Government of Nepal Emblem

चौदण्डीगढी

नगरपालिका

भौतिक विकासको अवस्था

सडक, यातायात, विद्युत र सञ्चार पूर्वाधार

७.१  यातायात पूर्वाधार

यातायात पूर्वाधार

७.१.१  सडक सञ्जालको विद्यमान अवस्था

Map 9
नक्सा नं. ९: नगरपालिकाको सडक सञ्जाल नक्सा

कुनै पनि स्थानको भौतिक विकासको निम्ति सडक सञ्जाल प्रारम्भिक शर्त हो । सम्पूर्ण सुविधा सम्पन्न सडक यातायातको विकाससँगै समग्र विकासको ढोका खुल्दछ । स्थानीय तहको हकमा वडा केन्द्रहरूलाई पालिका केन्द्रसँग जोड्नु तथा पालिका केन्द्रलाई जिल्ला सडक हुँदै राष्ट्रिय राजमार्ग प्रणालीमा जोड्नु आवश्यक हुन्छ । नगरबस्तीहरूमा कृषि सडकहरूको विकास र स्तरोन्नति मार्फत् कृषि उत्पादनहरूको बजारीकरण गरी जनताको आर्थिक अवस्थालाई मजबुत बनाउन सकिन्छ । सुविधा सम्पन्न सडक सञ्जालमार्फत उद्योग तथा पर्यटन क्षेत्रको विकास गरी आर्थिक क्रान्ति सम्भव छ । यसको अलावा धार्मिक क्षेत्रहरूमा सडक सञ्जालमार्फत पहुँच पुर्‍याएर आन्तरिक तथा बाह्य पर्यटकहरू आकर्षित गर्न सकिन्छ ।

सडक सञ्जालको विद्यमान अवस्था 1

२०५० को नक्शाङ्कन कार्य गर्ने समयसम्म नेपालका पहाडी क्षेत्रमा सडकको अवस्था निकै कमजोर थियो । तर, २०४६ को आम परिवर्तन पछि स्थानीय निकायलाई राष्ट्रिय कोषबाट रकम बिनियोजन गर्ने परिपाटी भए अनुसार ग्रामिण क्षेत्रमा पनि सडक बिस्तारको कार्यले गति लिन थाल्यो । तत् पश्चात सडक सञ्जालको बिस्तारमा ग्रामिण क्षेत्रले पनि फड्को मारेको छ । तर, दुर्गम पहाडी भू–भागका कारण कतिपय त्यस्ता स्थलगत संरचनाको नक्शाङ्कन कार्य हुन नसकेको र तथ्यगत सूचनाको अभावमा ती क्षेत्रहरूमा के कति सडक सञ्जालको बिस्तार भएको छ भन्न एकिन तथ्याङ्क उपलब्ध छैन । यही प्रसङ्गमा नगरपालिका यातायात गुरुयोजनाः (Municipality Transport Master Plan- MTMP) को परिकल्पना हरेक गाउँ/नगर क्षेत्रको यातायात सञ्जालका तथ्याङ्कमा आधारित नक्शा र तथ्यको आधारमा गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएको थियो । यसै बमोजिम यस नगरपालिकामा पनि सडक यातायात गुरु योजना तय गरी कार्यान्वयनमा ल्याउन जरुरी रहेको छ ।

नगरपालिकाको सडकको अवस्थालाई हेर्दा सन्तोषजनक रहेको छ । यहाँ गत आर्थिक वर्षमा कालोपत्रे/पक्की ३.३ कि.मि. सडक निर्माण भएको थियो भने चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा ५.५ कि.मि. सडक कालोपत्रे/पक्की सडक निर्माण भएको भइसकेको छ । यसैगरी गत आर्थिक वर्षमा ग्राभेल सडक २५ कि.मि. र चालु आर्थिक वर्षको चैत्र मसान्त सम्ममा १५ कि.मि. निर्माण भएको छ भने कच्ची सडक गत आर्थिक वर्षमा ३५ कि.मि. र चालु आर्थिक वर्षको चैत्र मसान्त सम्ममा १८ कि.मि. सडक निर्माण भएको छ । पालिकाको सडक पूर्वाधार सम्बन्धी गत आ व को विवरण तलको तालिकामा समावेश गरिएको छ ।

