पारिवारिक तथा जनसांख्यिक विवरण
चौदण्डीगढी नगरपालिकाको पारिवारिक तथा जनसांख्यिक विवरण
३.१ मुख्य बस्ती र घरपरिवारको विवरण
३.१.१ मुख्य बस्ती
यहाँ विषम भौगोलिक अवस्था भएतापनि जलवायुको आधारमा बसोबासका लागि उपयुक्त मानिएको छ । हुलाक, टेलिफोन, स्वास्थ्य चौकी र विद्यालयको पहुँचका साथै यातायातको सुविधा विस्तार तिब्र रुपमा हुनाले पनि ग्रामिण बस्ती विकासका लागि योगदान पुर्याइरहेको पाइन्छ । यसका साथै विभिन्न स्थानहरूमा नगरपालिकाहरूले आफ्नो आन्तरिक यातायात मार्गहरू बनाई सार्वजनिक क्षेत्रहरूमा बजार व्यवस्थापन गर्ने कार्यका साथै स–साना व्यापारिक केन्द्रको रुपमा क्रमिक विकास भइरहेको छ । यहाँको आवास क्षेत्रहरूको व्यवस्थित तवरले विकास गर्न प्रत्येक बस्तीमा आवत जावत गर्न मोटर बाटो, खुल्ला क्षेत्रका प्रावधान, चारपाटे आकार मिलेका घडेरीहरू लगायत भौतिक तथा पूर्वाधारको निर्माण सहितको व्यवस्थित बस्तीको विकास गर्न जग्गा एकीकरण वा सेवा सुविधा जस्ता कार्यक्रमहरू संचालन गर्नुपर्दछ । यसरी जग्गा विकास कार्यक्रम संचालन गर्दा शहरी विस्तार क्षेत्र प्रस्तावना गरिएका क्षेत्रहरूलाई टेवा पुर्याउने हिसाबले प्राथमिकता दिनु पर्दछ । हाल यस नगरपालिकामा रहेका मुख्य बस्तीहरुको विवरण तलको तालिकामा समावेश गरिएको छ ।
तालिका नं. ४: नगरपालिकामा रहेका मुख्य बस्तीहरुको विवरण
| वडा नं. | नगरपालिकाका मुख्य बस्तीहरुको विवरण |
|---|---|
| १ | रानीटार, चारघरे, गढी, कञ्चनपुर, ज्यामिरे, सिम्पानी, बिर्ता र वंशीला |
| २ | माडीवास, झोरापाटा, गंगटे, भित्ते |
| ३ | हात्तिसार, भोर्लेनी, आम्साल, विरेन्द्रचोक, रमाइलो डाँडा, बँदेल पानी, बर पिपल भान्जी डाडा |
| ४ | वर्षे डाँडा, शनिवारे, बसाहा थान, तिन दोभाने, मकम डाँडा |
| ५ | सिवाही, सुन्दरपुर, ढेला |
| ६ | बेल्टार, सातधारे, सिरवानी, केचुवा |
| ७ | बेल्टार (माथिल्लो भेग), लामेचौरी, भुल्के |
| ८ | विरेन्द्र बजार, सिद्धिपुर, लुम्लिनटार, तोड्के, धारापानी, सिमलटार |
| ९ | ज्यामिरे, हडिया, थान पोखरी, भीमा |
| १० | हडिया, खैराहा, शिवनगर, देबधार, अँधेरी |
३.१.२ घरपरिवारको विवरण
तालिका नं. ५: वडागत क्षेत्रफल, जनसंख्या तथा घरधुरी विवरण
| वडा | घरधुरी | २०६८ को जनसंख्या | २०७८ को जम्मा जनसंख्या | जनसंख्या वृद्धिदर | क्षेत्रफल (वर्ग कि.मि.) | जनघनत्व | औषत परिवार आकार | लैङ्गिक अनुपात | ||
|---|---|---|---|---|---|---|---|---|---|---|
| पुरूष | महिला | जम्मा | ||||||||
| १ | ७७३ | ३,८८२ | १,६९१ | १,७५१ | ३,४४२ | -०.८७ | ४७.९४ | ७१.७९ | ४.४५ | ९६.५७ |
| २ | १,१४४ | ४,०५९ | २,३७८ | २,७६० | ५,१३८ | २.०४ | १३.७४ | ३७३.८९ | ४.४९ | ८६.१६ |
| ३ | १,००० | ३,८७१ | १,८५३ | २,१६३ | ४,०१६ | ०.२९ | १७.०२ | २३५.८९ | ४.०२ | ८५.६७ |
| ४ | १,६६८ | ६,२३५ | २३० | ३,७०६ | ६,९३६ | ०.८६ | १९.७६ | ३५१.०३ | ४.१६ | ८७.१६ |
| ५ | १,५२३ | ५,६७३ | २,९९९ | ३,३६० | ६,३५९ | ०.९३ | ४३.६४ | १४५.७० | ४.१८ | ८९.२६ |
| ६ | १,३५२ | ४,५१६ | २,६१० | २,९४० | ५,५५० | १.७६ | ९.०१ | ६१५.९८ | ४.११ | ८८.७८ |
| ७ | १,४२७ | ५,२३७ | २,८८१ | ३,२३६ | ६,११७ | १.२९ | ९.३७ | ६५२.३४ | ४.२९ | ८९.०३ |
| ८ | ८६१ | ३,७७० | १,७७१ | १,९५८ | ३,७२९ | -०.०८ | ४४.०९ | ८४.५८ | ४.३३ | ९०.४५ |
| ९ | १,८०६ | ६,७५३ | ३,५३९ | ४,००७ | ७,५४६ | ०.९० | ४९.४३ | १५२.६५ | ४.१८ | ८८.३२ |
| १० | १,१४९ | ४,५७८ | २,२०५ | २,५९३ | ४,७९८ | ०.३७ | २९.७६ | १६१.२२ | ४.१८ | ८५.०४ |
| जम्मा | १२,७०३ | ४८,५७४ | २५,१५७ | २८,४७४ | ५३,६३१ | ०.८० | २८३.७८ | १८८.९९ | ४.२२ | ८८.३५ |
नगरपालिकाको वडागत जनसंख्याको तुलनात्मक विश्लेषण गर्दा सबैभन्दा धेरै जनसंख्या वडा नं ९ मा रहेको छ जसमा जम्मा जनसंख्या ७,५४६ रहेकोमा (पुरुष ३,५३९ जना र महिला ४,००७ जना) रहेका छन् । यस वडाको औषत परिवार आकार ४.१८ र घरधुरी संख्या १,८०६ रहेको छ । त्यस्तै सबैभन्दा थोरै जनसंख्या वडा नं. १ मा रहेको छ जसको जनसंख्या ३,४४२ (पुरुष १,६९१ जना र महिला १,७५१ जना) रहेका छन् भने घरधुरी संख्या ७७३ र औषत परिवार संख्या ४.४५ रहेको छ । सबैभन्दा कम जनघनत्व वडा नं १ मा रहेको छ जसको जनघनत्व ७१.७९४ व्यक्ति प्रति वर्ग कि.मि. रहेको छ भने सबैभन्दा बढी जनघनत्व वडा नं. ७ रहेको छ जसको जनघनत्व ६५२.३४ व्यक्ति प्रति वर्ग कि.मि. रहेको छ । जसको विस्तृत विवरण माथि तालिकामा उल्लेख गरिएको छ भने तालिकालाई तल स्तम्भ चित्रमा प्रस्तुत गरिएको छ ।
लिङ्ग अनुसार वडागत जनसंख्याको विवरण
३.२ जनसंख्या वितरणको अवस्था
कुनै पनि स्थानको जनसंख्या, विकासको साधन र साध्य दुवैको रुपमा रहेको हुन्छ । विकासका लागि आवश्यक अन्य आर्थिक, भौतिक साधनहरूको परिचालन मानव श्रोतबाट नै हुने भएकाले विकास योजना तर्जुमा गर्दा यसको बनावटको विविध पक्षहरूको अध्ययन र विश्लेषण हुनु आवश्यक हुन्छ । नेपालमा जनसंख्याको विविध पक्षको तथ्याङ्क प्रत्येक १० वर्षमा हुने राष्ट्रिय जनगणनाको साथै नगरपालिकास्तरमा घरधुरी सर्वेक्षण मार्फत् समेत प्राप्त हुने गरेको छ । यहाँ राष्ट्रिय जनगणना, २०७८ बाट प्राप्त तथ्याङ्कका आधारमा जनसंख्याका विविध पक्षहरूको विश्लेषण गरिएको छ ।
तालिका नं. ६: जनसंख्याको विवरण
| विवरण | वि.सं. २,०७८ |
|---|---|
| जम्मा जनसंख्या | ५३,६३१ |
| जम्मा पुरुष | २५,१५७ |
| जम्मा महिला | २८,४७४ |
| लैङ्गिक दर (प्रति १०० महिलामा पुरुषको संख्या) | ८८ |
| कुल परिवार | १२,७०३ |
| औषत परिवार आकार | ४ |
| जनघनत्व (प्रतिवर्ग कि.मि.) | १८९ |
