Government of Nepal Emblem

चौदण्डीगढी

नगरपालिका

सामाजिक अवस्था

शिक्षा, स्वास्थ्य, खानेपानी र सांस्कृतिक विकास

५.१ शैक्षिक तथा मानव संसाधन विकास

कुनै पनि देशको सामाजिक तथा आर्थिक विकासमा शिक्षाले ठूलो भूमिका खेलेको हुन्छ । यसलाई मानव विकासको सूचकको रूपमा लिइन्छ । यसै शिलशिलामा यहाँ नगरपालिकाको शैक्षिक स्थिति देखाउन खोजिएको छ । विकासको प्रमुख आधारशिला शिक्षा नै हो, शिक्षाको माध्यमबाट व्यक्तिमा अन्तरनिहित प्रतिभाहरूको विकास हुन गई समग्र समाज र राष्ट्रमा नै सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने सर्वमान्य सिद्धान्त रहि आएको छ । सचेत, अनुशासित तथा उत्पादनशील जनशक्ति निर्माण गर्नका लागि शिक्षा क्षेत्रको नै सर्वोपरि भूमिका अनिवार्य रहन्छ । योजना निर्माणमा गरिबी निवारण तथा चौतर्फी विकासका लागि शिक्षा क्षेत्रलाई मानव संसाधन विकासको एक सशक्त माध्यमको रुपमा नीतिगत रुपमा अवलम्बन गरिएको छ । राज्यको निति समेत शिक्षालाई विकासको प्रमुख पूर्वाधारको रुपमा विकसित, सर्वसुलभ र प्रभावकारी बनाउँदै लैजाने रहेको छ ।

नेपालको संविधान २०७२ को भाग ३, धारा ३१ शिक्षा सम्बन्धी मौलिक हकमा देहाय बमोजिमको व्यवस्था गरिएको छ ।

१. प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ ।

२. प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ।

३. अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानून बमोजिम निःशुल्क उच्च शिक्षा पाउने हक हुनेछ ।

४. दृष्टिविहीन नागरिकलाई ब्रेललिपि तथा बहिरा र स्वर वा बोलाई सम्बन्धी अपाङ्गता भएका नागरिकलाई सांकेतिक भाषाको माध्यमबाट कानून बमोजिम निःशुल्क शिक्षा पाउने हक हुनेछ ।

५. नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानून बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुनेछ ।

संविधान तथा योजनाको ठूला ठूला बहस भएता पनि विश्व सामु तुलनात्मक अध्ययन गर्दा हाम्रो शिक्षा क्षेत्रमा उल्लेखनीय विकास भने भएको देखिदैन् । शिक्षाले ज्ञान र सिपको प्रयोगात्मक परिवर्तन ल्याउने, पिछडिएको, विपन्न र अभावग्रस्त वर्गको पक्ष पोषण गर्ने, अवोध बालबालिका एवं आवाज विहिनका पक्षमा रही देशलाई समृद्ध बनाउने परिकल्पनालाई साकार पार्नुपर्दछ । देशका लागि आवश्यक नेतृत्वदायी क्षमताको विकास, अथक रूपमा सिक्ने र सिकाउने प्रवृति, सामाजिक र मानवीय मूल्यमान्यता र आत्म विश्वास जस्ता आधारभूत समग्र पक्षको विकास गर्न सघाउनु नै गुणस्तरीय शिक्षाको विशेषता हो । यस्तो शिक्षामा विश्लेषणात्मक र मौलिक सोचको पर्याप्तता हुनुपर्छ । निर्दिष्ट सिकाई मात्र स्तरीयता होइन । आज व्यवहारिक परिवर्तन, श्रमसँगको आस्था, जीवनोपयोगी खोज अनुसन्धान, सान्दर्भिकता देश र संस्कृतिप्रति प्रेम, नैतिक जिम्मेवारी, मौलिक रूपमा विज्ञानको उपयोग गर्न स्तरीय शिक्षाको आवश्यकता छ । शिक्षाको स्तरीय विकासले रोजगारीको अवसर, कलकारखानाको विकास, सुविधाको पहुँच, प्रविधिको विस्तार, उत्पादनमूखी कृषि, आयमूखी व्यवसाय, स्थानीय साधन श्रोतको प्रचुर सदुपयोगले जनताको जीवनस्तर उकास्न सकिन्छ जसले नगरपालिकाको अर्थतन्त्र बलियो हुनुको साथै सामाजिक विकासमा महत्वपूर्ण टेवा पुर्याउँछ ।

शैक्षिक तथा मानव संसाधन विकास
शिक्षा क्षेत्र नक्शा

नक्सा नं. ७: नगरपालिका शिक्षा क्षेत्र नक्शा

५.१.१ पाँच वर्ष माथिको जनसंख्याको साक्षरता

तालिका नं. ४०: ५ वर्ष वा सो भन्दा माथिल्लो उमेर समूहका जनसंख्याको वडागत साक्षरताको विवरण

