसर्ने रोगका कारण २१३ जना र अन्य कारणले ९२ जनाको मृत्यु भएको छ । त्यसैगरी ५६ जनाको सरुवा रोगका कारण, १३ जनाको अन्य दुर्घटनाका कारण, १२ जनाको प्राकृतिक प्रकोपका कारण र ११/११ जनाको सडक दुर्घटना/आत्महत्याका कारण मृत्यु भएको छ ।

३.१३ सामाजिक सुरक्षा कार्यक्रमबाट लाभान्वित विवरण

यस नगरपालिकामा आ.व. २०८०/०८१ मा अन्य ज्येष्ठ नागरिक भत्ता प्राप्त गर्नेको संख्या १४,६८३ जना, दलित समुदायबाट ज्येष्ठ नागरिक भत्ता प्राप्त गर्नेको संख्या १,३८७ जना, एकल महिला भत्ता प्राप्त गर्ने महिलाको संख्या १,५८० जना रहका छन् । यसैगरी यहाँ विधवा भत्ता प्राप्त गर्ने महिलाको संख्या २,९२१ जना, पूर्ण अपाङ्गता भत्ता प्राप्त गर्ने (क वर्गका) ६२१ जना, अति अशक्त अपाङ्गता भत्ता प्राप्त गर्ने (ख वर्गका) १,३४१ जना, दलित बालबालिका भत्ता प्राप्त गर्ने २,४०२ गरी जम्मा २४,९३५ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् जसको वडागत विवरण तालिकामा प्रस्तुत गरिएको छ ।

तालिका नं. 22: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको संख्यात्मक विवरण

वडा न. अन्य ज्येष्ठ नागरिक भत्ता ज्येष्ठ नागरिक भत्ता (दलित) ज्येष्ठ नागरिक भत्ता (एकल महिला) विधवा पूर्ण अपाङ्गता भत्ता अति अशक्त अपाङ्गता भत्ता दलित बालबालिका जम्मा
1,241 85 81 183 36 128 112 1,866
1,513 205 125 319 63 111 439 2,775
981 215 113 254 80 107 398 2,148
1,967 342 243 443 56 173 381 3,605
1,692 72 185 276 66 112 185 2,588
1,438 132 166 344 65 76 215 2,436
1,520 130 216 301 55 93 137 2,452
960 40 107 189 76 140 147 1,659
1,982 115 197 360 87 244 268 3,253
१० 1,389 51 147 252 37 157 120 2,153
जम्मा 14,683 1,387 1,580 2,921 621 1,341 2,402 24,935

स्रोत: नगर कार्यपालिकाको कार्यालय

सामाजिक सुरक्षा ऐन, २०७५ अनुसार देहाय बमोजिमका नेपाली नागरिकलाई सामाजिक सुरक्षा भत्ता पाउने उल्लेख गरिएको छ । (क) ज्येष्ठ नागरिक, (ख) आर्थिक रूपले विपन्न, (ग) अशक्त र असहाय अवस्थामा रहेका व्यक्ति, (घ) असहाय एकल महिला (ङ) अपाङ्गता भएका, (च) बालबालिका (छ) आफ्नो हेरचाह आफैँ गर्न नसक्ने (ज) लोपोन्मुख जाति आदि ।