| जनसंख्या वृद्धिदर (प्रतिशत) | १ |
| साक्षरता दर (५ वर्ष र सो भन्दा बढी उमेर समूह) | ७८ |
माथिको तालिकामा चौदण्डीगढी नगरपालिकाको जनसंख्याको विवरण प्रस्तुत गरिएको छ । राष्ट्रिय जनगणना, २०७८ को तथ्याङ्क अनुसार नगरपालिकाको जम्मा जनसंख्या ५३,६३१ रहेको छ जसमध्ये पुरुष ४६.९१ प्रतिशत (२५,१५७ जना) र महिला ५३.०९ प्रतिशत (२८,४७४ जना) रहेका छन् । सोही अनुसार लैङ्गिक अनुपात (sex ratio) अर्थात प्रति १०० महिलामा पुरुषको संख्या ८८.३५ रहेको छ । जनघनत्व (प्रति वर्ग किलोमिटरमा रहेको जनसंख्या) १८८.९९ जना प्रति वर्ग किलोमिटर रहेको छ । यस नगरपालिकाको कुल जनसंख्या मध्ये १,५६२ जना अर्थात २.९ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरू रहेका छन् । कुल १२,७०३ घरपरिवार रहेको यस नगरपालिकामा प्रति परिवार औषत ४.२२ जना सदस्य रहेको देखिन्छ ।
३.३ उमेर समूह तथा लिङ्ग अनुसार जनसंख्याको विवरण
तालिका नं. ७: उमेर र लिङ्ग अनुसार जनसंख्याको विवरण
| उमेर समूह | पुरूष | महिला | जम्मा |
|---|---|---|---|
| ००-०४ वर्ष | २,१४० | २,०१४ | ४,१५४ |
| ०५-०९ वर्ष | २,४७१ | २,४१० | ४,८८१ |
| १०-१४ वर्ष | २,५३२ | २,६२३ | ५,१५५ |
| १५-१९ वर्ष | २,८०९ | २,८४९ | ५,६५८ |
| २०-२४ वर्ष | २,१९१ | २,७२८ | ४,९१९ |
| २५-२९ वर्ष | १,७६४ | २,४३१ | ४,१९५ |
| ३०-३४ वर्ष | १,६२८ | २,१७९ | ३,८०७ |
| ३५-३९ वर्ष | १,५८५ | १,७७१ | ३,३५६ |
| ४०-४४ वर्ष | १,३९८ | १,७५९ | ३,१५७ |
| ४५-४९ वर्ष | १,२३२ | १,३९० | २,६२२ |
| ५०-५४ वर्ष | १,३९८ | १,५२४ | २,९२२ |
| ५५-५९ वर्ष | १,००४ | १,११० | २,११४ |
| ६०-६४ वर्ष | ८९५ | १,१३९ | २,०३४ |
| ६५-६९ वर्ष | ७८९ | ८३१ | १,६२० |
| ७०-७४ वर्ष | ५८९ | ६७६ | १,२६५ |
| ७५-७९ वर्ष | ३७३ | ४४० | ८१३ |
| ८०-८४ वर्ष | १९९ | २१० | ४०९ |
| ८५-८९ वर्ष | ११४ | १११ | २२५ |
| ९०-९४ वर्ष | ३२ | ५२ | ८४ |
| ९५+ वर्ष | १४ | २७ | ४१ |
| जम्मा | २५,१५७ | २८,४७४ | ५३,६३१ |
नगरपालिकामा रहेका कूल ५३,६३१ जनसंख्या मध्ये २५,१५७ पुरुष र २८,४७४ जना महिलाको जनसंख्या रहेको छ । ० देखि ९ वर्ष उमेर समूह र ८५ देखि ८९ वर्ष उमेर समूहको जनसंख्यामा पुरुषको बाहुल्यता रहेको छ भने बाँकी उमेर समूहमा महिलाको बाहुल्यता रहेको छ । यसरी उमेर समूह अनुसार हेर्दा १५ देखि ३९ वर्ष उमेर समूह भित्रका किशोरी र महिलाहरूको जनसंख्यामा र उमेर पुगेका महिलाहरूको शारीरिक, मानसिक, सामाजिक तथा आर्थिक मुद्दाहरूलाई सम्बोधन गर्ने खालको योजनाहरू निर्माण गर्नु जरुरी छ । प्रजनन स्वास्थ्य, यौन स्वास्थ्य, रजस्वला सम्बन्धी समस्याहरू, महिला मैत्री शौचालय, परामर्श केन्द्रहरू, महिला हिंसा, चेलीबेटी बेचविखन, घरेलु लैङ्गिक हिंसा, पाठेघर खस्ने समस्या, दाइजो प्रथा, बाल विवाह महिला सशक्तिकरण तथा अधिकार जस्ता विषयहरू आम महिलाका प्रमुख तथा संवेदनशील विषय भएकाले नगरपालिकाले यी विषयहरूको प्रभावकारी योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्ने संकेत समग्र तथ्याङ्कले गर्दछ । वडागत विस्तृत विवरण तालिकामा प्रस्तुत गरिएको छ ।
उमेर समूह तथा लिङ्ग अनुसार जनसंख्याको विवरण
युवा उमेरको (१५ वर्ष देखि ३९ वर्ष) जनसंख्या (२७,९४०) बढी हुन राम्रो भए तापनि उनीहरूको शिक्षा, स्वास्थ्य तथा मानव संसाधन विकासमा राज्यले व्यापक लगानी गर्नुपर्ने हुन्छ । युवा उमेर समूह धेरै हुनुलाई जनसंख्याको लाभांश भनिन्छ । अर्कोतर्फ युवाहरूलाई सही दिशातर्फ उन्मुख बनाउन र रोजगारीका अवसरहरू सिर्जना गरी राष्ट्र निर्माणमा सरिक बनाउनु समाज र राज्यको दायित्व हुन आउँछ । बालबालिका तथा शिशुहरूको संख्या कम हुनुले क्रमश प्रजनन दर घट्दै गएको संकेत गर्दछ भने वृद्धवृद्धाहरूको तथा प्रौढहरूको संख्या कम हुनुले औषत आयु अन्य देशहरूको तुलनामा कम हुनु र प्रौढ अवस्थामा लाग्ने रोगका कारण पाका उमेरको जनसंख्याको मृत्युदर बढी हुनु भन्ने जनाउँछ । यद्यपी बढ्दो उमेरको संख्या कम हुनु स्वभाविक हो । उमेर अनुसारको जनसंख्याको विश्लेषण गर्दा प्रत्येक उमेर समूहका आवश्यकताहरू सम्बोधन गरी उनीहरूको उचित व्यवस्थापन गर्नु नै चुनौतीपूर्ण हुन्छ । बालबालिकाको पोषण र स्याहार तथा शिक्षा, युवालाई उचित रोजगारी र वृद्धहरूलाई आवश्यक सामाजिक सुरक्षा तथा स्वास्थ्य सेवा र स्याहार राज्यले निर्वाह गर्नुपर्ने दायित्वहरू भित्र आउँछन् ।
३.४ मातृभाषाको आधारमा जनसंख्याको विवरण
नेपाल एक बहु–जाति, बहु–भाषा र बहु–साँस्कृतिक विशेषता बोकेको राष्ट्र हो । यस नगरपालिकामा पनि भाषिक विविधता रहेको देखिन्छ । नगरपालिकामा रहेका कुल ५३,६३१ जनसंख्या मध्ये सबैभन्दा बढी २४,९७० अर्थात ४६.६ प्रतिशतले नेपाली भाषा बोल्ने गरेको पाइयो भने ७,६४१ अर्थात १४.२ प्रतिशतले थारु र ४,०८२ अर्थात ७.६ प्रतिशतले चाम्लिङ भाषा बोल्ने गरेको पाइयो । संविधानको धारा ३२ ले भाषा तथा संस्कृतिको हकलाई मौलिक हकको रुपमा स्थापित गरेको र धारा ३१ को शिक्षा सम्बन्धी हकको उपधारा ५ बमोजिम “नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानून बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र संचालन गर्ने हक हुनेछ ।” भनी स्पष्ट किटान गरेको छ । आफ्नो मातृभाषामा पढ्न चाहने विद्यार्थीहरूलाई नगरपालिकाले विशेष व्यवस्था गर्न सक्ने प्रावधान रहेको छ । मातृभाषा अनुसारको विस्तृत विवरण तालिकामा उल्लेख गरिएको छ ।
तालिका नं. ८: मातृभाषा अनुसार जनसंख्याको विवरण
| मातृभाषा | जम्मा जनसंख्या | प्रतिशत | ||
|---|---|---|---|---|