वडा लिङ्ग पढ्न लेख्न जान्नेको संख्या पढ्न मात्र जान्नेको संख्या पढ्न र लेख्न नजान्नेको संख्या उल्लेख नभएको जम्मा
जम्मा २,२८५ ८६८ ३,१५४
पुरुष १,२१० ३३७ १,५४८
महिला १,०७५ ५३१ १,६०६
जम्मा ३,५५१ २१ १,११५ ४,६८८
पुरुष १,९७५ ३६५ २,१४४
महिला १,५७६ १७ ७५० २,३४४
जम्मा २,९३१ १० ७५७ ३,६९८
पुरुष १,४४२ २५८ १,७०४
महिला १,४८९ ४९९ १,९९४
जम्मा ५,१४६ २३ १,२५५ ६,४२४
पुरुष २,५५७ २९४ २,८५९
महिला २,५८९ १५ ९६१ ३,५६५
जम्मा ४,३२५ १,४८३ ५,८१४
पुरुष २,२२४ ४८५ २,७१३
महिला २,१०१ ९९८ ३,१०१
जम्मा ४,२४५ ९०३ ५,१५१
पुरुष २,१२५ २५२ २,३७९
महिला २,१२० ६५१ २,७७२
जम्मा ४,७६२ २५ ९०६ ५,६९३
पुरुष २,४१२ ११ २१७ २,६७०
महिला २,३५० १४ ६५९ ३,०२३
जम्मा २,६२८ ६८४ ३,९१७
पुरुष १,३४७ ३०४ १,६५३
महिला १,२८१ ५८० १,८४४
जम्मा ५,२०३ १८ १,७३७ ६,९५८
पुरुष २,६९१ ५३९ ३,२३८
महिला २,५०९ १,२०६ ३,७२३
१० जम्मा ३,३६९ १,०२५ ४,३९२
पुरुष १,७१३ २९९ २,०१४
महिला १,६५६ ७२६ २,३७८
जम्मा जम्मा १९,४९९ ४६ ३,४७२ २३,०१७
पुरुष १८,९४६ ७२ ७,४४१ २६,४६०
महिला ३८,४४५ ११८ १०,९१३ ४९,४७७
प्रतिशत ७७.७० ०.२४ २२.०६ ०.०० १००

स्रोत: राष्ट्रिय जनगणना, २०७८

साक्षरताले पढ्न र लेख्न सक्ने सीपभन्दा माथि समग्र मानव विकास सूचकलाई इंगित गर्दछ । नगरपालिकामा ५ वर्ष वा सो भन्दा माथिको उमेर समूहका कुल ४९,४७७ जनसंख्या मध्ये ३८,४४५ अर्थात् ७७.७० प्रतिशत साक्षर रहेका छन् । पालिकामा पढ्न मात्र सक्ने साक्षर जनसंख्या ११८ जना अर्थात ०.२४ प्रतिशत छन् भने पढ्ने र लेख्न नजान्ने (दुवै सिप नभएका अर्थात निरक्षर) जनसंख्या १०,९१३ अर्थात २२.०६ प्रतिशत रहेको छ । जसको वडागत विस्तृत विवरण तालिकामा उल्लेख गरिएको छ ।

५ वर्ष वा सो भन्दा माथिल्लो उमेर समूहका जनसंख्याको वडागत साक्षरता

क) औपचारिक शिक्षाको आधारमा जनसंख्याको साक्षरताको स्थिति

युनेस्कोले सन् १९५६ मा सामान्य पढ्न, लेख्न र दैनिक जीवनमा आइपर्ने गणितीय जोड घटाउ गर्न सक्ने व्यक्ति साक्षर भएको मानिने भनी परिभाषा गरेको थियो । नेपालले पनि यसै परिभाषालाई आधार मानेर साक्षरता अभियान सञ्चालन गरिरहेको छ । यस नगरपालिकामा रहेका ५ वर्ष देखि २५ वर्ष सम्मका कुल जनसंख्या मध्ये १२,१०५ अर्थात ७२.९३ प्रतिशत हाल विद्यालय तथा कलेज गइरहेका, ३,७८३ जना अर्थात २२.९६ प्रतिशत जनसंख्या पहिला विद्यालय तथा कलेज गएका र ६७५ जना अर्थात ४.१० प्रतिशत कहिले पनि स्कुल तथा कलेज औपचारिक शिक्षा हाँसिल नगरेको पाउन सकिन्छ । जसको विस्तृत विवरण तलको तालिकामा प्रस्तुत गरिएको छ ।

