Government of Nepal Emblem

चौदण्डीगढी

नगरपालिका

वन तथा वातावरणीय स्थिति

प्राकृतिक सम्पदा, जैविक विविधता र वातावरण संरक्षण

६.१  वन क्षेत्रको अवस्था

नगरपालिकाको कूल भू-भाग मध्ये ५७.७५ प्रतिशत भू-भाग वनजंगल क्षेत्रले ओगटेको छ । दिगो विकास लक्ष्यको लक्ष्य नं. १५ मा वनको दिगो व्यवस्थापन गर्ने, मरुभूमिकरण विरुद्ध लड्ने, भू–क्षयीकरण रोकेर त्यस्तो प्रक्रियालाई उल्ट्याउने तथा जैविक विविधताको क्षतिलाई रोक्ने कुरा उल्लेख गरिएको छ । तसर्थ पर्यावरणीय प्रणाली सन्तुलन, वायुमण्डलको स्वच्छता तथा जीवजन्तुको वासस्थान कायम राख्न वनजंगलको संरक्षण प्राथमिकतामा राख्नु जरुरी छ । अर्कोतर्फ यस नगरपालिकामा वनजंगल क्षेत्र बाहेक रहेको बाँझो जमिन, नदीको किनारका बगरहरुमा व्यापक जनपरिचालन गरी बृक्षारोपण गरेमा नगरपालिकालाई एक प्रकारको हरित बगैंचाको रुपमा विकास गरी सिमित मात्रामै भएपनि वनलाई आयआर्जनसँग जोड्न सकिन्छ । त्यसैगरी भू-संरक्षणका हिसाबले अति संवेदनशील क्षेत्रहरुमा बृक्षारोपण, बाँध निर्माण, तारजाली, तटबन्ध तथा परम्परागत बाढी तथा डुबान नियन्त्रण र भू-संरक्षणका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने देखिन्छ । साथै भू-संरक्षणको प्रभावकारी उपाय बृक्षारोपण भएकाले सो कार्यलाई प्राथमिकतामा राख्नु अति आवश्यक छ ।

६.१.१  वन व्यवस्थापन सम्बन्धी विवरण (सरकारद्वारा व्यवस्थित, सामुदायिक, कबुलियती, धार्मिक र निजी वन)

क. सामुदायिक वन

सामुदायिक वन भन्नाले सामुहिक हितका लागि वनको विकास, संरक्षण र उपयोग गर्न उपभोक्ता समूहलाई सुम्पिएको राष्ट्रिय वनलाई जनाउँछ । स्थानीय बासिन्दालाई वन संरक्षण र उपयोगमा सहभागी बनाउने नेपाल सरकारको नीति अनुसार यस नगरपालिकामा जिल्ला वन कार्यालयमार्फत सामुदायिक वन उपभोक्ता समूह गठन गरी वन हस्तान्तरण गर्ने काम पनि भइरहेको छ । वन ऐन, २०४९ तथा वन नियमावली, २०५१ ले व्यवस्था गरे बमोजिम सामुदायिक वनको संरक्षण, सम्बर्द्धन तथा व्यवस्थापनको सम्पूर्ण जवाफदेही सम्बन्धित वन उपभोक्ता समूहहरू नै हुन्छन् । यो कार्यक्रम शुरुमा लागू हुँदा यसको उद्देश्य नाङ्गा डाँडा पाखाहरूमा हरियाली बढाउने र सर्वसाधारण जनतालाई, काठ, दाउरा र डालेघाँस लगायत वनपैदावारको आधारभूत आवश्यकता परिपूर्ति गर्ने रहेको थियो । तर, अहिले यस कार्यक्रमको मुख्य उद्देश्यमा विपन्न परिवारहरूको गरिबी निवारण, जीविकोपार्जन, जैविक विविधताको संरक्षण, दिगो वन व्यवस्थापन, सुशासन, समावेशीकरण, लैङ्गिक समानता, विशेष गरी महिला, दलित तथा जनजातिको सहभागिता जस्ता नयाँ-नयाँ सवालहरू समेत समावेश भएकोले यस कार्यक्रमले गरिबी न्यूनीकरणमा समेत सहयोग पुर्‍याउन सक्ने विश्वास गरिएको छ । जिल्ला वन कार्यालयको प्राविधिक सहयोगमा समूहको स्वीकृत विधान तथा वन कार्ययोजना बमोजिम उपभोक्ता समूहको क्रियाकलापहरू संचालन तथा सामुदायिक वनको संरक्षण, सम्बर्द्धन, व्यवस्थापन तथा वन पैदावारको सदुपयोग हुने गरेको छ । विगतको समयमा थोरै जनसंख्याको तुलनामा प्रशस्त वन क्षेत्र भएकोले पनि वन संरक्षण भन्दा उपयोगमा मात्र जोड दिएको पाइन्छ तर, गएको केही वर्षदेखि वनक्षेत्र वरिपरिका जनतामा नयाँ जागरण देखिएको छ । सामुदायिक वनहरूमा विद्यमान संरक्षण र आफ्नो सामुदायिक वन प्रतिको लगावको परिणाम स्वरुप उजाड र मरुभूमीकरणतर्फ उन्मुख हुँदै खोला र खहरेहरूले ग्रसित भएका वन क्षेत्रहरू आज प्राकृतिक रुपमा संरक्षित भएका छन् । सामुदायिक वनका उपभोक्ताहरूसँग प्राविधिक ज्ञान र वनको उत्पादकत्व बढाउन आवश्यक पर्ने प्रविधिको अभाव खड्किएको छ । तसर्थ वन व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन सामुदायिक वनहरूलाई स्रोत, साधन र प्रविधियुक्त जनशक्तिको उपलब्धता हुनु जरुरी छ । उपभोक्ताहरूमा रहेका परम्परागत वन संरक्षण विधिहरूका अतिरिक्त नयाँ विधि र कार्यशैलीहरूको विकास गराउन जरुरी देखिन्छ । दक्षता अभिवृद्धिका निमित्त सामुदायिक वन उपभोक्ताहरूलाई तालिम, गोष्ठी, सेमिनार र अवलोकन भ्रमणका अवसरहरू प्रदान गर्नुपर्ने देखिन्छ ।