| पुरूष | महिला | जम्मा | ||
| नेपाली | ११,६५८ | १३,३१२ | २४,९७० | ४६.५६ % |
| थारु | ३,५२४ | ४,११७ | ७,६४१ | १४.२५ % |
| चाम्लिङ | १,९२२ | २,१६० | ४,०८२ | ७.६१ % |
| वान्तवा | १,५६९ | १,८२६ | ३,३९५ | ६.३३ % |
| मगर ढुट | १,५५६ | १,७५६ | ३,३१२ | ६.१८ % |
| मैथिली | १,०६२ | १,०४७ | २,१०९ | ३.९३ % |
| पुमा | ८७८ | ९९० | १,८६८ | ३.४८ % |
| तामाङ | ७६७ | ८६७ | १,६३४ | ३.०५ % |
| थुलुङ | ४६२ | ५२० | ९८२ | १.८३ % |
| अन्य | १,७५९ | १,८७९ | ३,६३८ | ६.७८ % |
| जम्मा | २५,१५७ | २८,४७४ | ५३,६३१ | १००.०० % |
नगरपालिकामा बोलिने भाषाको आधारमा जनसंख्याको विवरण
(क) आदिबासी
आदिवासी/जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार आदिवासी जनजाती भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै साँस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएका ५८ जाति वा समुदायलाई बुझिन्छ । यस नगरपालिकाको कुल जनसंख्या ५३,६३१ मध्ये १४.२५ प्रतिशत (७,६४१ जना) जनसंख्या थारु समुदायका रहेका छन् । यसैगरी नगरपालिकामा कुल जनसंख्याको ७.६१ प्रतिशत चाम्लिङ, ६.३३ प्रतिशत वान्तवा, ६.१८ प्रतिशत मगर ढुट, ३.९३ प्रतिशत मैथिली, ३.४८ प्रतिशत पुमा, ३.०५ प्रतिशत तामाङ, १.८३ प्रतिशत थुलुङ र अन्यमा ६.७८ प्रतिशत समुदायका व्यक्तिहरुको बसोबास रहेको पाउन सकिन्छ । यी समुदायद्वारा नगरपालिकाको मौलिक संस्कृतिलाई जीवन्त राख्न सहयोग पुर्याएको देखिए तापनि यो समुदाय सामाजिक, राजनैतिक र आर्थिक विकासको दृष्टिकोणले पछाडि परेको देखिन्छ । नगरपालिकाको विकासको लागि यो समुदायलाई अहिलेको अवस्थाबाट माथि उठाउन क्षमता विकास, सशक्तिकरण जस्ता विशेष कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने देखिन्छ ।
(ख) उत्पीडित तथा सिमान्तकृत समुदाय
नेपालको संविधानको भाग ३४ अन्तर्गतको धारा ३०६ को (ड) मा सीमान्तकृत समुदाय भन्नाले राजनीतिक, आर्थिक र सामाजिक रुपले पछाडि पारिएका विभेद र उत्पीडन तथा भौगोलिक विकटताको कारणले सेवा सुविधाको उपभोग गर्न नसकेका वा त्यसबाट बञ्चित रहेका संघीय कानून बमोजिमको मानव विकासको स्तर भन्दा न्यून स्थितिमा रहेका समुदाय सम्झनु पर्दछ भनी उल्लेख गरेको छ । सामाजिक विभेदका रुपमा छुवाछुत जस्तो अमानवीय भेदभाव भोगिरहेको यो समुदायले राजनैतिक, आर्थिक र सामाजिक क्षेत्रमा समेत उपेक्षाको अनुभूत गर्नु परेको छ । यस समुदायका आधारभूत र मा.वि. मा अध्ययनरत छात्र छात्राहरूको संख्या तुलनात्मक रुपमा कम रहेको छ । परम्परागत सिपको धनी यो समुदायले आफ्नो सिपलाई आर्थिक विपन्नता र सामाजिक उपेक्षाका कारण पनि अघि बढाउन नसकेको पाइन्छ । निजामती सेवा र गैरसरकारी सेवामा पनि यो समुदायको उपस्थिति अत्यन्तै न्यून छ । त्यसैगरी राजनितिक क्षेत्रमा २०४६, साल यता यो समुदायले आफ्ना सामुदायिक संगठनहरू समेत निर्माण गरेको पाइन्छ । राजनितिक नेतृत्वमा भने सिमित व्यक्तिहरूले मात्र यस समुदायको प्रतिनिधित्व गरिरहेका छन् । यस समुदायका अधिकांश व्यक्तिहरू अदक्ष र अर्धदक्ष जनशक्ति कै रुपमा ज्याला, मजदुरी गरेर जीवनयापन गरिरहेको पाइन्छ । यस नगरपालिकाको विकासका लागि यो समुदायलाई अहिलेको अवस्थाबाट माथि उठाउन विशेष अभियानको थालनी गर्नुपर्ने अवस्था देखिन्छ ।
३.५ धर्म अनुसार जनसंख्याको विवरण
नेपालमा धार्मिक स्वतन्त्रता र विविधता रहेको छ । अझै विधिवत रुपमा नेपालको अन्तरिम संविधान २०६३, ले मिति २०६३ जेष्ठ ४ मा पुर्नस्थापित संसदको ऐतिहासिक घोषणाले नेपाललाई एक धर्म निरपेक्ष राष्ट्रको रुपमा घोषणा गर्यो । त्यस्तै नेपालको संविधान, २०७२ को प्रस्तावनामा नेपाललाई एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधता बिचको एकता, सामाजिक साँस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प उल्लेख गरिएको छ । फलस्वरुप नेपालमा धार्मिक स्वतन्त्रता र सौहार्दता रहेको पाइन्छ ।
नगरपालिकामा विभिन्न समुदायका मानिसहरूको बसोबास रहेको हुनाले उनीहरूका आ–आफ्नै चाडपर्वहरू छन् । जस्तैः बडादशैँ, तिहार, रामनवमी, महाशिवरात्री, हरितालिका, श्रीपञ्चमी, श्रीकृष्ण जन्माष्टमी, होली, चैते दशैँ, साउने–माघे संक्रान्ति, मातातीर्थ औँसी, अक्षय तृतीया, हरिशयनी–हरिबोधनी एकादशी, नागपञ्चमी, रक्षाबन्धन (जनैपूर्णिमा), कुशे औँसी, बालाचतुर्दशी, कोजाग्रत पूर्णिमा, श्री स्वस्थानी पूर्णिमा, नयाँ वर्ष, सोह्रश्राद्ध, कूल–थानी पूजा, ल्होसार, उधौली-उभौली, बुद्धजयन्ती आदि ।
तालिका नं. ९: धर्म अनुसार जनसंख्याको विवरण
| लिङ्ग | हिन्दू | बौद्ध मार्गी | इस्लाम | किराँत | क्रिश्चियन | प्रकृति | जम्मा |
|---|---|---|---|---|---|---|---|
| पुरुष | १७,३७४ | १,९४१ | १९५ | ४,८९६ | ६८० | ७१ | २५,१५७ |
| महिला | १९,६३८ | २,२०२ | २१५ | ५,५५४ | ७९७ | ६८ | २८,४७४ |
| जम्मा | ३७,०१२ | ४,१४३ | ४१० | १०,४५० | १,४७७ | १३९ | ५३,६३१ |
| प्रतिशत | ६९.०१ % | ७.७३ % | ०.७६ % | १९.४८ % | २.७५ % | ०.२६ % | १००.०० % |
नगरपालिकामा रहेका कुल ५३,६३१ जनसंख्या मध्ये ३७,०१२ अर्थात ६९.०१ प्रतिशत जनसंख्याले हिन्दु धर्म मान्दछन् भने दोस्रोमा किराँत धर्म मान्नेको संख्या १०,४५० अर्थात १९.४८ प्रतिशत रहेका छन् । त्यसैगरी ७.७३ प्रतिशत बौद्ध मार्गी रहेका छन् भने क्रिस्चियन २.७५ प्रतिशत रहेका छन् र बाँकी ०.७६ प्रतिशतले ईस्लाम र ०.२६ प्रकृति धर्म मान्ने गरेका छन् । नगरपालिकामा धार्मिक विविधता रहे तापनि हिन्दु धर्मावलम्बीहरूको प्रधानता रहेको तथ्याङ्कले देखाउँछ । नेपालमा सदियौं देखि रहि आएको धार्मिक सहिष्णुता यस नगरपालिकामा पनि कायमै रहेको देखिन्छ । विभिन्न धर्मावलम्बीहरूको विस्तृत विवरण तालिकामा प्रस्तुत गरिएको छ ।