तालिका नं. ४१: औपचारिक शिक्षाको जनसंख्याको साक्षरताको स्थिति

वडा लिङ्ग हाल विद्यालय/ कलेज गएको पहिला विद्यालय/ कलेज गएको कहिले स्कुल/कलेज नगएको उल्लेख नभएको जम्मा
जम्मा ८०५ ४०२ १२२ १,३२९
पुरुष ४०५ २६० ६५ ६७०
महिला ४०० २०२ ५७ ६५९
जम्मा १,२०० ४७२ ७८ १,७५०
पुरुष ५६३ २३९ ३२ ८३४
महिला ६३७ २३२ ४६ ९१८
जम्मा ९४२ ३२५ ३३ १,३००
पुरुष ४६३ ९८ १५ ५७७
महिला ४८९ १६५ १७ ६७३
जम्मा १,४८२ ५७५ ६० २,०२४
पुरुष ७५७ २०७ २८ ९८३
महिला ७२५ २६९ ३२ १,०४२
जम्मा १,६८२ ४६८ १२० १,८६९
पुरुष ८२४ २२० ६२ ९२३
महिला ८५८ २४८ ७८ ९४७
जम्मा १,२७९ ४३० ७८ १,५६७
पुरुष ६५२ २३५ ४० ८२७
महिला ६२७ १६४ १० ८४४
जम्मा १,७६३ ३३९ २५ १,७२६
पुरुष ७७१ १५१ १५ ८८८
महिला 0 १४५ १० ८४४
जम्मा ९६४ ३५१ २१ १,३३७
पुरुष ४५५ १८४ १४ ७०२
महिला ५०७ १६८ १० ६४४
जम्मा १,९२२ ३०५ ९१ २,१२९
पुरुष ४५५ ११५ ३९ ९८०
महिला ५०७ १४५ ५२ १,१४९
१० जम्मा १,१३९ ३१७ ५७ १,३९९
पुरुष ५७८ १४१ २३ ६३४
महिला ५४३ १४५ २३ ७७७
जम्मा जम्मा १२,०७५ ३,७८३ ६७५ १६,३०७
पुरुष ६,०२० १,७८४ ३२१ ८,०४०
महिला ६,०५५ २,०५८ ३५४ ८,३६४
प्रतिशत ७२.९३ २२.९६ ४.१० ०.०१ १००

स्रोत: राष्ट्रिय जनगणना, २०७८

५.१.२ तहगत रुपमा शैक्षिक संस्था/विद्यालय र विद्यार्थी विवरण

क) सामुदायिक विद्यालयहरुको विवरण

क्र.सं. विद्यालयको नाम स्थान
१. आधारभूत विद्यालय सिवाई बेल्वा चौदण्डीगढी–५
२. आधारभूत विद्यालय खेराहा चौदण्डीगढी–१०
३. आदर्श आधारभूत विद्यालय अग्राहा चौदण्डीगढी–८
४. बालमुखी आधारभूत विद्यालय अजगर चौदण्डीगढी–९
५. बालज्योती आधारभूत विद्यालय बदेलपानी चौदण्डीगढी–३
६. आधारभूत विद्यालय गङ्नौ चौदण्डीगढी–१
७. बेलका आधारभूत विद्यालय हतिसार चौदण्डीगढी–२
८. शिमसेन आदर्श आधारभूत विद्यालय देवधार चौदण्डीगढी–१०
९. बुद्ध जनता प्रा.वि. गंगटे चौदण्डीगढी–२
१०. गौशैकन्या आधारभूत विद्यालय सिमलटार चौदण्डीगढी–८
११. जर्वैधरी जनता आधारभूत विद्यालय रानीटार चौदण्डीगढी–१
१२. जात्याजना माध्यमिक विद्यालय अज्जुङ्गरे चौदण्डीगढी–४
१३. जनज्योती आधारभूत विद्यालय पञ्चवारी टोल चौदण्डीगढी–९
१४. जनज्योती आधारभूत विद्यालय अमलचौरी चौदण्डीगढी–४
१५. जनकल्याण आधारभूत विद्यालय हतिसार चौदण्डीगढी–२
१६. जनसेवा आधारभूत विद्यालय सवाली टोल चौदण्डीगढी–४
१७. जनता आदर्श माध्यमिक विद्यालय कालिखोला चौदण्डीगढी–४
१८. जनता माध्यमिक विद्यालय हडिया चौदण्डीगढी–९
१९. जनता माध्यमिक विद्यालय लोकेनटार चौदण्डीगढी–८
२०. जनता आधारभूत विद्यालय छुङुवा चौदण्डीगढी–१
२१. उषकलाबती प्रा.वि. फालिटार चौदण्डीगढी–८
२२. ज्योती माध्यमिक विद्यालय बेलटर चौदण्डीगढी–६
२३. कालिका माध्यमिक विद्यालय सिवानी चौदण्डीगढी–६
२४. कोदेदेवी आधारभूत विद्यालय झोरपाटा चौदण्डीगढी–२
२५. कोकन आधारभूत विद्यालय देकाचौरी चौदण्डीगढी–५
२६. लोकमार्गी माध्यमिक विद्यालय खैराखोस चौदण्डीगढी–१०
२७. मदरत्ना विश्वल्याह कूरन प्रा.वि. सिपाई चौदण्डीगढी–५
२८. महादेवधर आधारभूत विद्यालय देवाहा चौदण्डीगढी–४
२९. पद्मनी आधारभूत विद्यालय बेलटर चौदण्डीगढी–७
३०. रक्तकाला प्रा.वि. मुगरे चौदण्डीगढी–२
३१. सारनाथ आधारभूत विद्यालय भुत्के चौदण्डीगढी–३
३२. सगरनाथ माध्यमिक विद्यालय भोलेनी चौदण्डीगढी–३
३३. सारदा आधारभूत विद्यालय सिल्टिपुर चौदण्डीगढी–८
३४. सरस्वती माध्यमिक विद्यालय साबा चौदण्डीगढी–८
३५. सारदा माध्यमिक विद्यालय करहरे चौदण्डीगढी–१
३६. श्री भनवती माध्यमिक विद्यालय मुसुलटिभा चौदण्डीगढी–९
३७. श्री जर्बिकास माध्यमिक विद्यालय भिभा चौदण्डीगढी–९
३८. श्री नारद आदर्श माध्यमिक विद्यालय वर्षेंडाँडा चौदण्डीगढी–४
३९. श्री माध्यमिक विद्यालय आरुपाल चौदण्डीगढी–३
४०. श्री माध्यमिक विद्यालय सिपाई चौदण्डीगढी–५
४१. श्री शिव माध्यमिक विद्यालय सिपाई सुन्दरपुर चौदण्डीगढी–५
४२. श्री धनपोखरी माध्यमिक विद्यालय ज्वामिरे चौदण्डीगढी–९
४३. सिउकाली आधारभूत विद्यालय भिरे चौदण्डीगढी–२
४४. सिदेश्वरी माध्यमिक विद्यालय मुसुलटिभा चौदण्डीगढी–९
४५. सिद्देवी माध्यमिक विद्यालय मार्डिवास चौदण्डीगढी–२