नगरपालिका र सामुदायिक वन उपभोक्ता समूहहरूको सहभागितामा सामुदायिक वनभित्र गैरकाष्ठ वनपैदावारको उत्पादनलाई प्रोत्साहित गर्न र विभिन्न तालिम गोष्ठी अध्ययन भ्रमणहरू गरिदै आएका छन् । यसले स्थानीयस्तरबाट वन व्यवस्थापनका सम्पूर्ण पक्षहरूलाई अघि बढाउन र वन क्षेत्रको उत्पादन बढाउन थप मद्दत मिल्ने देखिन्छ । सामुदायिक वनहरूको सुदृढीकरणका निमित्त जिल्ला वन कार्यालयको जनशक्ति मात्रले सम्भव नदेखिएकाले उक्त कार्यका निमित्त वनसँग आबद्ध विभिन्न गैरसरकारी संस्थाहरूलाई नगरपालिकामा परिचालन गर्नुपर्ने देखिन्छ । यस नगरपालिकामा दर्ता भएका सामुदायिक वनको विवरण तलको तालिकामा उल्लेख गरिएको छ ।

तालिका नं. ५९: नगरपालिकामा रहेका सामुदायिक वनहरूको विवरण
क्र.सं.वनको नामठेगाना
महाभारतचौदण्डीगढी न.पा. १०
देवीधानचौदण्डीगढी न.पा. १०
शिवबाबा महिलाचौदण्डीगढी न.पा. १०
कृन्तीमाईचौदण्डीगढी न.पा. १०
अदर्शचौदण्डीगढी न.पा. १०
सिवाई (रमाकान्त स्मृति)चौदण्डीगढी न.पा. ५
सिवाई महिलाचौदण्डीगढी न.पा. ५
शिवालयचौदण्डीगढी न.पा. ५
सगरमाथाचौदण्डीगढी न.पा. ५
१०शिवचौदण्डीगढी न.पा. ५
११चुरेसिवाई महिलाचौदण्डीगढी न.पा. ५
१२सुकुनाचौदण्डीगढी न.पा. ५
१३ढोकनाही धारापानीचौदण्डीगढी न.पा. ५
१४धमिवेथानचौदण्डीगढी न.पा. ५
१५मैनामैनीचौदण्डीगढी न.पा. ५
१६भिमचौदण्डीगढी न.पा. ९
१७सर्वोदय नम्माचौदण्डीगढी न.पा. ९
१८श्रजनाचौदण्डीगढी न.पा. १०
१९देवीस्थानचौदण्डीगढी न.पा. ९
२०देउरालीचौदण्डीगढी न.पा. ९
२१भगवतीचौदण्डीगढी न.पा. ९
२२मूलखोलाचौदण्डीगढी न.पा. ९
२३त्रिगुणा वन वालिका महिलाचौदण्डीगढी न.पा. ९
२४सरस्वती महिलाचौदण्डीगढी न.पा. ९
२५सिमान्तचौदण्डीगढी न.पा. ९
२६हरियालीचौदण्डीगढी न.पा. ९,१०
२७धानपोखरीचौदण्डीगढी न.पा. २,९
२८हिमचुलीचौदण्डीगढी न.पा. १
२९थाउखानीचौदण्डीगढी न.पा. १
३०दुधकोशीचौदण्डीगढी न.पा. १
३१लामाखोलाचौदण्डीगढी न.पा.१
३२भालुमारा अहालेचौदण्डीगढी न.पा. १
३३पाँचकन्याचौदण्डीगढी न.पा. १
३४चण्डेश्वरीचौदण्डीगढी न.पा. १
३५त्रिशुलीचौदण्डीगढी न.पा. १
३६सुन्दरचौदण्डीगढी न.पा. १,३
३७शिखर कोषढुंगाचौदण्डीगढी न.पा. १, बेलका न.पा. ५