धर्मअनुसार जनसंख्याको विवरण
३.६ जातजातीको आधारमा जनसंख्याको विवरण
नगरपालिकामा जातजातिका आधारमा जनसंख्याको विवरणलाई हेर्दा सबैभन्दा धेरै १२,९६० अर्थात २४.१७ प्रतिशत क्षेत्री, दोस्रोमा १२,२५४ अर्थात २२.८५ प्रतिशत राई, तेस्रोमा ७,४६२ अर्थात १३.९१ प्रतिशत थारु रहेका छन् । त्यसैगरी नगरपालिकामा मगर, विश्वकर्मा, ब्राह्मण पहाड, तामाङ, परियार, मिजार, नेवार लगायतका जातजातिहरुको बसोबास रहेको छ । यसरी जातीय हिसाबले विविधतायुक्त समाजमा स्थानीयहरू सामाजिक सहिष्णुताका साथ बसेको पाइन्छ । आफ्नो छुट्टै भाषा, संस्कृति र रहनसहन भएका नेपालको सीमान्तकृत जाति लगायत नगरपालिकामा बसोबास गर्ने विभिन्न जातजातिको मौलिक संस्कृति, परम्परा, भाषा र रहनसहनलाई संरक्षण गरी उनीहरूको पहिचान कायम राख्ने कार्यक्रमहरूको निर्माण गर्नु आवश्यक छ । जसको विस्तृत विवरण तलको तालिकामा प्रस्तुत गरिएको छ ।
तालिका नं. १०: जातजातीको आधारमा जनसंख्याको विवरण
| जातजाति | लिङ्ग | प्रतिशत | ||
|---|---|---|---|---|
| पुरुष | महिला | जम्मा | ||
| क्षेत्री | ६,०९० | ६,८७० | १२,९६० | २४.१७ % |
| राई | ५,७४३ | ६,५११ | १२,२५४ | २२.८५ % |
| थारु | ३,४३८ | ४,०२४ | ७,४६२ | १३.९१ % |
| मगर | १,७३७ | १,९८९ | ३,७२६ | ६.९५ % |
| विश्वकर्मा | १,६५७ | १,९६६ | ३,६२३ | ६.७६ % |
| ब्राह्मण–पहाड | १,००३ | १,११० | २,११३ | ३.९४ % |
| तामाङ | ९१२ | १,०४७ | १,९५९ | ३.६५ % |
| परियार | ७१९ | ८०५ | १,५२४ | २.८४ % |
| मिजार | ७०७ | ७६६ | १,४७३ | २.७५ % |
| नेवा (नेवार) | ६३९ | ६८६ | १,३२५ | २.४७ % |
| अन्य | २,५१२ | २,७०० | ५,२१२ | ९.७२ % |
| जम्मा | २५,१५७ | २८,४७४ | ५३,६३१ | १००.०० |
जातजातिको आधारमा जनसंख्याको विवरण
नोटः अन्यमा ठकुरी, याक्थुङ, धानुक, कुमाल, तेली, सन्यासी/दशनामी, मुस्लीम, सोनार, सुन्डी, हलुवा, माझी, सन्थाल, मारवाडी, राजपुत, घले, सुनुवार, नुनीया, सुनार, घर्ती, ब्राह्मण तराई, काठबानीयाँ, हजाम, बानीयाँ, रौनीयार, खालीङ, साम्पाङ, खवास, डुम लगायतका जातजातिहरु बसोबास गर्दछन् । जातजातिको विवरणलाई स्तम्भ चित्रमा समेत प्रस्तुत गरिएको छ ।
३.७ घरमुलीको विवरण
तालिका नं. ११: लिङ्ग अनुसार परिवारमूलीको विवरण
| उमेर समूह | पुरुष परिवारमूली | महिला परिवारमूली | जम्मा परिवार संख्या |
|---|---|---|---|
| १०-१४ | ४ | ११ | १५ |
| १५-१९ | ३६ | ४८ | ८४ |
| २०-२९ | ५१९ | ६६९ | १,१८८ |
| ३०-३९ | १,४१७ | १,३५२ | २,७६९ |
| ४०-४९ | १,८१९ | १,०६१ | २,८८० |
| ५०-५९ | १,९०७ | ७४२ | २,६४९ |
| ६०-६९ | १,३३१ | ५८६ | १,९१७ |
| ७० वर्ष माथि | ८४७ | ३५४ | १,२०१ |
| जम्मा | ७,८८० | ४,८२३ | १२,७०३ |
| प्रतिशत | ६२.०३ % | ३७.९७ % | १००.०० % |
नगरपालिकामा रहेको कुल घरपरिवार संख्या १२,७०३ मध्ये ७,८८० अर्थात ६२.०३ प्रतिशत घरपरिवारमा पुरुष घरमूली रहेका छन् भने ४,८३२ अर्थात ३७.९७ प्रतिशत घरपरिवारमा महिला घरमूली रहेका छन् । जसको विस्तृत विवरण तालिकामा उल्लेख गरिएको छ ।
परिवारमूलीको लिङ्ग अनुसार उमेरगत घरधुरी विवरण
पेशाको आधारमा जनसंख्याको विवरण
तालिका नं. १२: पेशाको आधारमा उमेर समूहगत जनसंख्याको विवरण
| परिवारको मुख्य पेशा | उमेर समूह | जम्मा | प्रतिशत | |||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| १०-१४ | १५-१९ | २०-२४ | २५-२९ | ३०-३४ | ३५-३९ | ४०-४४ | ४५-४९ | ५०-५४ | ५५-५९ | ६०-६४ | ६५-७० | |||
| सैनिक अधिकारीहरु | ० | २ | २० | १५ | १६ | १५ | ३ | ४ | १ | ० | ० | ० | ७६ | ०.२६% |
| व्यवस्थापकहरु | ० | ९ | ४३ | ८४ | १२४ | १३६ | ११८ | ८४ | ८८ | ५१ | २२ | २२ | ७८१ | २.६९% |
| पेशाविद्हरु | १ | २२ | ८० | १२१ | १५१ | १०८ | ९७ | ७० | ७६ | ३० | ९ | ६ | ७७१ | २.६६% |
| प्राविधिक तथा सहायक पेशाविद्हरु | ० | ७ | ३८ | ४४ | २८ | ३० | २० | २४ | १६ | ११ | १ | ७ | २२६ | ०.७८% |
| कार्यालय सहायकहरु | १ | १६ | २६ | २८ | १७ | २५ | १२ | ९ | १० | ३ | ७ | ५ | १५९ | ०.५५% |
| सेवा तथा बस्तु विक्री गर्ने कामदारहरु | २ | २६ | ११६ | १४२ | १७० | १७३ | १४८ | १०३ | ८९ | ४५ | ३७ | ४५ | १,०९६ | ३.७८% |
| कृषि कार्यसँग सम्बन्धित रोजगारहरु | ४८३ | १,२५४ | १,७८२ | १,९६७ | १,९१० | १,९२४ | १,८६६ | १,५७१ | १,८४९ | १,२९९ | १,१९१ | १,४५२ | १८,५४८ | ६३.९६% |
| शिल्पकला तथा कालिगढ र यससँग सम्बन्धी व्यापार गर्नेहरु | २ | ४३ | १६२ | १६६ | २०२ | १८१ | १२७ | ११५ | ९९ | ४६ | २५ | २० | १,१८८ | ४.१०% |
| यन्त्र तथा मेशिन अपरेटर र जडान गर्ने कामदारहरु | ० | २३ | १०२ | १०३ | ८४ | ८६ | ६६ | ४२ | २४ | ९ | ६ | ४ | ५४९ | १.८९% |
| सामान्य वा प्राथमिक पेशाका कामदारहरु | ८१६ | ८६९ | ७५६ | ५३० | ४३१ | ३७३ | ३०७ | २७४ | २८३ | २१० | २११ | ५३६ | ५,५९६ | १९.३०% |
| आर्थिक रुपमा सकृय नभएकाहरु | ० | ० | ० | १ | ० | २ | २ | ० | ३ | ० | २ | १ | ११ | ०.०४% |
| जम्मा | १,३०५ | २,२७१ | ३,१२५ | ३,२०१ | ३,१३३ | ३,०५३ | २,७६६ | २,२९६ | २,५३८ | १,७०४ | १,५११ | २,०९८ | २९,००१ | १००.००% |
नगरपालिकामा रहेका १० देखि ७० वर्ष उमेर समूहका जम्मा जनसंख्या मध्ये कृषि पेशालाई मुख्य पेशा बनाएका सबैभन्दा बढी अर्थात १८,५४८ जना (६३.९६ प्रतिशत) रहेका छन् । दोस्रोमा सामान्य वा प्राथमिक पेशाका कामदारहरु ५,५९६ अर्थात १९.३० प्रतिशत रहेको छन् । जसको उमेर समूहगत विस्तृत विवरण माथिको तालिकामा उल्लेख गरिएको छ ।