ख) संस्थागत विद्यालयहरुको विवरण

क्र.सं. विद्यालयको नाम स्थान विद्यार्थी संख्या
१. बालविकास मन्टेश्वरी स्कुल चौदण्डीगढी–७ ३८
२. बेरिया किड्स र्पि स्कुल चौदण्डीगढी–४ ५४
३. भूमि चेतन इग्लिस स्कुल बेलटर चौदण्डीगढी–७ १८२
४. ब्राइट फ्युचर एकेडेमी चौदण्डीगढी चौदण्डीगढी–३ ९१९
५. ब्राइट फ्युचर नेशनल इग्लिस बोर्डिङ स्कुल (०–८) चौदण्डीगढी–८ ७५५
६. बुद्ध निकेतन इग्लिस बोर्डिङ स्कुल चौदण्डीगढी–४ ९२०
७. बुद्धरत्नावा विद्या निकेतन चौदण्डीगढी–९ २८१
८. चाण्डो ब्राइट फ्युचर इग्लिस बोर्डिङ स्कुल चौदण्डीगढी–९ ९२२
९. देउराली इग्लिस बोर्डिङ स्कुल सिस्वानी चौदण्डीगढी–६ २०२
१०. एरिक इग्लिस बोर्डिङ स्कुल चौदण्डीगढी–२ ५५
११. कञ्चनजङ्घा इग्लिस बोर्डिङ स्कुल बेलटर चौदण्डीगढी–७ २७६
१२. मेरिगोल्ड एकेडेमी बेलटर चौदण्डीगढी–७ २०२
१३. मोति मेमोरियल इग्लिस बोर्डिङ स्कुल बर्षेंडाँडा चौदण्डीगढी–४ ५४२
१४. न्युटन एकेडेमी चौदण्डीगढी–२ २६३
१५. पविन मेमोरियल बेशिक इग्लिस बोर्डिङ स्कुल चौदण्डीगढी–४ २३५
१६. पुरुषाड एकेडेमी चौदण्डीगढी–७ ३४९
१७. पुमा इग्लिस बोर्डिङ स्कुल चौदण्डीगढी–६ ५५९
१८. सगरनाथ चेक्प्रेड्डी इग्लिस बोर्डिङ स्कुल चौदण्डीगढी–७ ७२५
१९. सुकदेव मेमोरियल एकेडेमी चौदण्डीगढी–५ ९६४
२०. सुदर्शन इग्लिस बोर्डिङ स्कुल चौदण्डीगढी–१० ४७४
२१. त्रिशुली इग्लिस बोर्डिङ स्कुल चौदण्डीगढी–९ ५५६
२२. विद्या पब्लिक इग्लिस बोर्डिङ स्कुल हडिया चौदण्डीगढी–१० ९५६