सडक सञ्जालको विद्यमान अवस्था 2
तालिका नं. ६३: स्थानीय पुल, नाली, ट्रस पुल, कल्भर्ट, झोलुङ्गे पुल, ह्युम पाइप निर्माण सम्बन्धी विवरण
क्र.सं.नाली निर्माणपुल/ट्रस पुल/कल्भर्टह्युम पाइप
१सिवाई चोक उत्तर ढल निर्माण २०० मिटर (वडा नं. ५)ताप्रांग खोलामा फलामे पुल निर्माण २० मिटर (वडा नं. १)ह्युम पाइप खरिद तथा ढुवानी ३० मि.मि. को १५ थान, ४५ मि.मि. को ७ थान (वडा नं.४)
२चतरा लाइन ढल निर्माण ३४ मिटर (वडा नं. ६)कुमांग पुल तथा कल्भर्ट निर्माण १८ मिटर (वडा नं.७)
३सिवाई चोक देखि दक्षिण साना किसान भवन ढल निर्माण १९० मिटर (वडा नं.५)देवी खोला कल्भर्ट निर्माण ६ मिटर लम्बाई आर.सी.सी (वडा नं. ३)
४नयाँ गोरेटो बाटो जोड्ने लाहुरे चोक ढल निर्माण १६० मिटर लम्बाई (वडा नं.६)भडोली खोला ट्रस पुल १२ मिटर लम्बाई (वडा नं. ९)
५चौधरी टोल ढल निर्माण ५२ मिटर लम्बाई (वडा नं. ४)सातबिहे ट्रस पुल निर्माण २० मिटर लम्बाई (वडा नं.१०)
६ओम शान्ति ढल निर्माण ७५ मिटर लम्बाई (वडा नं. ७)घोरमुना खोला ट्रस पुल निर्माण ११ मिटर लम्बाई (वडा नं. १०)
७जनता मा.वि. ढल निर्माण ७१ मिटर लम्बाई (वडा नं. ८)लाटीखोला चारघरे कल्भर्ट निर्माण ७ मिटर लम्बाई (वडा नं. १०)
८हडिया बजारबाट बेल्टार जाने सडकमा ढल निर्माण २३० मिटर लम्बाई (वडा नं.१०)रक्तमाला देवी मुनि सुघरे खोलामा पुल निर्माण ६ मिटर लम्बाई (वडा नं. २)
९हडिया बजार ढल सुधार योजना ५९ मिटर लम्बाई (वडा नं.१०)भोर्लेनी कुसुम्चौरी जोड्ने करम्जे खोलामा पक्की पुल निर्माण १२ मिटर आर सी.सी. (वडा नं. ३)
१०पछवारि ज्यामिरे नाली निर्माण ४७ मिटर लम्बाई (वडा नं. ९)सिमलातार शिकरपुर जोड्ने गौरी खोलामा ६ मिटर लम्बाईको कल्भर्ट निर्माण (वडा नं. ८)
११खोरिया टोल बस्नेतको घर छेउ नाली निर्माण ५० मिटर लम्बाई (वडा नं. ९)देवीथान जाने सडकको लाटी खोलामा ट्रस पुल निर्माण १५ मिटर लम्बाई (वडा नं. ७)
१२धमी चाप पुल निर्माण ७ मिटर लम्बाई (वडा नं. ५)
तालिका नं. ६४: नगरपालिकामा रहेका झोलुङ्गे पुल तथा पुलेसा सम्बन्धी विवरण
क्र.सं.योजनाको नामवडा नं.कैफियत
१बिरेन्द्र बजार झो.पु.८
२आमशाल झो.पु.३
३सुन्दर बस्ती झो.पु.३
४चटपटे टोल झो.पु.४
५चमेरे झो. पु.८चौदण्डी ८ र खोटाङ जोड्ने पुल

स्रोत:नगर कार्यपालिकाको कार्यालय

सडक सञ्जालको विद्यमान अवस्था 3

७.१.२  सवारी सुविधा र रुट

विभिन्न स्थान र भौगोलिक क्षेत्रमा बस्ने जनताहरूको बिचमा आपसी सम्पर्क स्थापनाका लागि सार्वजनिक यातायातलाई सहज, प्रभावकारी, सुलभ र नियमित तुल्याउन रुटहरूको विकास जरुरी हुन्छ । विभिन्न रुटहरूमा यातायात सेवा सञ्चालनमा आएको खण्डमा यसले विभिन्न समुदाय र क्षेत्रलाई एकआपसमा जोडेर जनताको बिचमा एकताको भावना स्थापित गर्दछ ।

७.१.३  नगरपालिका क्षेत्रभित्र चल्ने सवारी साधन

हाल आएर नेपालका शहरी क्षेत्र र बजार केन्द्रहरूमा सडक यातायात अन्तर्गत लामो दुरीमा बस, मिनिबस तथा हायस, माईक्रो बस सञ्चालनमा आएका पाइन्छन् भने छोटो दुरीमा माईक्रोबस र मोटरसाईकलहरू रहेका छन् । यी सवारी साधनहरू मध्ये कतिपय निजी र कतिपय सार्वजनिक हुन्छन् ।

कुनै पनि क्षेत्रको आर्थिक सामाजिक विकासलाई गतिशील बनाउन सार्वजनिक वस्तु तथा सेवा प्रवाहलाई सरल र सहज बनाउन कृषि तथा गैरकृषि क्षेत्रको विकास गर्न यातायात एउटा महत्वपूर्ण पूर्वाधारको रुपमा रहेको हुन्छ । यस नगरपालिकामा मुख्यतया ट्रक, टेक्टर, जिप, बस, मोटरसाइकलहरूको उपयोग गरिएको देखिन्छ । नगरपालिकाका सबै वडाहरूमा बाह्रै महिना सुचारु हुने गरी सडक मार्गहरूको स्तरोन्नति गर्नुपर्ने देखिन्छ । साथै सडक यातायातको लागि आवश्यक विभिन्न पूर्वाधारहरू जस्तैः सवारी साधन पार्किङ स्थल, बस स्टप, यात्रु प्रतिक्षालय, सडक बत्ती, सडक संकेत चिह्न, बसको अन्तिम बिसौनी सम्बन्धी सेवा सुविधाहरू व्यवस्थित रुपमा विकास गर्नुपर्ने देखिन्छ ।