आर्थिक रुपले सक्रिय जनसंख्याको विवरण
तालिका नं. १३: १२ महिनासम्म आर्थिक काम गरेको अवधि (महिना) अनुसार जनसंख्याको विवरण
| लिङ्ग | ३ महिना भन्दा कम | ३ महिना वा सो भन्दा बढी | ६ महिना वा सो भन्दा बढी | कुनै पनि आर्थिक काम नगरेको | जम्मा |
|---|---|---|---|---|---|
| पुरुष | २,२०० | २,३९० | ९,४२४ | ६,५३२ | २०,५४६ |
| महिला | ३,२३३ | ३,४१३ | ८,३४१ | ९,०६३ | २४,०५० |
| जम्मा | ५,४३३ | ५,८०३ | १७,७६५ | १५,५९५ | ४४,५९६ |
| प्रतिशत | १२.१८% | १३.०१% | ३९.८४% | ३४.९७% | १००.००% |
तालिका नं. १४: आर्थिक रुपले सक्रिय/निस्क्रिय जनसंख्याको विवरण
| लिङ्ग | आर्थिक रुपले सक्रिय रहेका | आर्थिक रुपले सक्रिय नरहेका | जम्मा |
|---|---|---|---|
| पुरुष | १०,६५८ | ४,०२४ | १४,६८२ |
| महिला | ९,४१५ | ६,२२४ | १५,६३९ |
| जम्मा | २०,०७३ | १०,२४८ | ३०,३२१ |
| प्रतिशत | ६६.२०% | ३३.८०% | १०० |
३.१० अपाङ्गताका आधारमा जनसंख्याको विवरण
शरीरका अङ्गहरू र शारीरिक प्रणालीमा भएको समस्याका कारण भौतिक, सामाजिक, साँस्कृतिक वातावरणका साथै सञ्चार समेतबाट सिर्जना भएको अवरोध समेतले दैनिक क्रियाकलाप सामान्य रूपमा सञ्चालन गर्न एवं सामाजिक जीवनमा पूर्ण सहभागी हुन कठिनाई हुने अवस्थालाई अपाङ्गता भनिन्छ । खासगरी व्यक्तिहरूमा अपाङ्गता हुने कारण आयोडिनयुक्त नुन प्रयोगको कमी, ग्रामिण क्षेत्रमा मुख नधुने समस्याका कारण उत्पन्न (Trachoma) रोग, दुर्घटना, जन्मजात, प्राकृतिक प्रकोप, कुपोषण, स्वास्थ्य उपचार नपाएर, द्वन्द्व वा युद्ध वा विस्फोटक पदार्थको प्रयोग आदि देखिएका छन् । जसलाई घटाउन प्रतिरोधात्मक र उपचारात्मक दुवै कार्यहरू गरिनुपर्दछ । अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाहरूको हक, हित र अधिकारको संरक्षण एवं सम्बर्द्धन र विकास गर्न १९ वटा क्षेत्रलाई समेटी अपाङ्ग संरक्षण तथा कल्याण ऐन, २०३९ र अपाङ्गता सम्बन्धी कार्ययोजना, २०६३ तयार गरी कार्यान्वयनमा ल्याएको छ । त्यसैगरी २०६६ पुस १२ गते नेपालले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धी, २००६ लाई अनुमोदन गरेको छ ।
क) अपाङ्गताको किसिम अनुसार जनसंख्या विवरण
अपाङ्गता परिचयपत्र वितरण गर्नका लागि अपाङ्गता भएका व्यक्तिहरूलाई अपाङ्गताका आधारमा शारिरीक अपाङ्गता, दृष्टिविहीन र न्यून दृष्टियुक्त, स्वरबोलाई सम्बन्धी अपाङ्गता, सुस्त श्रवण र बहिरा, श्रवण विहिनता, मानसिक अपाङ्गता बौद्धिक अपाङ्गता, बहुअपाङ्गता गरी सात किसिमले र गाम्भिर्यताका आधारमा तह क (रातो रङको परिचय पत्र), तह ख (निलो रङको परिचय पत्र), तह ग (पहेलो रङको परिचय पत्र) र तह घ (सेतो रङको परिचय पत्र) गरी चार तहमा विभक्त गरी परिचय पत्र वितरण गर्ने कार्य सुरु गरिएको छ । हालसम्म यो समुदायको सामाजिक आर्थिक अवस्थामा परिवर्तन ल्याउन केही सामान्य आयमूलक र सिपमूलक तालिमहरू सञ्चालन गरिएता पनि यिनीहरूको आत्मविश्वासलाई बढाउन र समुदायबाट हुने गरेको उपेक्षाबाट मुक्त राख्न स्थानीय स्रोतसाधन र निकायहरूमा यो समुदायको पहूँच पुर्याउन विभिन्न कार्यक्रम सञ्चालनमा ल्याउनुपर्ने देखिन्छ । राष्ट्रिय जनगणना, २०७८ को तथ्याङ्क अनुसार नगरपालिकामा रहेको कूल जनसंख्या मध्ये १,५६२ जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् । जसमध्ये शारिरिक अपाङ्गता भएका ५०१ जना, ३३४ जना न्युन दृष्टियुक्त भएका व्यक्ति रहेका छन् । यसैगरी दृष्टिविहिन ८० जना, बहिरोपना भएका १५८ जना, न्यून श्रवण शक्ति भएका ९९ जना, बहिरोपना र आँखा नदेख्ने ३३ जना, बोल्न नसक्ने १२८ जना, मानसिक अपाङ्गता भएका ५० जना, बौद्धिक अपाङ्गता भएका २७ जना, अनुवंशीय रक्तश्राव भएका १६ जना, अटिजम भएका १० जना तथा बहुअपाङ्गता भएका १२६ जना रहेका छन् । जसको विस्तृत विवरण निम्न अनुसार रहेको छ:
तालिका नं. १५: अपाङ्गताको किसिम अनुसार जनसंख्या विवरण
| उमेर समूह | शारिरिक अपाङ्गता | न्युन दृष्टियुक्त | दृष्टि विहिन | बहिरोपना भएका | न्युन श्रवण शक्ति भएका | बहिरोपन र आँखा देख्न नसक्ने दुवै | बोल्न नसक्ने | मानसिक | बौद्धिक अपाङ्गता | अनुवंशिय रक्तश्राव | अटिजम | बहु अपाङ्गता | जम्मा |
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| ०-४ वर्ष | २२ | १ | ६ | २ | १ | २ | २ | ० | ० | २ | २ | ३ | ४३ |
| ५-९ वर्ष | २८ | ३ | ५ | ३ | ३ | १ | ६ | १ | २ | १ | १ | ९ | ६३ |
| १०-१४ वर्ष | १६ | ७ | ८ | ३ | ४ | १ | ९ | १ | १ | ० | २ | १० | ६२ |
| १५-१९ वर्ष | ३५ | १५ | ११ | ६ | ३ | ७ | ८ | ५ | ३ | १ | २ | ९ | १०५ |
| २०-२४ वर्ष | २९ | ८ | ४ | २ | २ | १२ | ६ | १० | ४ | ० | १ | ४ | ७० |
| २५-२९ वर्ष | २६ | ११ | ८ | ३ | ५ | ० | ८ | ७ | ३ | १ | ० | ८ | ८० |
| ३०-३४ वर्ष | २९ | ११ | ३ | १ | ३ | १ | ८ | ९ | ३ | १ | ० | १० | ७९ |
| ३५-३९ वर्ष | २४ | ११ | ३ | ५ | ३ | ० | ३ | ३ | १ | २ | ० | ९ | ६४ |
| ४०-४४ वर्ष | ३७ | ८ | ३ | ४ | ५ | ० | ५ | ० | २ | २ | ० | ६ | ७२ |
| ४५-४९ वर्ष | ३० | १८ | २ | १० | ८ | ० | ११ | ० | १ | १ | १ | १० | ९२ |
| ५०-५४ वर्ष | ३१ | ३६ | ७ | १५ | ५ | १ | २३ | ६ | ३ | १ | ० | ११ | १३९ |
| ५५-५९ वर्ष | ३८ | ३३ | ३ | २४ | ४ | २ | २० | २ | २ | १ | १ | ७ | १३७ |
| ६०-६४ वर्ष | ३९ | ४१ | ५ | १८ | ८ | १ | ११ | २ | १ | ० | ० | ७ | १३३ |
| ६५-६९ वर्ष | ३९ | ३४ | ३ | १४ | १२ | २ | २ | १ | ० | ० | ० | ६ | ११३ |
| ७०-७४ वर्ष | ३९ | ४३ | २ | १७ | १२ | ३ | २ | १ | ० | १ | ० | ६ | १२६ |