३८सौंगुरी गाउँबेश्वीचौदण्डीगढी न.पा. २
३९चित्रे लामा खोलाचौदण्डीगढी न.पा. ३
४०चुनिया लामा खोलाचौदण्डीगढी न.पा. ३
४१कालीभंगेनीचौदण्डीगढी न.पा. ३,४
४२बसहाथानचौदण्डीगढी न.पा. ४
४३रक्तमाला देवीचौदण्डीगढी न.पा. ४
४४कोबे देवीचौदण्डीगढी न.पा. ४
४५जनकल्याणचौदण्डीगढी न.पा.४
४६चालिसे देवीधानचौदण्डीगढी न.पा. ७
४७बप्सन्त पङ्ग्रमीचौदण्डीगढी न.पा. ७
४८सालघारीचौदण्डीगढी न.पा. ८
सयपत्रीचौदण्डीगढी न.पा. ८
५०तीनथैयाचौदण्डीगढी न.पा. ८
५१बाघखोर देवीधानचौदण्डीगढी न.पा. ८
५२पाखेपानीचौदण्डीगढी न.पा. ८
५३गेवाधानचौदण्डीगढी न.पा. ८
५४सुनगाभाचौदण्डीगढी न.पा. ८
५५धुल्के बेलारचौदण्डीगढी न.पा. ७
५६देउरालीचौदण्डीगढी न.पा. ३
५७ओंपसहरेचौदण्डीगढी न.पा. ६
५८देवीखोलाचौदण्डीगढी न.पा. ६,७
५९कट्टुन्जेचौदण्डीगढी न.पा. ६,७
६०सिंगमालाचौदण्डीगढी न.पा. १
६१चुरीचौदण्डीगढी न.पा. ८
६२चिउरी भञ्ज्याङचौदण्डीगढी न.पा. ८
६३बेलकाचौदण्डीगढी न.पा. ३

ख. राष्ट्रिय वन

राष्ट्रिय वन भन्नाले वातावरण सन्तुलन कायम राखी वनको विकास, संरक्षण तथा वन पैदावारको उपयोग र बिक्री वितरण गर्न तयार गरिएको वन सम्बन्धी कार्ययोजना भन्ने बुझिन्छ ।

राष्ट्रिय वन भन्नाले निजी वन बाहेक नेपाल भित्रको वन सिमाना लगाइएको वा नलगाइएको सबै वन सम्झनु पर्छ र सो शब्दले वनले घेरिएको वा वनको छेउछाउमा रहेको पर्ती वा ऐलानी जग्गा तथा वनभित्र रहेको बाटो, पोखरी, ताल वा खोलानाला र बगर समेत जनाउँछ ।

ग. चकला वन

चकला वन भन्नाले कम्तिमा पाँच सय हेक्टर क्षेत्रफल भएको सरकारद्वारा व्यवस्थित गरिएको वनको कुनै भाग भन्ने बुझिन्छ ।

घ. साझेदारी वन

साझेदारी वन भन्नाले डिभिजन वन कार्यालय, स्थानीय तह र उपभोक्ताको साझेदारीमा व्यवस्थापन गरिने राष्ट्रिय वनको कुनै भाग बुझिन्छ ।

ङ. धार्मिक वन

धार्मिक वन भन्नाले वनको विकास, संरक्षण र उपयोग गर्न कुनै धार्मिक निकाय, समूह वा समुदायलाई सुम्पिएको राष्ट्रिय वनलाई सम्झनु पर्छ ।

च. निजी वन

निजी वन भन्नाले प्रचलित कानून बमोजिम कुनै व्यक्तिको हक पुग्ने निजी जग्गा लगाई हुर्काइएको वा संरक्षण गरिएको वनलाई जनाउँछ ।