७.१.४  बसपार्क तथा बस बिसौनी सम्बन्धी विवरण

बिजुली, पानी, यात्रु, प्रतिक्षालय, शौचालय, पब्लिक मोबाइल चार्जिङ स्टेशन लगायतका सुविधाहरू भएका बसपार्कको निर्माण गरी जनताको अवागमनलाई सहज बनाउन सकिन्छ । विकसित मुलुकहरूको अभ्यास हेर्दा बसपार्कहरूमा हेल्प डेस्क लगायत शान्ति सुरक्षाको उचित प्रबन्ध मिलाएको पाइन्छ । सुविधा सम्पन्न र सुरक्षित बसपार्कहरू निर्माण भएको खण्डमा यातायात सेवाको गुणस्तर वृद्धि हुन्छ । बसपार्कमा बनाइने संरचनाहरू अपाङ्गतामैत्री हुनुपर्दछ । यस नगरपालिकाको वडा नं. ६ मा बेल्टार बसपार्क सञ्चालनमा रहेता पनि व्यवस्थित भने हुन नसकेको अवस्था छ । यसैगरी नगरपालिकाका मुख्य बजार क्षेत्रहरू बस बिसौनीको रुपमा रहेका छन् । यहाँ यात्रु प्रतिक्षालय तथा शौचालयको अभाव रहेको छ । नगरपालिकामा सञ्चालनमा रहेका बसपार्क तथा बस बिसौनी सम्बन्धी विवरण तालिकामा प्रस्तुत गरिएको छ ।

तालिका नं. ६५: नगरपालिकाका रहेका बसपार्क तथा बस बिसौनी सम्बन्धी विवरण
क्र.सं.नामवडा नं.अवस्थाकैफियत
१बेल्टार बसपार्क६रातको समयमा कम्तिमा लामो दुरीको ५ वटा बस तथा छोटो दुरीको ७ वटा बस बस्ने र हाल बसपार्क व्यवस्थित तरिकाले संचालनमा नरहेको

स्रोत:नगर कार्यपालिकाको कार्यालय

७.२  विद्युत तथा वैकल्पिक उर्जा

केही सिमित दुर्गम क्षेत्रका विपन्न घरहरूमा विद्युतीकरण नभए तापनि त्यसको सङ्ख्या नगन्य रहेकाले विद्युतीकरणमा ठूलो लगानी गर्नुपर्ने अवस्था छैन् । तथापि प्रशारण लाइनको सुदृढीकरणका लागि भने प्रशस्त काम गर्नुपर्ने देखिन्छ । विद्युत प्रशारण लाईन सुधारमा सर्वप्रथम काठका पोलहरू पक्की वा फलामका पोलहरूले विस्थापन गर्नुपर्ने देखिन्छ भने Low Voltage हुने स्थानहरूमा ट्रान्सफर्मर जडान गर्नुपर्ने देखिन्छ ।

विद्युत सेवा बाहेक वैकल्पिक र नवीकरणीय ऊर्जा प्रवर्द्धनका लागि ठोस कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने देखिन्छ । पशुपालन हुने क्षेत्रमा गोबरग्याँस निर्माणमा प्रोत्साहन र अनुदान दिने र अन्य दुर्गम तथा सुगम दुवै क्षेत्रमा सौर्य ऊर्जा जडान गर्न सके त्यसबाट ऊर्जाको नियमित आपूर्ति हुनुको साथै थप विकासका क्रियाकलापहरूलाई ऊर्जाको सदुपयोग मार्फत गति दिन सकिन्छ । सौर्य ऊर्जाबाट लिफ्ट सिँचाई खानेपानी आयोजना सञ्चालन गर्न गार्हस्थ उपभोगका निम्ति प्रयोग गरी बढी भएको ऊर्जालाई राष्ट्रिय प्रशारण लाइनमा बिक्री समेत गर्न सकिन्छ ।

सामान्तयाः एउटा सामान्य परिवारले दैनिक २ किलोवाट विद्युत खपत गर्दछ । त्यसमा पनि यो उपभोगको मात्रा ग्रामिण भेगहरूमा त्यो भन्दा न्यून हुन्छ । १७.६ वर्ग फिटको सोलार प्यानलले २५० बाट विद्युत उत्पादन गर्दछ । दिनभर करिब ६.८ घण्टा सुर्यको किरणबाट २५० वाट X ६.८ घण्टा गर्दा १.७ किलोवाट विद्युत निस्कन्छ । १.७ किलोवाट X ३० दिन उत्पादन गर्दा महिनामा ५१ किलोवाट विद्युत उत्पादन हुन सक्दछ । यसको अर्थ ६०० वर्ग फिट ओगट्ने घरबाट

५१ कि.वा. × ६००१७.६ = १७३८ कि.वा.