| ७५ वर्षमाथि | ३९ | ५४ | ७ | ३१ | २१ | १२ | ४ | २ | १ | २ | ० | ११ | १८४ |
| जम्मा | ५०१ | ३३४ | ८० | १५८ | ९९ | ३३ | १२८ | ५० | २७ | १६ | १० | १२६ | १,५६२ |
अपाङ्गता अनुसार जनसंख्याको विवरण
३.११ बसाइँसराई सम्बन्धी विवरण
चौदण्डीगढी नगरपालिकाको कुल जनसंख्या ५३,६३१ मध्ये ५३,२३० जना अर्थात ९९.२५ प्रतिशत जनसंख्याको नेपालमा नै जन्म भएको पाइयो । यही नगरपालिका जन्म लिनेको संख्या ३३,९३७ जना, उदयपुर जिल्लाकै अर्को पालिकामा जन्म लिनेको संख्या २,४२३ रहेका छन् भने अर्को जिल्लामा जन्म लिनेको संख्या १६,८७० र विदेशमा जन्मेकाहरूको हाल बसोबास यसै पालिकामा रहेको संख्या ३९९ जना र जन्म स्थान नखुलेको २ जना रहेको छ । नगरपालिकाको आर्थिक, भौतिक, सामाजिक क्षेत्रहरूको विकास हुँदा अन्य स्थानबाट बसाइँ सरेर आउने जनसंख्यामा वृद्धि हुने देखिन्छ । जसको विस्तृत विवरण तालिकामा उल्लेख गरिएको छ ।
क) जन्म स्थानको आधारमा जनसंख्या विवरण
तालिका नं. १६: जन्म स्थानको आधारमा जनसंख्या विवरण
| उमेर समूह | नेपाल भित्र जन्मेको संख्या | यही जिल्लामा जन्मेको संख्या | अर्को जिल्लामा जन्मेको | विदेशमा जन्मेको | जन्म स्थान नखुलेको | जम्मा जनसंख्या | ||||
|---|---|---|---|---|---|---|---|---|---|---|
| यही नगरपालिकामा | अर्को पालिकामा | पहाड | हिमाल | तराई | जम्मा | |||||
| ०-४ वर्ष | ४,१४६ | ४,०२० | ८ | २ | ७८ | ३८ | ११८ | ८ | ० | ४,१५४ |
| ५-९ वर्ष | ४,८६१ | ४,४५० | ५० | ५ | २८८ | ६८ | ३६१ | २० | ० | ४,८८१ |
| १०-१४ वर्ष | ५,१२० | ४,४३६ | ५५ | १२ | ५२६ | ९१ | ६२९ | ३४ | १ | ५,१५५ |
| १५-१९ वर्ष | ५,६११ | ४,५६४ | ११७ | २० | ७५८ | १५२ | ९३० | ४७ | ० | ५,६५८ |
| २०-२४ वर्ष | ४,८९६ | ३,४२५ | २९० | २६ | ८४७ | ३०८ | १,१८१ | २३ | ० | ४,९१९ |
| २५-२९ वर्ष | ४,१५६ | २,४९५ | ३०६ | ३४ | ९३२ | ३८९ | १,३५५ | ३९ | ० | ४,१९५ |
| ३०-३४ वर्ष | ३,७७१ | २,१२४ | २९२ | ५७ | ९५० | ३४८ | १,३५५ | ३६ | ० | ३,८०७ |
| ३५-३९ वर्ष | ३,५१२ | १,८१७ | २८२ | ६५ | १,००७ | ३५१ | १,४२३ | ३३ | १ | ३,५४६ |
| ४०-४४ वर्ष | ३,१२३ | १,५६३ | २१२ | ६८ | ९७२ | ३०८ | १,३४८ | ३४ | ० | ३,१५७ |
| ४५-४९ वर्ष | २,५९६ | १,२०२ | १८१ | ६७ | ९३६ | २१० | १,२१३ | २६ | ० | २,६२२ |
| ५०-५४ वर्ष | २,८८८ | १,१४५ | १८३ | ९९ | १,२१५ | २४६ | १,५६० | ३४ | ० | २,९२२ |
| ५५-५९ वर्ष | २,०८५ | ७१६ | १२३ | ९२ | १,०१५ | १३९ | १,२४६ | २९ | ० | २,११४ |
| ६०-६४ वर्ष | २,०१४ | ६२५ | १२१ | ९० | १,०४६ | १३२ | १,२६८ | २० | ० | २,०३४ |
| ६५-६९ वर्ष | १,६१५ | ५१७ | ७६ | १०४ | ८१९ | ९९ | १,०२२ | ५ | ० | १,६२० |
| ७०-७४ वर्ष | १,२५६ | ४०२ | ५८ | ७९ | ६५८ | ५९ | ७९६ | ९ | ० | १,२६५ |
| ७५ वर्षमाथि | १,५७० | ४३६ | ६९ | ६७ | ९५२ | ४६ | १,०६५ | २ | ० | १,५७२ |
| जम्मा | ५३,२३० | ३३,९३७ | २,४२३ | ८८७ | १२,९९९ | २,९८४ | १६,८७० | ३९९ | २ | ५३,६३१ |
जन्म स्थानको आधारमा जनसंख्या विवरण
ख) बसाइँसराई गरेका व्यक्तिको यस अघि बसोबास गरेको स्थान अनुसारको जनसंख्या विवरण
तालिका नं. १७: बसाइँसराई गरेका व्यक्तिको यस अघि बसोबास गरेको स्थान अनुसारको जनसंख्या विवरण
| बसाइँसराईको किसिम | पुरुष | महिला | कुल | प्रतिशत |
|---|---|---|---|---|
| यही नगरपालिकामा | १७,५८६ | १६,०१० | ३३,५९६ | ६२.६४ % |
| यही जिल्लाको अर्को गा.पा/नगरपालिका | ७०८ | २,१८७ | २,८९५ | ५.४० % |
| अर्को जिल्ला | ६,६१९ | १०,००७ | १६,६२६ | ३१.०० % |
| विदेश | २४४ | २७० | ५१४ | ०.९६ % |
| जम्मा | २५,१५७ | २८,४७४ | ५३,६३१ | १००.००% |
नगरपालिकामा पछिल्लो १२ महिनामा यस अघि बसोबास गरेको स्थानको आधारमा जम्मा जनसंख्या ५३,६३१ मध्ये सबैभन्दा धेरै ३३,५९६ अर्थात ६२.६४ प्रतिशत जनसंख्या यही पालिकामा, २,८९५ अर्थात ५.४० प्रतिशत यही जिल्ला अन्तर्गतका अन्य स्थानीय तहहरुबाट आएर बसोबास गरिरहेका छन् । यसैगरी यहाँ अन्यत्र जिल्लाबाट बसाइँसराई गरी आउनेको संख्या १६,६२६ अर्थात ३१ प्रतिशत रहेको छ भने सबैभन्दा कम विदेशबाट आउनेको संख्या ५१४ अर्थात ०.९६ प्रतिशत रहेको छ ।
३.१२ व्यक्तिगत घटना सम्बन्धी विवरण
नागरिकले आफ्नो व्यक्तिगत अधिकार उपयोग गर्न कानूनी प्रक्रियाहरू पालना गर्नुपर्ने हुन्छ । नागरिकता, राहदानी, वा अन्य परिचयपत्र लिन, रोजगारी वा उद्यम गर्न, विदेश जान निश्चित कानूनी प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । यसका लागि सरकारले आधिकारिक प्रमाण पत्र उपलब्ध गराउँछ । जन्म, मृत्यु, बसाइँसराई विवाह र सम्बन्ध विच्छेद जस्ता घटना समयमा नै दर्ता गर्नुपर्ने हुन्छ । संविधानले नागरिकलाई विभिन्न अधिकारको प्रत्याभूत गरेको छ । त्यसको प्रस्थान विन्दु भनेकै व्यक्तिगत घटना दर्ता हो । ती व्यक्तिगत घटना दर्ताका आधारमा राष्ट्रिय तथ्याङ्क बनाउने यसको विश्वव्यापी मान्यता हो । कहाँ ? कति जन्मे ? कतिको मृत्यु भयो ? कतिले बसाइँसराई गरे ? कतिको सम्बन्ध विच्छेद भयो ? जस्ता कुराको जानकारी राज्यले पाउनुपर्छ । यस आधारमा सरकारले सेवा प्रवाह सम्बन्धी नीति बनाउने हुँदा व्यक्तिगत घटना दर्ता समयमा नै गर्न जनचेतना अभिवृद्धि गर्नुपर्ने देखिन्छ । यस नगरपालिकामा दर्ता भएका व्यक्तिगत घटनाहरुको विवरण तलको तालिकामा प्रस्तुत गरिएको छ ।
तालिका नं. १८: पालिकामा दर्ता भएका व्यक्तिगत घटनाहरुको विवरण