छ. कवुलियती वन

कवुलियती वन भन्नाले (केही नेपाल संसोधन गर्ने ऐन, २०७५ द्वारा थप गरिएको समेत), विभिन्न उद्देश्य प्राप्तिका लागि प्रचलित कानून बमोजिम स्थापित कुनै संस्था वन पैदावारमा आधारित कुनै उद्योग वा समुदायलाई कवुलियत गरी प्रदान गरिएको राष्ट्रिय वनलाई जनाउँछ । राष्ट्रिय वन ऐन, २ (४) को परिच्छेद–६ मा उल्लेख भए अनुसारको राष्ट्रिय वनको भागलाई नै कवुलियती वन भनिन्छ । कवुलियती वन देहाय बमोजिमको उद्देश्य प्राप्तिको लागि छुट्याइएको हुन्छ ।

६.१.२  बृक्षारोपणका लागि खाली स्थान सम्बन्धी विवरण

यस नगरपालिकामा रहेका ताप्रांग खोला, देवी खोला, भडोली खोला, घोरमुना खोला, सुघरे खोला, करम्जे खोला, लाटी खोला लगायतका नदी तथा खोलाका किनारहरु, खेलमैदानका किनारहरु, सामुदायिक वन भित्र रहेका केही खाली क्षेत्रहरु आदि बृक्षारोपणका लागि खाली स्थानका रुपमा रहेका छन् ।

६.१.३  जडिबुटी उत्पादन, संकलन तथा निकासी सम्बन्धी विवरण

जडिबुटी सम्बन्धी विवरण

नगरपालिकाको वन क्षेत्रमा पाइने जडिबुटीहरूमा सर्पगन्धा, कुरिलो, अंगेरी, तुलसी, हर्रो, वर्रो, अमला, निम, गुर्जो, भूँइ अमला लगायत रहेका छन् । यस बाहेक दालचिनी, चिराइतो, सिस्नो लगायतका जडिबुटीहरु यहाँ पाउनुका साथै संकलन तथा बिक्री हुने प्रशस्त सम्भावना रहेको देखिन्छ ।

तालिका नं. ६०: चौदण्डीगढी नगरपालिका क्षेत्रमा पाइने महत्वपूर्ण स्थानीय जडिबुटीहरू
क्र.सं.नेपाली नामअंग्रेजी नामवैज्ञानिक नाम
अधुरोMalabar nutAdhatoda vasica Nees
अदुवाGingerZingibar officinale Rose
आँकMadarCalotropis procera
ऐसेलुGolden raspberryRubus ellipticus Smith
करेलाBitter GourdMemordia charantia Linn.
कागतीLemonCitrus eurantifolia (Christm) Swingle
कुरिलोAsparagusAsparagus racemosus Willd.
कुशKus-grassDesmostachya bipinnata Staff
केराBananaMusa parasiciaca Linn.
१०गुर्जोTinosph​ora cordifolia Willd Miers
११गुलाफRoseRosa sp.
१२घण्टीफुल (बाँहमासे)China roseHibiscus rosa-sinensis Linn.
१३धुकुमारीAloeAloe barbadensis Mill
१४तितेपातीMug-wortArtemisia vulgaris Linn.
१५तुलसीHoly basilOcimum sanctum Linn.
१६दुधेझारEuphorbia thymifolia L
१७दुबोConch grassCynodon dactylon Pers
१८धतुरोDaturaDatura metel Linn.
१९धनियाCorienderCorienfrum sativum Linn.
२०नीमNeem treeAzadhiracta indica A.Juss
२१पारिजातNight JusmineNyctantanthes arbor-tristis Linn
२२पालुङ्गोSpinasSpicia oleracea Linn.
२३पुदिनाGarden mintMentha spicata Linn.
२४बकाइनोChina berryMelia azadhirach Linn.
२५बेथेLambs quartersChenopoidium album L
२६बोझोSweet flagAcorus calamus Linn.
२७भुईं अमलाPhyllanthus urinaria L.
२८मुलाRadishRaphanus sativus Linn.
२९मोथेNut GrassCyperus rotundus Linn.
३०लज्जावतीSensitive plantMimosa pudica Linn
३१लसुनGarlicAllium sativum Linn.
३२लाहाLac insectLaccifer lacca Kerr.
३३लुँडेPickly amaranthAmaranthus spinosus L.
३४सर्पगन्याSerpentinaRauwolfia serpentine Bethex Kurz
३५सयपत्रीMarigoldTagetus erecta Linn.
३६सिस्नुNeetleUrtica dioca Linn.
३७सुँपDillAnethum sowa Kurz
३८हर्रोChebulic myrobalanTerminalia chebula Retz.
३९हलेंदोTurmericCurcuma longa Linn.