यसको अर्थ ६०० वर्गफिट ओगट्ने घरमा सौर्यऊर्जा जडान गर्दा सो घरलाई पुग्ने ऊर्जा उत्पादन गर्न सकिन्छ । यद्यपी, ग्रामिण घरहरू सौर्य ऊर्जा उत्पादनमैत्री बनाउनुपर्ने हुन्छ । अर्कोतर्फ पानीका सदाबहार स्रोतहरू भएको र जलाशयमा आधारित विद्युतको समेत सम्भावना अध्ययन गरी लघु विद्युत योजनाहरू सञ्चालन गर्न सकिन्छ । यसरी उत्पादित विद्युत बढी भएको खण्डमा राष्ट्रिय प्रशारण लाइनमा बेच्न सकिन्छ । हालसम्म समेत काठ/दाउरालाई खाना पकाउने मुख्य इन्धनको रूपमा प्रयोग गर्ने घरपरिवार धेरै भएकाले काठ/दाउरा विस्थापन गर्न विद्युत तथा सौर्य ऊर्जाले सहयोग पुर्‍याउन सक्दछ । यसबाट वातावरण संरक्षणमा समेत टेवा पुग्दछ । तसर्थ, नगरपालिकाका विभिन्न वडामा विद्युत प्रशारण लाईन मर्मत सम्भार तथा सुधार, ट्रान्सफर्मर जडान, वैकल्पिक तथा नवीकरणीय ऊर्जा प्रवर्द्धनका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने देखिन्छ ।

७.२.१  इन्धन उपयोग विवरण (खाना पकाउने इन्धनको आधारमा घरपरिवार)

नेपाल जलस्रोतको धनी देश भएतापनि यसको सदुपयोग हुन नसकिरहेको कारण शहर र ग्रामिण ईलाकामा ऊर्जा संकट व्याप्त छ । नेपालको पहाडी तथा हिमाली क्षेत्रमा अहिले पनि ठुलो संख्यामा जनताहरूले खाना पकाउने इन्धनको रुपमा काठ/दाउरा/कोइलाको प्रयोग गर्दछन् भने तराई क्षेत्रमा गुइँठाको प्रयोग व्यापक रूपमा भइरहेको छ । यस चौदण्डीगढी नगरपालिकाको कुल घरपरिवारहरू मध्ये खाना पकाउनका लागि ९,२६३ अर्थात् ७२.९२ प्रतिशतले काठ/दाउरा/कोइला, ३,१९५ अर्थात् २५.१५ प्रतिशतले एल.पी. ग्याँसको प्रयोग गर्दछन् । त्यसैगरी विद्युतको प्रयोग गर्ने परिवार संख्या ८४ अर्थात ०.६६ प्रतिशत, मट्टितेलको प्रयोग गर्ने परिवारको संख्या १ अर्थात ०.०१ प्रतिशत, बायो ग्याँस प्रयोग गर्नेको संख्या १४८ अर्थात १.१७ प्रतिशत, ३ अर्थात ०.०२ प्रतिशत गुइँठा र अन्य इन्धनका स्रोतको प्रयोग गर्नेको संख्या ९ अर्थात ०.०७ प्रतिशत रहेको छ । स्थानीयहरूले अधिकांश काठ/दाउराको प्रयोग गर्नाले एकातर्फ वनजंगल र पर्यावरणमा क्षति पुग्ने र अर्कोतर्फ धुवाँ र दाउरा संकलन गर्दा लाग्ने समयले क्रमशः स्वास्थ्यमा असर पुर्‍याउनुका साथै समय समेत बढी खर्च हुने देखिन्छ । तसर्थ ग्रामिण भेगहरूमा वैकल्पिक उर्जाको उत्तम उपायको रुपमा गोबर ग्याँसको प्रयोगलाई प्रोत्साहन गर्ने र आयआर्जनका कार्यक्रमहरूमा केन्द्रीत गरी नगरपालिकाबासीलाई काठ/दाउराको विकल्पतर्फ लैजानुपर्ने देखिन्छ । जसको विस्तृत विवरण तालिकामा प्रस्तुत गरिएको छ ।

तालिका नं. ६६: खाना पकाउने मुख्य इन्धनको आधारमा घरपरिवारको विवरण
वडाकाठ/दाउराएल.पी. ग्याँसविद्युतगुइँठाबायो ग्याँसमट्टितेलअन्यजम्मा
१७०९४९००१४१०७७३
२८९०२२९८०१६०१११४४
३८१२१८५१०२००१०००
४११००५२६५०३६०११६६८
५१३१२१८०२००१००११५२३
६५९९७२८२०२००३१३५२
७६२९७८८२०६०२१४२७
८७८०७४३०४००८६१
९१४६८२८०२७३२७०११८०६
१०९६४१५६१६०१३००११४९
जम्मा९२६३३१९५८४३१४८१९१२७०३
प्रतिशत७२.९२२५.१५०.६६०.०२१.१७०.०१०.०७१००