| वडा नं. | जन्म | मृत्यु | सम्बन्ध विच्छेद | विवाह | बसाइँ सरी आएको | बसाइँ सरी जाने | जम्मा | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| पुरूष | महिला | जम्मा | पुरूष | महिला | जम्मा | दर्ता संख्या | सदस्य संख्या | दर्ता संख्या | सदस्य संख्या | ||||
| १ | ४४ | ४१ | ८५ | १९ | १७ | ३६ | ९ | ३७ | १४ | २९ | १९ | ५५ | २०० |
| २ | ५९ | ६१ | १२० | २१ | १२ | ३३ | १२ | ४४ | २० | ५३ | १३ | ३३ | २४२ |
| ३ | ५६ | ५६ | ११२ | १९ | १८ | ३७ | २२ | ३८ | १३ | २९ | १७ | ३६ | २३९ |
| ४ | ६२ | ७५ | १३७ | ३३ | २६ | ५९ | १८ | ७० | २४ | ६१ | ११ | २२ | ३१९ |
| ५ | ६६ | ५९ | १२५ | २३ | ३४ | ५७ | ३ | ४३ | ४ | ११ | ११ | ३६ | २४३ |
| ६ | ४९ | ४५ | ९४ | २५ | १३ | ३८ | ९ | ३९ | २४ | ६४ | १२ | ३७ | २१६ |
| ७ | ४३ | ४६ | ८९ | १६ | १६ | ३२ | १८ | ४६ | ३८ | ९७ | १० | ३२ | २३३ |
| ८ | ४७ | ३५ | ८२ | ९ | १२ | २१ | ४ | ४८ | १३ | २६ | १८ | ३९ | १८६ |
| ९ | ८६ | ७२ | १५८ | २४ | २४ | ४८ | १० | ६२ | ३१ | ८५ | २२ | ६९ | ३३१ |
| १० | ५० | ४२ | ९२ | २० | ९ | २९ | ४ | ४१ | १५ | ४० | १८ | ४८ | १९९ |
| जम्मा | ५६२ | ५३२ | १,०९४ | २०९ | १८१ | ३९० | १०९ | ४६८ | १९६ | ४९५ | १५१ | ४०७ | २,४०८ |
क) पाँच वर्षमुनिका बालबालिकाको जन्मदर्ताको आधारमा वडागत विवरण
जन्म, मृत्यु, बसाइँसराई र विवाह जस्ता जीवनका प्रमुख व्यक्तिगत घटनाको अनिवार्य र समयमै दर्ता गर्नुपर्दछ । यसबाट स्थानीय सरकारलाई यकिन तथ्याङ्कको अभिलेख तयार पार्न सहयोग पुग्दछ भने अर्कोतर्फ नागरिकहरूले राज्यबाट प्राप्त गर्ने सेवा सुविधाका लागि नागरिकको पहिचान कायम गर्न र अन्य कानूनी क्रियाकलापहरूमा यसको आवश्यकता पर्दछ तसर्थ अनिवार्य रुपमा जन्मदर्ता गर्न स्थानीय सरकारले प्रोत्साहन गर्नुपर्ने देखिन्छ । यस नगरपालिकामा जन्म भएका पाँच वर्ष मुनिका ५,१०८ बालबालिकाहरू मध्ये ४,१५७ जनाको जन्म दर्ता गरिएको छ भने बाँकी ९५१ जनाको जन्म दर्ता नभएको तथ्याङ्क रहेको छ । जन्मदर्ता सम्बन्धी वडागत विस्तृत विवरण तलको तालिकामा प्रस्तुत गरिएको छ ।
तालिका नं. १९: पाँच वर्षमुनिका बालबालिकाको जन्मदर्ताको आधारमा वडागत विवरण
| वडा | जन्मदर्ता | बालक | बालिका | जम्मा |
|---|---|---|---|---|
| १ | छ | १७७ | १७७ | ३५४ |
| छैन | ११७ | ११८ | २३५ | |
| जम्मा | २९४ | २९५ | ५८९ | |
| २ | छ | ४५२ | २३७ | ७१५ |
| छैन | ९६ | ४६ | १४२ | |
| जम्मा | ५४८ | २८३ | ८५७ | |
| ३ | छ | १४३ | १५५ | २९८ |
| छैन | ३९ | ४७ | ८६ | |
| जम्मा | १८२ | २०२ | ३८४ | |
| ४ | छ | २८० | २४३ | ५२३ |
| छैन | ६७ | ६२ | १२९ | |
| जम्मा | ३४७ | ३०५ | ६५२ | |
| ५ | छ | ३०२ | २६६ | ५६८ |
| छैन | ३८ | ३२ | ७० | |
| जम्मा | ३४० | २९८ | ६३८ | |
| ६ | छ | २२३ | १७९ | ४०२ |
| छैन | ६८ | ३४ | १०२ | |
| जम्मा | २९१ | २१३ | ५०४ | |
| ७ | छ | २०९ | २०४ | ४१३ |
| छैन | ४७ | ५७ | १०४ | |
| जम्मा | २५६ | २६१ | ५१७ | |
| ८ | छ | १३० | १२७ | २५७ |
| छैन | १६ | १५ | ३१ | |
| जम्मा | १४६ | १४२ | २८८ | |
| ९ | छ | २९० | २९१ | ५८१ |
| छैन | ८४ | ५५ | १३९ | |
| जम्मा | ३७४ | ३४६ | ७२० | |
| १० | छ | १९६ | २३२ | ४२८ |
| छैन | ३६ | ३९ | ७५ | |
| जम्मा | २३२ | २७१ | ५०३ | |
| जम्मा | छ | २,१२७ | २,०३० | ४,१५७ |
| छैन | ५०१ | ४५० | ९५१ | |
| जम्मा | २,६२८ | २,४८० | ५,१०८ |
पाँच वर्षमुनिका बालबालिकाको जन्मदर्ता सम्बन्धी विवरण
ख) विगत १२ महिनाको मृत्यु सम्बन्धी विवरण
यस नगरपालिकामा रहेका कूल ५३,६३१ जनसंख्या मध्ये विगत १२ महिनामा ४१३ जनाको मृत्यु भएको छ । जसमध्ये २४८ जना अर्थात ६०.०५ प्रतिशत पुरुष र १६५ अर्थात ३९.९५ प्रतिशत महिलाको मृत्यु भएको देखिन्छ । सबैभन्दा धेरै मृत्युको अभिलेख भएको ८० वर्ष देखि माथिको उमेर समूह रहेको छ जसमा १०७ जनाको मृत्यु भएको देखिन्छ । उमेरगत विस्तृत तथ्याङ्क तालिकामा प्रस्तुत गरिएको छ ।
अर्थात प्रतिहजार जनसंख्यामा प्रतिवर्ष ७.७० जनाको मृत्यु हुने तथ्याङ्कले देखाउँछ । यद्यपी, कोरा मृत्युदरले मृत्युको अवस्थाबारे यथार्थ चित्रण गर्न भने सक्दैन् ।
तालिका नं. २०: लिङ्ग र उमेर अनुसार विगत १२ महिनामा मृत्यु भएकाको विवरण
| मृतकको उमेर समूह | पुरुष | महिला | जम्मा |
|---|---|---|---|
| १ वर्ष | ५ | ३ | ८ |
| १-४ वर्ष | ६ | ३ | ९ |
| ५-९ वर्ष | ३ | १ | ४ |
| १०-१४ वर्ष | १ | २ | ३ |
| १५-१९ वर्ष | ३ | ५ | ८ |
| २०-२४ वर्ष | ६ | २ | ८ |
| २५-२९ वर्ष | ७ | ६ | १३ |
| ३०-३४ वर्ष | ७ | २ | ९ |
| ३५-३९ वर्ष | ५ | ४ | ९ |
| ४०-४४ वर्ष | १३ | ९ | २२ |
| ४५-४९ वर्ष | १६ | ५ | २१ |
| ५०-५४ वर्ष | १३ | ७ | २० |
| ५५-५९ वर्ष | ११ | ३ | १४ |
| ६०-६४ वर्ष | १७ | १९ | ३६ |
| ६५-६९ वर्ष | २६ | १२ | ३८ |
| ७०-७४ वर्ष | २८ | २२ | ५० |
| ७५-७९ वर्ष | २० | १४ | ३४ |
| ८० देखि माथि | ६१ | ४६ | १०७ |
| जम्मा | २४८ | १६५ | ४१३ |
मृत्यु हुने उमेर समूह र लिङ्ग अनुसार मृतकहरुको विवरण
नगरपालिकामा विगत १२ महिनामा मृत्यु हुनेहरूको संख्यालाई हेर्दा सबैभन्दा बढी ८० वर्ष भन्दा माथि उमेर समूहका ६१ जना पुरुष र सोही उमेर समूहका ४६ जना महिलाहरु रहेका छन् । उमेर समूह अनुसारको विवरण तालिकामा प्रस्तुत गरिएको छ । सोह्रौँ योजनाका अनुसार नेपालीको औषत आयु ७०.४ वर्ष उल्लेख गरिएको छ । सामान्यतया उमेर पुगेर हुने प्राकृतिक मृत्युलाई स्वाभाविक मान्न सकिन्छ तसर्थ यस नगरपालिकामा बढी मृत्यु हुने उमेर समूह हेर्दा ६० वर्ष माथिको नै देखिन्छ ।
तालिका नं. २१: मृत्युको कारण अनुसार मृतकको संख्याको विवरण