६.१.४  नगरपालिकाका क्षेत्रबाट निकासी हुने वन पैदावरको विवरण

सामान्यतया: वनपैदावारको रुपमा प्रयोग हुने वस्तुहरू भनेका काठ, दाउरा, जडिबुटी आदि हुन् । वनको वैज्ञानिक व्यवस्थापन गरी वा हरित क्षेत्रको विकास गरी यस प्रकारका वन पैदावारहरूको व्यवसायिक उत्पादन तथा निकासी गरी आर्थिक उपार्जन गर्न सकिन्छ । विशेषगरी वनले ओगटेको क्षेत्रफल बढी भएको क्षेत्रहरूमा वनलाई नै स्थानीय विकासको मेरुदण्डको रुपमा लिन सकिन्छ ।

चौदण्डीगढी नगरपालिकाबाट उत्पादन भएका वनपैदावारको बिक्री वितरण उपभोगको स्थितिलाई हेर्दा यहाँको उत्पादन यस नगरपालिकाको आपूर्तिलाई पुर्‍याई जिल्ला भित्रकै अन्य क्षेत्र तथा अन्य जिल्लामा पनि जाने गरेको छ । यस नगरपालिकामा काठ/दाउरा खपत मुख्य वनपैदावारमा आधारित उद्योगहरूमा हुने गर्दछ । यसका अ लावा यहाँको बढ्दो जनसंख्या र बसाइँसराई तथा शहरीकरणले आवश्यक पर्ने काठ/दाउरा तथा विकास निर्माणमा काठको माग बढ्दै गएको छ । वनजंगलको नजिक रहेका घरपरिवारले बढी काठ/दाउरा खपत गर्दछन् भने वनबाट टाढा रहने घर परिवारले धेरै कम परिमाणमा काठ/दाउरा खपत गर्ने गरेको पाइन्छ ।

६.२  जलश्रोत तथा जलाधार क्षेत्र

बदेल पोखरी

बदेल पोखरी

यस नगरपालिकामा रहेका ताप्रांग खोला, देवी खोला, भडोली खोला, घोरमुना खोला, लाटी खोला, करम्जे खोला, गौरी खोला, दुवार खोला, आरी खोला, त्रियुगा नदी, सिवाही खोला, दोल्ता खोला, डुङ्गा खोला, घेर खोला, वडेखा खोला, जुटपानी खोला, दुधकोशी, छुईला झरना, लामा खोला, सुन्दरपुर ताल, काली खोला, काली दह, भूतिया दह, सिद्धिपुर ढोडेनी झरना, रक्सा दह, अप्रा खोला लगायतका नदी, खोला तथा झरनाहरु यहाँका जलाधारका मुख्य स्रोतको रुपमा रहेका छन् । नगरपालिकामा भूमिगत जल, नदी, खोला, नाला, झरना, पोखरी, कुलो आदि जल स्रोतका रुपमा रहेका छन् ।

तिन दोभानेको तलाउ

तिन दोभानेको तलाउ

६.२.१  प्रमुख नदी तथा खोलाहरू

त्रियुगा खोला

त्रियुगा खोला

नगरपालिकाका विभिन्न भौगोलिक क्षेत्र तथा वडाहरूमा फैलिएर रहेका खोलानालाहरूले प्रशस्त जलभण्डार गर्नुका साथै विभिन्न किसिमका जलचरहरू र पन्छीहरूलाई सुरक्षित बासस्थानको रुपमा आश्रय दिइरहेको पाइन्छ । साथै यस्ता खोलाहरूबाट पशुहरूले पानी पिउने र किसानहरूले समेत बेलाबखत आंशिक रुपमा सिँचाईको लागि पानीको प्रयोग गरेको देखिन्छ । मानव बस्तीको विकास र बसाइँसराईको चापका साथै अनुत्पादक पशुहरूको अत्याधिक चरीचराउ र उपयोगले प्राकृतिक नदी/खोलामा भू–क्षय भई पुरिने क्रम जारी छ । नगरपालिकामा रहेका खोला, नाला, नदी, ताल तथा झरनाहरूको विवरण तालिकामा उल्लेख गरिएको छ ।