स्रोत:राष्ट्रिय जनगणना, २०७८

खाना पकाउन प्रयोग गरिने मुख्य इन्धनको आधारमा परिवारको विवरण

दिगो विकासको अवधारणा अनुसार पर्यावरणीय सन्तुलन बनाई राख्न मानिसको उपभोग शैलीमा परिवर्तन गर्नु अपरिहार्य छ । उदाहरणका लागि नेपालले आधार वर्ष २०१५ मा ७४.७ प्रतिशत रहेको इन्धनको प्राथमिक श्रोतको रुपमा काठ, दाउरा, गुइँठा आदि प्रयोग गर्ने जनसमुदाय सन् २०३० सम्म ३० प्रतिशतमा झार्ने (SDG–7) तथा पकाउने प्रयोजनार्थ एल.पी. ग्याँस प्रयोगलाई १८ प्रतिशत (२०१५) बाट ३३ प्रतिशतमा पुर्‍याउने लक्ष्य राखेको छ । यसै राष्ट्रिय लक्ष्यलाई आत्मसाथ गर्दै यस नगरपालिकाका नीति तथा कार्यक्रमहरूलाई त्यसतर्फ उन्मुख बनाउनु आवश्यक छ ।

७.२.२  बत्ती बाल्ने इन्धनको प्रयोगको आधारमा घरपरिवार

यस नगरपालिकाका सबै वडाहरूमा विद्युत मर्मत सम्भार, महशुल असुली तथा विद्युतीकरण योजनाको कार्यान्वयन नेपाल विद्युत प्राधिकरणले गर्दै आएको छ । राष्ट्रिय जनगणना, २०७८ को तथ्याङ्क अनुसार दैनिक बत्ती बाल्न प्रयोग गरिने इन्धनमा विद्युत प्रमुख स्रोतको रुपमा रहेको देखिन्छ ।

तालिका नं. ६७: दैनिक बत्ती बाल्न प्रयोग गरिने इन्धनको विवरण
वडाबिजुलीसोलारमट्टितेलबायो ग्याँसअन्यजम्मा
१४६८२७०९१२५७७३
२१०८९२७९११८११४४
३९७८११२१८१०००
४१६२२२५८०१३१६६८
५१५०७४५०७१५२३
६१३२९१०१०१२१३५२
७१३९५२२२०८१४२७
८७५४६८१६०२३८६१
९१७७६१७३०१०१८०६
१०११३१३१०१४११४९
जम्मा१२०४९४५७५६३१३८१२७०३
प्रतिशत९४.८५३.६००.४४०.०२१.०९१००

स्रोत:राष्ट्रिय जनगणना, २०७८

नगरपालिकामा घरपरिवारहरूले दैनिक बत्ती बाल्न प्रयोग गर्ने इन्धनको स्रोत विश्लेषण गर्दा नगरपालिकाका कुल १२,७०३ घरपरिवारहरू मध्ये १२,०४९ अर्थात ९४.८५ प्रतिशतले विद्युत, ४७५ अर्थात ३.६० प्रतिशतले सोलार, ५६ अर्थात ०.४४ प्रतिशतले मट्टितेल, ३ अर्थात ०.०२ प्रतिशत र १३८ अर्थात १.०९ प्रतिशतले अन्य इन्धनको स्रोत प्रयोग गर्ने गरेको पाईयो । जसको वडागत विस्तृत विवरण तालिकामा प्रस्तुत गरिएको छ ।

दैनिक बत्ती बाल्न प्रयोग गरिने इन्धनको विवरण

७.२.३  वैकल्पिक ऊर्जा (लघु जलविद्युत, सोलार, बायोग्याँस, सुधारिएको चुल्हो) प्रयोग गर्ने परिवार

पेट्रोलियम पदार्थ माथिको निर्भरतालाई घटाउँदै नवीकरणीय वैकल्पिक ऊर्जाको प्रयोगमा व्यापकता ल्याउन सकेको खण्डमा पर्यावरणीय सन्तुलनलाई कायम राख्न मद्दत पुग्दछ । डिजेल, पेट्रोल, मट्टितेल जस्ता पदार्थको उत्पादन नेपालमा नहुने भएका कारण वर्षेनी अरबौँ रूपैयाँ हामीले पेट्रोलियम पदार्थको आयातमा खर्चिनु परेको छ । विश्वको तेस्रो एक भू–परिवेष्ठित विकासोन्मुख देश नेपालका लागि यो वैदेशिक व्यापार घाटाको एक प्रमुख कारण हो । हामीले आयात प्रतिस्थापन र निर्यात प्रबन्धको नीतिलाई व्यवहारमा प्रभावकारी तरिकाले उतार्न नसकिरहेको परिप्रेक्ष्यमा वायू ऊर्जा, सौर्य ऊर्जा, विद्युत ऊर्जा तथा बायो ग्याँसको विकासमार्फत ऊर्जाको श्रोतमा हामी आत्मनिर्भर बन्न सक्छौं । त्यसैले नेपालको हकमा स्थानीय सरकार, प्रादेशिक सरकार र संघीय सरकारले नवीकरणीय वैकल्पिक ऊर्जाको विकासमा आवश्यक नीति निर्माण गरी काम गर्नु पर्दछ ।