| मृतकको उमेर समूह | मृत्युको कारण | जम्मा | |||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
| सरुवा रोग | नसर्ने रोग | सडक दुर्घटना | अन्य दुर्घटना | प्रसुति सम्बन्धी | हत्या | आत्महत्या | प्राकृतिक प्रकोप | अन्य | नखुलाएको को | ||
| १ वर्ष | १ | ३ | ० | ० | ० | ० | ० | ० | ४ | ० | ८ |
| १-४ वर्ष | २ | ५ | ० | ० | ० | ० | ० | ० | २ | ० | ९ |
| ५-९ वर्ष | २ | १ | १ | ० | ० | ० | ० | ० | ० | ० | ४ |
| १०-१४ वर्ष | ० | ० | ० | ० | ० | ० | २ | ० | १ | ० | ३ |
| १५-१९ वर्ष | ० | २ | १ | १ | ० | ० | ३ | ० | १ | ० | ८ |
| २०-२४ वर्ष | १ | ३ | १ | ० | ० | १ | ० | १ | १ | ० | ८ |
| २५-२९ वर्ष | २ | ५ | ० | २ | ० | ० | २ | ० | २ | ० | १३ |
| ३०-३४ वर्ष | १ | ४ | १ | ० | ० | ० | १ | ० | २ | ० | ९ |
| ३५-३९ वर्ष | ० | ६ | २ | ० | ० | ० | ० | ० | १ | ० | ९ |
| ४०-४४ वर्ष | ६ | ९ | १ | २ | ० | ० | १ | ० | ३ | ० | २२ |
| ४५-४९ वर्ष | १ | ११ | ० | ३ | ० | ० | १ | १ | ४ | ० | २१ |
| ५०-५४ वर्ष | ४ | १२ | १ | ० | ० | ० | ० | ० | ३ | ० | २० |
| ५५-५९ वर्ष | ४ | ६ | १ | ० | ० | १ | ० | ० | २ | ० | १४ |
| ६०-६४ वर्ष | ५ | २१ | १ | ० | ० | ० | ० | २ | ७ | ० | ३६ |
| ६५-६९ वर्ष | ४ | २५ | ० | १ | ० | ० | ० | ० | ८ | ० | ३८ |
| ७०-७४ वर्ष | ११ | ३० | ० | २ | ० | ० | ० | १ | ६ | ० | ५० |
| ७५-७९ वर्ष | ४ | १४ | १ | ० | ० | ० | ० | ३ | ११ | १ | ३४ |
| ८० देखि माथि | ८ | ५६ | ० | २ | ० | २ | १ | ४ | ३४ | ० | १०७ |
| जम्मा | ५६ | २१३ | ११ | १३ | ० | ४ | ११ | १२ | ९२ | १ | ४१३ |
नगरपालिकामा विगत १२ महिनामा मृत्यु भएका परिवारका सदस्यहरूको विवरणलाई हेर्दा ४१३ जनाको मृत्यु भएको छ । यसमध्ये सबैभन्दा धेरै नसर्ने रोगका कारण २१३ जना र अन्य कारणले ९२ जनाको मृत्यु भएको छ । त्यसैगरी ५६ जनाको सरुवा रोगका कारण, १३ जनाको अन्य दुर्घटनाका कारण, १२ जनाको प्राकृतिक प्रकोपका कारण र ११/११ जनाको सडक दुर्घटना/आत्महत्याका कारण मृत्यु भएको छ ।
३.१३ सामाजिक सुरक्षा कार्यक्रमबाट लाभान्वित विवरण
तालिका नं. २२: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको संख्यात्मक विवरण
यस नगरपालिकामा आ.व. २०८०/०८१ मा अन्य ज्येष्ठ नागरिक भत्ता प्राप्त गर्नेको संख्या १४,६८३ जना, दलित समुदायबाट ज्येष्ठ नागरिक भत्ता प्राप्त गर्नेको संख्या १,३८७ जना, एकल महिला भत्ता प्राप्त गर्ने महिलाको संख्या १,५८० जना रहका छन् । यसैगरी यहाँ विधवा भत्ता प्राप्त गर्ने महिलाको संख्या २,९२१ जना, पूर्ण अपाङ्गता भत्ता प्राप्त गर्ने (क वर्गका) ६२१ जना, अति अशक्त अपाङ्गता भत्ता प्राप्त गर्ने (ख वर्गका) १,३४१ जना, दलित बालबालिका भत्ता प्राप्त गर्ने २,४०२ गरी जम्मा २४,९३५ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् जसको वडागत विवरण तालिकामा प्रस्तुत गरिएको छ । समाजमा पछाडि पारिएका तथा परेका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ताको नाममा राज्यकोषबाट सहयोग गर्ने अवधारणा कल्याणकारी राज्यको अवधारणा हो । वि.सं. २०५१ देखि ज्येष्ठ नागरिकलाई मासिक १०० रूपैयाँ भत्ता दिने नारा सहित शुरु गरिएको सामाजिक सुरक्षा भत्ता अहिले ज्येष्ठ नागरिकका साथसाथै एकल महिला, अपाङ्गता भएका र दलित ज्येष्ठ नागरिकलाई समेत प्रदान गरिदै आएको छ । यसले समाजमा पछाडि परेका अशक्तहरूलाई सम्मानपूर्वक बाँच्न प्रोत्साहन हुने विश्वास गरिएको छ ।
सामाजिक सुरक्षा ऐन, २०७५ अनुसार देहाय बमोजिमका नेपाली नागरिकलाई सामाजिक सुरक्षा भत्ता पाउने उल्लेख गरिएको छ ।
(क) ज्येष्ठ नागरिक, (ख) आर्थिक रूपले विपन्न, (ग) अशक्त र असहाय अवस्थामा रहेका व्यक्ति, (घ) असहाय एकल महिला (ङ) अपाङ्गता भएका, (च) बालबालिका (छ) आफ्नो हेरचाह आफैँ गर्न नसक्ने (ज) लोपोन्मुख जाति आदि ।
ज्येष्ठ नागरिक भत्ताः (१) दलित र एकल महिला ज्येष्ठ नागरिकले साठी वर्ष उमेर पूरा गरेपछि र अन्य ज्येष्ठ नागरिकले अठ्सठ्ठी वर्ष उमेर पूरा गरेपछि सामाजिक सुरक्षा भत्ताको रूपमा नेपाल सरकारले तोके बमोजिमको ज्येष्ठ नागरिक भत्ता पाउँछन् ।
विपन्न नागरिक भत्ताः आर्थिक रूपले विपन्न नागरिकले तोकिए बमोजिम सामाजिक सुरक्षा भत्ताको रूपमा नेपाल सरकारले तोकेको रकम विपन्न नागरिक भत्ता पाउँछ ।
अशक्त र असहाय भत्ताः अशक्त र असहाय अवस्थामा रहेको नागरिकले तोकिए बमोजिम सामाजिक सुरक्षा भत्ताको रूपमा नेपाल सरकारले तोकेको रकम अशक्त र असहाय भत्ता पाउँछन् ।
असहाय एकल महिला भत्ताः विधवा महिलाहरू र नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकेको भन्दा न्यून आय भएका र पालन पोषण तथा हेरचाह गर्ने परिवारको कुनै सदस्य नभएका वा त्यस्तो सदस्य भएपनि आर्थिक रूपले विपन्न अवस्थामा रहेका वा त्यस्तो सदस्यले पालनपोषण नगरेका अन्य एकल महिलाले समेत यस्तो भत्ता पाउँछन् ।
अपाङ्गता भत्ताः पूर्ण अशक्त अपाङ्गता र अति अशक्त अपाङ्गता भएको नागरिकले सामाजिक सुरक्षा भत्ताको रूपमा नेपाल सरकारले तोकेको अपाङ्गता भत्ता पाउँछन् ।
बाल पोषण भत्ताः अति विपन्न, लोपोन्मुख र नेपाल सरकारले तोकेका पाँच वर्ष उमेर पूरा नगरेका बालबालिकाले सामाजिक सुरक्षा भत्ताको रूपमा नेपाल सरकारले तोकेको बालपोषण भत्ता पाउँछन् ।
लोपोन्मुख जाति भत्ताः लोपोन्मुख जातिका नागरिकले नेपाल सरकारले तोकेको सामाजिक सुरक्षा भत्ता पाउँछन् ।
आफ्नो हेरचाह आफैँ गर्न नसक्नेलाई स्याहार भत्ताः आफ्नो हेरचाह आफैँ गर्न नसक्ने नागरिकले नेपाल सरकारले तोकेको सामाजिक सुरक्षा भत्ता पाउँछन् ।