ग) सामुदायिक बालविकास केन्द्रहरुको विवरण

क्र.सं. वडा नं. विद्यालयको नाम छात्रा छात्र अन्य जम्मा
आधारभूत विद्यालय सिवाई ११ १५ २६
१० आधारभूत विद्यालय खैराहा १२ ११ २३
आदर्श आधारभूत विद्यालय
बालमुखी आधारभूत विद्यालय १५
बालज्योति आधारभूत विद्यालय १५
आधारभूत विद्यालय १२ १६
बेलका आधारभूत विद्यालय १०
१० भिमसेन आदर्श आधारभूत विद्यालय १४
बुद्ध जनता प्रा.वि. २५ १५ ४०
१० गौरीकन्या आधारभूत विद्यालय १३
११ जलेश्वर जनता आधारभूत विद्यालय ११
१२ जाल्पाजना माध्यमिक विद्यालय १६ २२
१३ जनज्योती आधारभूत विद्यालय १२ १९
१४ जनज्योती आधारभूत विद्यालय अमलचौरी १४ ११ २५
१५ जनकल्याण आधारभूत विद्यालय १६ १३ २९
१६ जनसेवा आधारभूत विद्यालय १० १९
१७ जनता आदर्श माध्यमिक विद्यालय
१८ जनता माध्यमिक विद्यालय ५० ४५ ९५
१९ जनता माध्यमिक विद्यालय १६ १३ २९
२० जनता आधारभूत विद्यालय छुइला १५
२१ जयकलादेवी प्रा.वि. कालीटार १५ २४
२२ ज्योती माध्यमिक विद्यालय २९ २६ ५५
२३ कालिका माध्यमिक विद्यालय १३
२४ कौवैदेवी आधारभूत विद्यालय २३ २४ ४७
२५ कोकन आधारभूत विद्यालय १६
२६ १० लौवागढी माध्यमिक विद्यालय १५
२७ मदरसा विस्मिल्लाह कुरान प्रा.वि. ११
२८ महादेवेश्वर आधारभूत विद्यालय बसाहा १४
२९ पञ्चमी आधारभूत विद्यालय १०
३० रक्तमाला प्रा.वि. सुधारे १८
३१ सगरमाथा आधारभूत विद्यालय ११ १९
३२ सगरमाथा माध्यमिक विद्यालय १३
३३ सारदा आधारभूत विद्यालय १३
३४ सरस्वती माध्यमिक विद्यालय
३५ सारदा माध्यमिक विद्यालय १४
३६ श्री भगवती माध्यमिक विद्यालय १४ १३ २७
३७ श्री जनविकास माध्यमिक विद्यालय १३ २२
३८ श्री नारद आदर्श माध्यमिक विद्यालय
३९ श्री माध्यमिक विद्यालय आम्पल १३
४० श्री माध्यमिक विद्यालय सिवाई ३४ २० ५४
४१ श्री शिव माध्यमिक विद्यालय २४ १३ ३७
४२ श्री थानपोखरी माध्यमिक विद्यालय ११ १९
४३ सिद्धकाली आधारभूत विद्यालय २० १० ३०
४४ सिद्धेश्वरी माध्यमिक विद्यालय १६ १० २६
४५ सिंहदेवी माध्यमिक विद्यालय १० १५

घ) संस्थागत बालविकास केन्द्रहरुको विवरण

क्र.सं. वडा नं. विद्यालयको नाम छात्रा छात्र अन्य जम्मा
बालवाटिका विद्या निकेतन स्कुल १९ १६ ३५
भूपू सैनिक इग्लिस स्कुल बेलटर १९ ३१ ५०
ब्राइट फ्युचर एकेडेमी चौदण्डीगढी-३ १९ १७ ३६
ब्राइट फ्युचर नेशनल इग्लिस बोर्डिङ स्कुल (०–८) १० १० २०
बुद्ध निकेतन इग्लिस बोर्डिङ स्कुल १८ २६ ४४
बुद्धरलाल विद्या निकेतन ३४ ४९ ८३
चण्डी ब्राइट फ्युचर इग्लिस बोर्डिङ स्कुल २९ ३४ ६३
देउराली इग्लिस बोर्डिङ स्कुल सिस्वानी २१ २३ ४४
एटिक इग्लिस बोर्डिङ स्कुल ३० ३९ ६९
१० कञ्चनजङ्घा इग्लिस बोर्डिङ स्कुल बेलटर १७ ३८ ५५
११ मेरिगोल्ड एकेडेमी बेलटर १५ ३२ ४७
१२ मदर ब्लेसिङ इग्लिस बोर्डिङ स्कुल बसाहा १६ १८ ३४
१३ मोति मेमोरियल इग्लिस बोर्डिङ स्कुल बर्षेंडाँडा ४५ ४० ८५
१४ न्युटन एकेडेमी
१५ पवित्रा मेमोरियल बेसिक इग्लिस बोर्डिङ स्कुल २५ ३७ ६२
१६ पुरुषाड एकेडेमी ४२ ४४ ८६
१७ पुमा इग्लिस बोर्डिङ स्कुल ३४ ५७ ९१
१८ सगरमाथा सेकेण्डरी इग्लिस बोर्डिङ स्कुल ३१ ६३ ९४
१९ सुकदेव मेमोरियल एकेडेमी ३७ ४२ ७९
२० १० सुदर्शन इग्लिस बोर्डिङ स्कुल ३२ ४० ७२
२१ त्रिशक्ति इग्लिस बोर्डिङ स्कुल २२ ४२ ६४
२२ १० त्रियुगा पब्लिक इग्लिस बोर्डिङ स्कुल हडिया २५ २५ ५०