सुन्दरपुर पोखरी

सुन्दरपुर पोखरी

दुवार खोला

दुवार खोला

तालिका नं. ६१: नगरपालिकामा रहेका खोला, नाला, नदी, ताल तथा झरनाहरूको विवरण
क्र.सं.पालिकामा रहेका खोला, नाला, नदी, ताल तथा झरनाहरूठेगाना
छुईला झरना, नामदह, बुड्बुङे झरना, कोशी नदी,वडा नं. १
त्रियुगा खोला, लामा खोलावडा नं. २
काली खोलावडा नं. ३
त्रियुगा नदी, तिनदोभानेवडा नं. ४
त्रियुगा नदी, धेर खोला, वडेखा खोला, सिवाही खोला, डुङ्गा खोला, तामाङ खोला, जुटपानी खोला, दोल्ता खोला, सुन्दरपुर ताल, फन्तेवा खोलावडा नं. ५
काली दहवडा नं. ६
दुवार खोला, आरी खोला, आरी दह,वडा नं. ७
दुवार खोला, दुधकोशी नदी, अप्रा खोला, सिद्धिपुर ढोडेनी झरनावडा नं. ८
रक्सा दह, धान पोखरी, त्रियुगा नदीवडा नं. ९
१०भूतिया दह, त्रियुगा नदीवडा नं. १०
हात्ती खोरे पोखरी

हात्ती खोरे पोखरी

थान पोखरी

थान पोखरी

सुकना पोखरी

सुकना पोखरी

नक्सा नं. ८

नक्सा नं. ८: नगरपालिकाको नदी तथा खोला सञ्जाल नक्सा

भुतीया दह देबदार खोला

भुतीया दह देबदार खोला

६.३ जैविक विविधता र वातावरणीय सेवा

६.३.१  बासस्थानका आधारमा महत्वपूर्ण जनावर र चराचुरुङ्गीको विवरण

क) प्रमुख वन्यजन्तुहरूको विवरण

यस नगरपालिकामा पाइने प्रमुख वन्यजन्तुहरूमा बादर, हरिण, चितुवा,ढेँडु, दुम्सी, घोरल, झारल, मृग, बदेल, खरायो, न्याउरी, स्याल, लोखर्के, सालक आदि रहेका छन् ।

ख) प्रमुख चराचुरुङ्गीहरूको विवरण

यस पालिकामा पन्छी प्रजातिमा कालिज, ढुकुर, सुगा, परेवा, वन कुखुरा, तित्रा, रुपी, भंगेरा, वकुल्ला, सारस, काग, धनेष, कोईली, हाँस आदि छन् ।

ग) घस्रिने जीवजन्तुहरू

यस नगरपालिकामा विशेष गरी घस्रिने जीवजन्तु अन्तर्गत सर्प, पानी सर्प, छेपारो, गोहोरा, भ्यागुता, कछुवा, पाइन्छन् ।

घ) कीरा फट्याङ्ग्राहरू

पुतली, फट्याङ्ग्रा, पतेरा, गाइनेकीरा, झ्याउँकीरी, लाही, किथिर्का, जुनकीरी, अरिंगाल, मौरी, माकुराहरु, सुलसुले, माछा, अरिगाँठे, कनसुत्ले आदि पाइन्छन् ।

६.३.२  महत्वपूर्ण वनस्पती विवरण

नगरपालिकामा साल, सल्लो, बाँस, चिलाउने, टिक, निम, थाकल, सिमल, अमला, भलायो, बडहर, चिउरी, जामुन, सल्ला, किम्बु, ऐँसेलु, कटुस, करम, साज, साल, सिसौ, खयर लगायतका वनस्पतीका प्रजातिहरु पाइन्छन् ।

जडिबुटी सम्बन्धी विवरण

नगरपालिकाको वन क्षेत्रमा हर् रो, बर्रो, अमला, कुरिलो, सर्पगन्धा, अंगेरी, तुलसी, गुर्जो, भूँई अमला, दालचिनी, चिराइतो, सिस्नो जस्ता जडिबुटीहरु पाईन्छ । यी जडिबुटीहरुको संकलन तथा बिक्री हुने प्रशस्त सम्भावना रहेको देखिन्छ ।