७.३  सञ्चार तथा प्रविधि

एक्काईसौ शताब्दीको भूमण्डलीकृत समाज सूचना र सञ्चारको युगमा छ । सूचना र सञ्चारको क्षेत्रमा आएको क्रान्तिलाई नेपालको शहरी क्षेत्रले लगभग आत्मसाथ गरिसकेको भएतापनि ग्रामिण क्षेत्रमा टेलिभिजन, पत्रपत्रिका, ईन्टरनेट, टेलिफोन, मोबाइल र कुरियर सेवा विस्तार हुन बाँकी छ । सञ्चार र प्रविधिका यी माध्यमहरूको पूर्ण रूपले विकास गरी ग्रामिण जनतालाई सूचना र सञ्चारको दुनियाँमा प्रवेश गराउनु चुनौतीपूर्ण रहेको छ । नेपालको संविधानले जनताको सूचनाको हकलाई मौलिक हकको रुपमा परिभाषित गरेको छ । नगरपालिकामा प्राप्त भएका सञ्चार तथा प्रविधि सम्बन्धी विवरण तालिकामा प्रस्तुत गरिएको छ ।

तालिका नं. ६८: पालिका भित्र रहेका टेलिफोन नेटवर्क (टावरहरु), हुलाक, पत्रिका र रेडियो स्टेशन सम्बन्धी विवरण
क्र.सं.सञ्चारको नामठेगाना
१नेपाल टेलिकमचौदण्डीगढी न.पा. वडा नं. ७,९, र २
२Ncellचौदण्डीगढी न.पा. वडा नं. ६,१०,र ८
३इलाका हुलाक कार्यालयबेल्टार –६, १०,८
४गढी खबर पत्रिकाबेल्टार
५रेडियो चौदण्डीगढी ९४.४ मेगाहर्जबेल्टार –७

स्रोत:नगर कार्यपालिकाको कार्यालय

७.३.१  आधुनिक सुविधामा पहुँच सम्बन्धी विवरण

तालिका नं. ६९: परिवारमा भएको साधन तथा सुविधाको विवरण (बहुउत्तरमा आधारित)
विवरणवडा नं.जम्मा
१२३४५६७८९१०
कुनै पनि सुविधा नभएको५५५१६२४६१२५३१२०६६६४२५५४५
कम्तीमा एउटा सुविधा भएको७१८१,०९३९३८१,६२२१,३९८१,३२११,४०७७९५१,७४२१,१२४१२,१५८
रेडियो सुविधा१५५१६६२०२३१५१०७२६९४४६१४१४६११४४२,४०६
टेलिभिजन८७४५४४८२८५२७५२८३५८३५१९९९०२६३२६,०३०
ल्याण्डलाइन टेलिफोन४०१०१८५६७८६६६९२११
मोबाइल फोन (साधारण)६८९९०६६९७१,३४२१,०८३१,१०८९४४७४३१,५१४९००९,९२६
स्मार्ट मोबाइल फोन३५४७३९५५८१,१४०८९५१,१२५१,२२६४७५१,२०७७०४८,४२३
कम्प्युटर/ल्यापटप२२२८५२८६५७१४९२१४१६८९६७७८०
इन्टरनेट सुविधा२५७१६९१०२१९६६४३९२६८८३५३३०१३१२,३६४
कार/जीप/भ्यान६१३२११९३६६२६१०१९१७४
मोटरसाइकल/स्कुटर२१७१६४१६६३१०२१९३७५३६३१२४४५१२०१२,५९०
साइकल१६९३८९१८६५८६१,०३२७१३५९२१३४१,०६८५९२५,४६१
विद्युतीय पंखा७९६८५६१११,२८९१,०५८१,१२८१,१५२२३०१,२८२८६४८,३७८
रेफ्रिजरेटर७२३७२३७५७६२३६६८५६९६८८३९३३५७३,५१२
वासिङ मेशिन०२१२२१७१३१२०४०
एयर कन्डिसनर०००११७८०५०२२