ङ) सामुदायिक विद्यालय र विद्यार्थी सम्बन्धी विवरण

क्र.सं. विद्यालयको नाम बाल विकास केन्द्र कक्षा १-५ कक्षा ६-८ कक्षा ९-१० कक्षा ११-१२ जम्मा
छात्रा छात्र जम्मा छात्रा छात्र जम्मा छात्रा छात्र जम्मा छात्रा छात्र जम्मा छात्रा छात्र जम्मा छात्रा छात्र जम्मा
आधारभूत विद्यालय सिवाई ११ १५ २६ ३८ २८ ६६ ३२ १५ ४७ ८१ ५८ १३९
आधारभूत विद्यालय खेराहा १२ ११ २३ १४ १९ २६ १६ ४२
आदर्श आधारभूत विद्यालय १४ ११ ११ २२
बालमुखी आधारभूत विद्यालय १५ १७ १७ ३४ २६ २३ ४९
बालज्योति आधारभूत विद्यालय १५ १५
आधारभूत विद्यालय १२ १६ ३७ २५ ६२ १५ २७ ४२ ५६ ६४ १२०
बेलका आधारभूत विद्यालय १० १२
भिमसेन आदर्श आधारभूत विद्यालय १४ १९ १८ ३७ २९ १४ ४३ ५४ ४० ९४
बुद्ध जनता प्रा.वि. २५ १५ ४० २२ १३ ३५ ४७ २८ ७५
१० गौरीकन्या आधारभूत विद्यालय १३ १९ १६ ३५ २४ २४ ४८
११ जलेश्वरी जनता आधारभूत विद्यालय ११ ३४ ४३ ७७ २१ २० ४१ ६० ६९ १२९
१२ जाल्पाजना माध्यमिक विद्यालय १६ २२ ३१ ५२ ८३ ३६ ३१ ६७ २६ १५ ४१ ९९ ११४ २१३
१३ जनज्योती आधारभूत विद्यालय १२ १९ १४ २२ २६ १५ ४१
१४ जनज्योती आधारभूत विद्यालय अमलचौरी १४ ११ २५ ६१ ५१ ११२ २८ २० ४८ १०३ ८२ १८५
१५ जनकल्याण आधारभूत विद्यालय १६ १३ २९ ३३ ३३ ६६ ४९ ४६ ९५
१६ जनसेवा आधारभूत विद्यालय १० १९ १० १९
१७ जनता आदर्श माध्यमिक विद्यालय ३८ ३१ ६९ ५१ ३१ ८२ २५ १६ ४१ ११८ ८० १९८
१८ जनता माध्यमिक विद्यालय ५० ४५ ९५ १४० ११४ २५४ १०१ १३८ २३९ ९९ ७१ १७० ८८ ८४ १७२ ४७८ ४५२ ९३०
१९ जनता माध्यमिक विद्यालय १६ १३ २९ ३६ ५१ ८७ ७४ ५६ १५० ५६ ३४ ९० ४८ २२ ७० २३० १९६ ४२६
२० जनता आधारभूत विद्यालय छुइला १५ १२ १४ १३ २७
२१ जयकलादेवी प्रा.वि. कालीटार १५ २४ २२ ३७ ५९ ३७ ४६ ८३
२२ ज्योती माध्यमिक विद्यालय २९ २६ ५५ १३७ ११४ २५१ १२२ १०२ २२४ १३५ ११३ २४८ ९७ १२२ २१९ ५२० ४७७ ९९७
२३ कालिका माध्यमिक विद्यालय १३ ३३ ३५ ६८ २३ १६ ३९ २३ २७ ५० १६ १५ ३१ १०४ ९७ २०१
२४ कौवैदेवी आधारभूत विद्यालय २३ २४ ४७ ६० ३७ ९७ २६ १४ ४० १०९ ७५ १८४
२५ कोकन आधारभूत विद्यालय १६ ३६ २८ ६४ ४३ ३७ ८०
२६ लौवागढी माध्यमिक विद्यालय १५ ३४ ४३ ७७ २६ २० ४६ २६ १५ ४१ ९३ ८६ १७९
२७ मदरसा विस्मिल्लाह कुरान प्रा.वि. ११ १२ २१ १७ १५ ३२
२८ महादेवेश्वर आधारभूत विद्यालय बसाहा १४ ३५ ३४ ६९ ३३ २१ ५४ ७४ ६३ १३७
२९ पञ्चमी आधारभूत विद्यालय १० २४ २९ ५३ १८ २३ ४१ ४९ ५५ १०४
३० रक्तमाला प्रा.वि. सुधारे १८ १८
३१ सगरमाथा आधारभूत विद्यालय ११ १९ ३१ १६ ४७ २४ २४ ४८ ६६ ४८ ११४
३२ सगरमाथा माध्यमिक विद्यालय १२ ४५ ४८ ९३ ४५ ५१ ९६ १८ १६ ३४ ११६ ११९ २३५
३३ सारदा आधारभूत विद्यालय १३ १२ १३ २५ ११ १४ २७ २५ ५२
३४ सरस्वती माध्यमिक विद्यालय १७ २६ ४३ ३८ २७ ६५ २७ १८ ४५ ८३ ७७ १६०
३५ सारदा माध्यमिक विद्यालय १४ ३८ ३६ ७४ १८ १९ ३७ १५ १३ २८ ७९ ७४ १५३
३६ श्री भगवती माध्यमिक विद्यालय १४ १३ २७ ४५ ४५ ९० ३५ ३६ ७१ २६ २० ४६ १२० ११४ २३४
३७ श्री जनविकास माध्यमिक विद्यालय १३ २२ २३ २८ ५१ २३ २१ ४४ १४ २१ ३५ ७३ ७९ १५२
३८ श्री नारद आदर्श माध्यमिक विद्यालय ५४ ३६ ९० ४८ ३३ ८१ ७३ ५९ १३२ ७९ ९० १६९ २५७ २२२ ४७९
३९ श्री माध्यमिक विद्यालय आम्पल १३ ३० ३१ ६१ ५१ ४४ ९५ ३७ २३ ६० ३७ २६ ६३ १६२ १३० २९२
४० श्री माध्यमिक विद्यालय सिवाई ३४ २० ५४ ७१ ६८ १३९ ६० ५५ ११५ ३१ २६ ५७ २३ २७ ५० २१९ १९६ ४१५
४१ श्री शिव माध्यमिक विद्यालय २४ १३ ३७ ४३ ४६ ८९ ३७ ३३ ७० १६ १३ २९ १२० १०५ २२५
४२ श्री थानपोखरी माध्यमिक विद्यालय ११ १९ ४३ ५८ १०१ ५४ ५३ १०७ ३८ २८ ६६ १३ १८ १५६ १५५ ३११
४३ सिद्धकाली आधारभूत विद्यालय २० १० ३० २५ ३० ५५ ४५ ४० ८५
४४ सिद्धेश्वरी माध्यमिक विद्यालय १६ १० २६ ४१ ४३ ८४ ३७ ४६ ८३ ३३ २१ ५४ १२७ १२० २४७
४५ सिंहदेवी माध्यमिक विद्यालय १० १५ ४१ ४१ ८२ ४९ ४६ १०५ ४५ २४ ६९ १७ १७ ३४ १५७ १३८ २९५
जम्मा जम्मा ५१९ ४६९ ९८८ १५२४ १४४५ २९६९ ११७५ १०५९ २२३४ ७६३ ५७३ १३३६ ४१८ ४०८ ८२६ ४३९९ ३९५४ ८३५३