६.४  विपद् जोखिम व्यवस्थापन

नगरपालिकाका नदी तथा खोला किनारका भागहरू भू–क्षयको दृष्टिकोणले संवेदनशील क्षेत्रमा पर्दछ । प्राकृतिक वातावरणमा असर पर्ने मानवीय गतिविधिका कारणबाट नगरपालिका क्षेत्रमा अनियन्त्रित डढेलो, चरीचरन गर्ने प्रवृत्ति एवं खोलाबाट अव्यवस्थित ढंगले ढुंगा तथा बालुवाहरू झिक्नाले प्राकृतिक सन्तुलन बिग्रन गई बस् ती एवं खेतीतर्फ अनियन्त्रित बाढीको प्रकोप केन्द्रीत भएको छ । खोलाको क्षमता भन्दा बढी मात्रामा नदीजन्य वस्तु निकासी भएकाले खोलाको सतह गहिँरिदै जाँदा आसपासका क्षेत्रहरूमा कटान तथा भू–क्षयको सम्भावना बढ्दो देखिन्छ मूलतः नगरपालिकाका खोलाहरूको वरिपरि नै केन्द्रीत भएर रहेको मानव बस्तीको मानवीय गतिविधिले भूकम्पीय प्रकोपका कारण समेत यो संवेदनशिल क्षेत्रमा भू–क्षयको दृष्टिकोणले प्रतिकूल प्रभाव पारेको छ । यस क्रमलाई रोक्नका लागि तटबन्धको व्यवस्था र ढल निकासको व्यवस्था मिलाउनुपर्ने देखिन्छ । त्यस्तै, मानव र वन्यजन्तु बिचको द्वन्द्वले विभिन्न किसिमका मानविय घटनाहरु घट्ने गरेका छन् । अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपायहरू अवलम्बन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै अल्पकालीन उपायको रुपमा स्पष्ट एवं तटबन्ध निर्माण गर्ने मध्यकालीन उपायको रुपमा प्रभावित क्षेत्रको वरिपरि बृक्षारोपण गर्ने र दीर्घकालीन उपायको रुपमा सम्पूर्ण खोला प्रभावित क्षेत्रलाई संरक्षण गर्ने, मानव र वन्यजन्तु बिचको द्वन्द्वलाई न्यूनीकरण गर्नेतर्फ काम अगाडि बढाउनुपर्ने देखिन्छ । उल्लेखित क्षेत्रलाई मानवीय गतिविधिबाट प्रभाव नपार्ने तथा सघन जलाधार क्षेत्र संरक्षण सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने देखिएको छ ।

६.४.१  विपद् प्रकोपबाट भएको मानवीय र भौतिक क्षतिको विवरण

यस नगरपालिकामा वर्षातको समयमा बाढी पहिरोले मानवीय तथा भौतिक क्षति गर्ने गर्दछ । जसबाट वर्षेनी धेरै घरधुरीको भौतिक क्षति हुने गर्दछ । जग्गा जमिन कटान, माछा पोखरीमा क्षति, पशुपंक्षीमा क्षति, घरहरू आदिमा क्षति आदि समस्या हुने गर्दछ ।

६.४.२  विपद्को किसिम अनुसार जोखिमको समय

तालिका नं. ६२: नगरपालिकामा हुन सक्ने सम्भावित प्रकोपको विवरण
क्र.सं.सम्भावित प्रकोपविद्यमान अवस्थासमय
भूकम्पभूकम्पीय जोखिमका दृष्टिले नेपाल विश्वको १४औँ स्थानमा रहेको र नगरपालिकामा भूकम्प प्रतिरोधात्मक भवन कम्तै मात्रामा भएको, भवन आचारसंहिता पूर्ण रुपमा लागू नभएको ।जुनसुकै समयमा
बाढीनगरपालिकामा रहेका विभिन्न खहरे खोलाहरुले वर्षातको समयमा खेतीयोग्य जमीन कटान तथा डुबानमा पारेको छ । वर्षेनी धेरै सङख्यामा परिवरतहरु प्रभावित भएरहेको छन् ।जेष्ठ-असोज
पहिरोनगरपालिका भएर बढी विभिन्न खोलाहरुमा जेष्ठ असार साउन महिनामा अकस्मात आउने बाढी तथा पहिरोले खेतीयोग्य जमीन, घर, बाटो, पुल बगाएर मानविय क्षति पुर्‍याउने गरेको छ ।जेष्ठ-असोज
डढेलोनगरपालिकाको धेरै जसो मू–भागमा चनाबस्ती रहेका (सुख्खाखार्की, बाढी हिमालयीकी) वासग्रहमा अति विस्तृत समुदायका घरहरू संलग्न रहेका अर्धी नियन्त्रण यन्त्रको अभाव, चुलहोमा आगो सल्काउदै महीनेतहको प्रयोग गर्नु र सगाई लाईटेर जस्तो आगो बाल्ने वस्तुहरू बच्चाले खेलाउदै आगलागीको घटना बढी हुने गरेको छन । साथै डढेलोको समस्या पनि देखिएछ ।चैत्र-जेष्ठ
महामारीप्रकोपका रुपमा झाडाप्रखाला लगायतका पानीजन्य रोग बढ्ने गरेको, स्रोतसाधन अभावर जनचेतनाको कमी, अनुत्पादक क्षमताको अभाव ।विपद् पछि, अन्य समयमा
कोरोना भाइरस, वर्डफ्लु अन्य पशुअव्यवस्थित कुखुरा पालन, स्वाइन फ्लु आदि ।जुनसुकै समयमा
जङ्गली जनावर आतंकनगरपालिकाका विभिन्न क्षेत्रहरु (वन जङ्गलका आसपासका क्षेत्रमा (बाँदर, बेदेर, दुस्सी) आदिको आक्रमण तथा बञ्जालीको डर त्रास भइरहन्छ ।जुनसुकै समयमा
कित आतंकजलवायु परिवर्तन, बढी विषादी प्रयोगका कारण लामकारी चरा, किरा लोप आदि ।खेती मौसम
चट्याङ, असिनाबाढी जसो वर्षभरमा र पानी पर्दाको समयमा ।जुनसुकै समयमा