स्रोत:राष्ट्रिय जनगणना, २०७८

साधन तथा सेवा सुविधाको आधारमा नगरपालिकामा साइकल सुविधा उपलब्धता भएको घरपरिवारको संख्या उच्च रहेको देखिन्छ । नगरपालिकाका कुल घरपरिवारहरू मध्ये ९,९२६ घरपरिवारमा मोबाइल फोन (साधारण) भएको देखिन्छ । दोस्रोमा स्मार्ट मोबाइल हुने परिवारको संख्या ८,४२३ रहेको छ । रेडियो सुविधा भएको परिवारको संख्या २,४०६ रहेको छ भने यसैगरी टेलिभिजन हुने परिवारको संख्या ६,०३० रहेको छ । समग्रमा तथ्याङ्कलाई हेर्दा सञ्चार क्षेत्रको प्रमुख मोबाइल सेवामा वृद्धि हुँदै गएको देखिन्छ भने इन्टरनेट सेवा भने विस्तार हुने क्रममा देखिएको छ । मोबाइल प्रयोगकर्ताले सबै खाले सञ्चारका सुविधा जस्तै श्रव्य, दृष्य, सूचना, गीत, खबर आदान प्रदान लगायतका धेरै काम गर्न सहज हुने भएकाले मोबाइलको तुलनामा टेलिभिजन, रेडियो प्रयोगकर्ता घटिरहेको देखिन्छ । भौगोलिक रुपमा बिकट, उच्च पहाडी र डाँडाकाँडा सँगै चिसो भू–भाग भएकाले आधुनिक सुविधाहरु यस नगरपालिकामा थोरै रहनुको साथै कार/जीप, एर कन्डिसनर, हिटर वा ग्याँस गिजर जस्ता उच्च सुविधाका सामाग्रीहरू प्रयोग गर्ने संख्या कम रहेको देखिन्छ । यद्यपि, ग्रामिण इलाकाहरूमा समेत क्रमश: आधुनिक सुख सुविधाका सामग्रीहरूको प्रयोगकर्ताहरू बढ्नाले उपभोक्तावादी संस्कृतिको विकास भइरहेको देखिन्छ । वडागत रुपमा विस्तृत विवरण तालिकामा प्रस्तुत गरिएको छ ।

परिवारमा भएको साधन तथा सुविधाको विवरण

परिवारमा भएको साधन तथा सुविधाको विवरण

७.४  आवास तथा भवन

नगरपालिकामा मिश्रित जनघनत्व भएका बस्तीहरु छन् । यहाँ बस्ती बसाल्ने सन्दर्भमा बजारको सम्भाव्य क्षेत्र, पानीको सुविधा, खेतीयोग्य क्षेत्र, पशुपालनलाई पायक र अन्न उत्पादनका लागि उपयुक्त जमिन भएको स्थानमा यत्रतत्र छरिएर बस्ने प्रचलन भएकाले पायक पर्ने स्थान अनुसार सबै वडाहरूमा कतै बाक्लो तथा कतै पातलो बस्तीहरु रहेका छन् । यहाँका अधिकांश घरहरू कच्ची तथा अर्धपक्की अवस्थाका छन् भने न्यून घरहरुमात्र पक्की अवस्थामा रहनुले यस क्षेत्रका घरहरू भूकम्पीय तथा अन्य प्रकोप सुरक्षाको दृष्टिकोणले जोखिममुक्त अवस्थामा भने छैनन् ।

७.४.१  छानोको प्रकारका आधारमा घरधुरी

तालिका नं. ७०: छानोको आधारमा घरधुरीको विवरण
वडाजस्ता/टिनसिमेन्ट/ ढलानखर/परालटायलढुङ्गा/स्लेटकाठ/फल्याकअन्यजम्मा
१६६२६७२२८१४०७७३
२१,०३५६७२११७३१०१,१४४
३८८२६२९४५०१११,०००
४१,३४६१८०४०९९१०२१,६६८
५१,३६१९७२७३०५१२१,५२३
६९२०४००५१८३५११,३५२
७१,०४०३५५२१८१०२०१,४२७
८७८४१६३२२३२३१८६१
९१,६१२८३६३३४१३०११,८०६
१०९९०७६४१३४८००१,१४९
जम्मा१०,६३२१,३४२३१२३४६४६१७८१२,७०३
प्रतिशत८४११२३०००१००

स्रोत:राष्ट्रिय जनगणना, २०७८

छानोको आधारमा घरधुरीको विवरण

यहाँका जम्मा घरधुरी १२,७०३ मध्ये जस्तापाता/टिनको छानो भएको घरमा बसोबास गर्ने परिवार संख्या सबैभन्दा बढी अर्थात १०,६३२ अर्थात ८३.७० प्रतिशत रहेको छ । सिमेन्ट ढलानको छानो भएको घरमा बसोबास गर्ने परिवार संख्या १,३४२ अर्थात १०.५६ प्रतिशत, खर/पराल/छवालीको छानो भएको घरमा बसोबास गर्नेको संख्या ३१२ अर्थात २.४६ प्रतिशत, ढुङ्गा/स्लेटको छानो भएको घरमा बसोबास गर्ने परिवार संख्या ४६ अर्थात ०.३६ प्रतिशत रहेका छन् । यसैगरी काठ/फल्याक, टायल लगायतको छानो भएको घरमा बसोबास गर्नेको संख्या नगण्य रहेको पाइन्छ ।

७.४.२  नगरपालिका अन्तर्गतका सरकारी भवन सम्बन्धी विवरण

स्थानीय तहले पालिका कार्यालय भवन, वडा कार्यालय भवनहरू तथा अत्यावश्यक अन्य सरकारी भवनहरू आफ्नै जग्गामा अथवा नेपाल सरकारबाट प्राप्त जग्गामा निर्माण गरी कार्यसम्पादनलाई चुस्तदुरुस्त र प्रभावकारी बनाई जनतालाई सरकारको उपस्थितिको आभास दिलाउनु आवश्यक हुन्छ । यस्ता प्रकारका स्थायी संरचनाहरूको निर्माण भएपछि संघीयताले संस्थागत रूप धारण गर्दै जान्छ ।