च) संस्थागत विद्यालय र विद्यार्थी सम्बन्धी विवरण

तालिका नं. ६: संस्थागत विद्यालय र विद्यार्थी विवरण

क्र.सं. विद्यालयको नाम बाल विकास केन्द्र कक्षा १-५ कक्षा ६-८ कक्षा ९-१० कक्षा ११-१२ जम्मा
छात्रा छात्र जम्मा छात्रा छात्र जम्मा छात्रा छात्र जम्मा छात्रा छात्र जम्मा छात्रा छात्र जम्मा छात्रा छात्र जम्मा
बालवाटिका विद्या निकेतन स्कुल १९ १६ ३५ ११ १९ 0 0 0 0 0 0 0 0 0 ३० २४ ५४
भूपू सैनिक इग्लिस स्कुल बेलटर १९ ३१ ५० ३६ ३५ ७१ १६ २८ ४४ १८ २६ 0 0 0 ७९ ११२ १९१
ब्राइट फ्युचर एकेडेमी चौदण्डीगढी-३ १९ १७ ३६ ४३ ५६ १०९ २४ ३० ५४ ११ १६ 0 0 0 ९१ ११४ २०५
ब्राइट फ्युचर नेशनल इग्लिस बोर्डिङ स्कुल (०–८) १० १० २० २३ १९ ४२ १३ 0 0 0 0 0 0 ३९ ३६ ७५
बुद्ध निकेतन इग्लिस बोर्डिङ स्कुल १८ २६ ४४ ५६ ५३ १०९ २१ १८ ३९ 0 0 0 ९८ १०१ १९९
बुदुरलाल विद्या निकेतन ३४ ४९ ८३ ७५ ६९ १४४ २१ १८ ३९ 0 0 0 १३३ १४० २७३
चण्डी ब्राइट फ्युचर इग्लिस बोर्डिङ स्कुल २९ ३४ ६३ २४ ५० ७४ ११ २१ ३२ 0 0 0 0 0 0 ६४ १०५ १६९
देउराली इग्लिस बोर्डिङ स्कुल सिरुवानी २१ २३ ४४ ४७ ६५ ११२ १४ २३ ३७ 0 0 0 ८६ ११५ २०१
एटिक इग्लिस बोर्डिङ स्कुल ३० ३९ ६९ १२ २६ ३८ 0 0 0 0 0 0 0 0 0 ४२ ६५ १०७
१० कञ्चनजङ्घा इग्लिस बोर्डिङ स्कुल बेलटर १७ ३८ ५५ ४६ ६० १०६ १३ ३४ ४७ १४ २२ 0 0 0 ८४ १४६ २३०
११ मेरिगोल्ड एकेडेमी बेलटर १५ ३२ ४७ ४५ ४८ ९३ १७ १३ ३० ११ १६ 0 0 0 ८२ १०४ १८६
१२ मदर ब्लेसिङ इग्लिस बोर्डिङ स्कुल बसाहा १६ १८ ३४ १७ २१ ३८ 0 0 0 0 0 0 ३४ ४३ ७७
१३ मोति मेमोरियल इग्लिस बोर्डिङ स्कुल बर्षेंडाँडा ४५ ४० ८५ ८२ ९१ १७३ ५२ ५० १०२ २६ ३५ ६१ 0 0 0 २०५ २१६ ४२१
१४ न्युटन एकेडेमी ५० ३१ ८१ ३५ २२ ५७ १४ 0 0 0 ९३ ५९ १५२
१५ पवित्रा मेमोरियल बेसिक इग्लिस बोर्डिङ स्कुल २५ ३७ ६२ ४३ ७७ १२० ३० २५ ५५ 0 0 0 0 0 0 ९८ १३९ २३७
१६ पुरुहाङ एकेडेमी ४२ ४४ ८६ ६९ ८० १४९ ३७ ४८ ८५ १२ २२ ३४ 0 0 0 १६० १९४ ३५४
१७ पुमा इग्लिस बोर्डिङ स्कुल ३४ ५७ ९१ ९१ १२७ २१८ ६४ ६५ १२९ २४ ४८ ७२ १४ २२० ३०४ ५२४
१८ सगरमाथा सेकेण्डरी इग्लिस बोर्डिङ स्कुल ३१ ६३ ९४ ७९ १५१ २३८ ७६ ९५ १७१ ३७ ४९ ८६ २६ ३६ ६२ २४९ ४०२ ६५१
१९ सुकदेव मेमोरियल एकेडेमी ३७ ४२ ७९ ३० ४३ ७३ 0 0 0 0 0 0 0 0 0 ६७ ८५ १५२
२० सुदर्शन इग्लिस बोर्डिङ स्कुल ३२ ४० ७२ ५७ ७३ १३० १० 0 0 0 0 0 0 ९५ ११७ २१२
२१ त्रिशक्ति इग्लिस बोर्डिङ स्कुल २२ ४२ ६४ २३ ३८ ६१ 0 0 0 0 0 0 0 0 0 ४५ ८० १२५
२२ त्रियुगा पब्लिक इग्लिस बोर्डिङ स्कुल हडिया २५ २५ ५० ५५ ५३ १०८ १० 0 0 0 0 0 0 ८३ ८५ १६८