स्रोत: नगर कार्यपालिकाको कार्यालय

६.४.३  विपद् व्यवस्थापनको पूर्वतयारी

भौगोलिक जटिलताका कारण नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिम क्षेत्रमा रहेको छ । नेपालमा वर्षेनी प्राकृतिक प्रकोपका कारण ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ । नेपालमा २०७२ सालको महाभूकम्पको पीडा अझै ताजा नै छ । नगरपालिका पनि प्राकृतिक प्रकोपको दृष्टिकोणले संवेदनशील अवस्थामा रहेको छ । यस नगरपालिकामा विशेष गरी बाढी, नदी कटान, हावाहुरी, असिना, चट्याङ, अनावृष्टि, सुख्खा खडेरी, डढेँलो जस्ता प्राकृतिक प्रकोपहरू देखापर्दै आइरहेका छन् । विगतमा भएको कोभिड-१९ तथा विभिन्न समयमा फैलने महामारीहरुले आर्थिक तथा अन्य क्षेत्रमा समेत गहिरो प्रभाव पारेको छ । यस्ता प्रकोपहरू सामान्यतया पूर्ण नियन्त्रण गर्न नसकेपनि प्रभाव न्यूनीकरणका उपायहरू अवलम्बन गरी जनधनको क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ । नगरपालिकाले नगरस्तरीय विपद् व्यवस्थापन समिति र वडास्तरीय विपद् व्यवस्थापन समितिलाई थप क्रियाशिल र प्रभावकारी बनाउने, विपद्का लागि अत्यावश्यक सामग्रीहरुको व्यवस्थापन गर्ने, जलजन्य विपद् क्षति न्यूनीकरण गर्नका लागि नदीजन्य पदार्थको उत्खनन तथा बिक्रीबाट प्राप्त रकमबाट विभिन्न खहरे खोला तथा नदीका कारण हुने जोखिमयुक्त स्थानका तटबन्ध तथा नदी नियन्त्रणका कार्यहरुलाई निरन्तरता दिने, विपद्को प्रभावकारी र योजनाबद्ध व्यवस्थापनका लागि नगरपालिकाको स्थानीय विपद् जोखिम व्यवस्थापन योजना निर्माण गरी कार्यान्वयन गर्ने, विपद् कोष स्थापना गरी आपतकालिन सहयोग कार्यक्रम सञ्चालन गर्ने, विपद् तथा महामारीको समस्याबाट बच्नका लागि स्थानीय सञ्चार माध्यमबाट जनचेतनामूलक विषयहरु प्रकाशन प्रसारण गर्नका साथै यस क्षेत्रमा क्रियाशिल सरकारी तथा गैरसरकारी निकायहरुसँग समन्वय, सहकार्य र साझेदारी गर्ने लगायतका नीति अगाडी सारेको छ ।

६.४.४  आपतकालिन यातायात साधन सम्बन्धी विवरण

नगरपालिकाको केन्द्रमा स्वास्थ्य सेवाहरुको पहुँच भएतापनि सबै वडाहरुको स्वास्थ्य संस्थाहरुबाट आपतकालीन स्वास्थ्य सेवाहरु पुर्‍याउन सकिरहेको अवस्था छैन । आपतकालिन अवस्थामा बिरामीहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि पालिका भित्र २४ घण्टा सेवा सहित ६ वटा एम्बुलेन्स, १ वटा दमकल र १ फायर एक्स्टीनगुईसर सञ्चालनमा रहेका छन् । विभिन्न समुदायमा आपतकालिन अवस्थामा सेवा प्रवाह गर्नका लागि पालिकाका विभिन्न वडाहरुमा थप आवश्यक एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने देखिन्छ ।