संघीय शासन प्रणाली अन्तर्गत निर्माण भएका स्थानीय तहमा आवश्यक भौतिक संरचनाहरू निर्माण गरी स्थानीय सरकारको कार्यक्रमहरू सञ्चालन हुनुपर्ने मान्यता अनुरुप गाउँपालिका/नगरपालिकाको आफ्नै सामुदायिक भवन तथा सभाहल हुनु आवश्यक छ । यस नगरपालिकाको आफ्नै पक्की भवन छ भने यहाँका सबै वडा कार्यालयहरुको पनि आफ्नै भवनहरु रहेका छन् । यसैगरी वडा नं. ७ मा नगर अस्पताल भवन रहेको छ भने १० वटै वडामा स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य चौकी भवन रहेका छन् । नगरपालिकामा रहेका सामुदायिक भवनहरु तथा सभाहल सम्बन्धी विवरण तालिकामा प्रस्तुत गरिएको छ ।

तालिका नं. ७१: पालिकामा रहेका सामुदायिक भवनहरु तथा सभाहल सम्बन्धी विवरण
क्र.सं.भवनको नामवडा नं.अवस्थाकैफियत
१नगरपालिका प्रशासकीय भवनवडा नं. ७पक्की भवन रहेको
२वडा कार्यालयहरुवडा नं. (१ -१०)
३नगर अस्पताल भवनवडा नं. ७
४स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य चौकी भवनवडा नं. (१-१०)

स्रोत:नगर कार्यपालिकाको कार्यालय

Ward 1 Office
वार्ड १ अफिस
Ward 4 Office
वार्ड ४ अफिस

७.४.३  पशु बधशालाको विवरण

स्थानीय सरकारले जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरेको खण्डमा स्वस्थ्य, निरोगी र सकारात्मक सोच भएका नागरिकहरूको उत्पादन भई उनीहरूले विकास, निर्माण र सेवाका क्षेत्रमा योगदान पुर्‍याउन सक्छन् । त्यसकारण आधुनिक प्रविधियुक्त सफा पशु बधशालाको निर्माण गरी जनताको खाद्य सुरक्षाको अधिकारलाई सुनिश्चित गर्दै स्थानीय सरकारले मासुजन्य पशुपंक्षीको वध गर्नुभन्दा पहिले निश्चित मापदण्ड पुरा गर्नुपर्ने नीति निर्माण गरी कार्यान्वयन गर्नु बाञ्छनीय देखिन्छ । चौदण्डीगढी नगरपालिकाभित्र व्यवस्थित पशुबधशाला नरहेको अवस्था छ । पशुहरूलाई फ्रेस हाउसहरू तथा खुल्ला स्थानहरूमा बध गर्ने गरिन्छ ।

७.४.४  शवदाहस्थल सम्बन्धी विवरण

नेपालमा आफ्नो धार्मिक परम्परा अनुसार मृत्यु संस्कार गर्ने चलन परापूर्व कालदेखि नै चलिआएको छ । हरेक नगरपालिका तथा हरेक समुदायको आ–आफ्नो धर्म र संस्कृति अनुसार शवदाहस्थल र समाधीस्थल व्यवस्थापन एक महत्वपूर्ण र संवेदनशील विषय र आवश्यकता हो । भावनात्मक अर्थ समेत बोकेको यो विषयलाई कुनै पनि योजनाले समयमै सम्बोधन गर्नुपर्दछ । अन्यथा अव्यवस्थित दाहसंस्कार गरिनुले नगरपालिकाको पर्यावरणीय, सामाजिक तथा साँस्कृतिक व्यवस्थामा चुनौती थपिन्छ । परम्परागत रुपमा सञ्चालनमा रहेका शवदाहस्थल र समाधीस्थललाई भविष्यमा सहज र व्यवस्थित बनाउनु पर्दछ । हाल यस नगरपालिकाको वडा नं. ९, १० र ५ का बासिन्दाले त्रियुगा नदी किनारमा शवदाह गर्ने गरिएको देखिन्छ भने अन्य वडाका बासिन्दाहरुले व्यवस्थित शवदाहस्थल तथा समाधीस्थलहरुको अभावको कारण खुल्ला स्थान तथा परम्परागत रुपमा अभ्यासमा रहेका नदी किनारमा अन्तिम संस्कार गर्ने गरेका छन् । आगामी दिनमा नगरपालिकाले आवश्यक स्थानमा शवदाहस्थल तथा समाधीस्थलको व्यवस्थापनका लागि आश्रयस्थल बनाउने तथा काठ/दाउराको व्यवस्थापन, मृत्यु संस्कारका लागि आवश्यक सामाग्रीहरू उपलब्ध हुने गरी पूजा पसल व्यवस्थापन आदि कार्यहरु सुरुवात गर्न जरुरी रहेको छ ।