५.१.३ विद्यालयमा अध्ययन गरिरहेका छात्रछात्राको विवरण

तालिका नं. ४२: नगरपालिकाका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको विवरण

क्र.सं. विद्यालयको नाम विद्यार्थी संख्या
आधारभूत विद्यालय सिवाई बेल्वा १४६
आधारभूत विद्यालय खेराहा ५४
आदर्श आधारभूत विद्यालय अग्राहा ३२
बालमुखी आधारभूत विद्यालय अजगर ८४
बालज्योती आधारभूत विद्यालय बदेलपानी ११
आधारभूत विद्यालय गङ्नौ १२१
बेलका आधारभूत विद्यालय हतिसार १८
शिमसेन आदर्श आधारभूत विद्यालय देवधार ९७
बुद्ध जनता प्रा.वि. गंगटे ७८
१० गौशैकन्या आधारभूत विद्यालय सिमलटार ६४
११ जर्वैधरी जनता आधारभूत विद्यालय रानीटार १३९
१२ जात्याजना माध्यमिक विद्यालय अज्जुङ्गरे २४३
१३ जनज्योती आधारभूत विद्यालय पञ्चवारी टोल ४३
१४ जनज्योती आधारभूत विद्यालय अमलचौरी २००
१५ जनकल्याण आधारभूत विद्यालय हतिसार ११७
१६ जनसेवा आधारभूत विद्यालय सवाली टोल १६
१७ जनता आदर्श माध्यमिक विद्यालय कालिखोला २२९
१८ जनता माध्यमिक विद्यालय हडिया ९६२
१९ जनता माध्यमिक विद्यालय लोकेनटार ४४१
२० जनता आधारभूत विद्यालय छुङुवा २२
२१ उषकलाबती प्रा.वि. फालिटार ८४
२२ ज्योती माध्यमिक विद्यालय बेलटर ११६८
२३ कालिका माध्यमिक विद्यालय सिवानी २४६
२४ कोदेदेवी आधारभूत विद्यालय झोरपाटा १९४
२५ कोकन आधारभूत विद्यालय देकाचौरी ७८
२६ लोकमार्गी माध्यमिक विद्यालय खैराखोस १९२
२७ मदरत्ना विश्वल्याह कूरन प्रा.वि. सिपाई ५०
२८ महादेवधर आधारभूत विद्यालय देवाहा १५७
२९ पद्मनी आधारभूत विद्यालय बेलटर १०१
३० रक्तकाला प्रा.वि. मुगरे २४
३१ सारनाथ आधारभूत विद्यालय भुत्के १३१
३२ सगरनाथ माध्यमिक विद्यालय भोलेनी २३४
३३ सारदा आधारभूत विद्यालय सिल्टिपुर ६४
३४ सरस्वती माध्यमिक विद्यालय साबा १९५
३५ सारदा माध्यमिक विद्यालय करहरे २०३
३६ श्री भनवती माध्यमिक विद्यालय मुसुलटिभा २६३
३७ श्री जर्बिकास माध्यमिक विद्यालय भिभा १६४
३८ श्री नारद आदर्श माध्यमिक विद्यालय वर्षेंडाँडा ५९७
३९ श्री माध्यमिक विद्यालय आरुपाल ३१८
४० श्री माध्यमिक विद्यालय सिपाई ४५८
४१ श्री शिव माध्यमिक विद्यालय सिपाई सुन्दरपुर २४४
४२ श्री धनपोखरी माध्यमिक विद्यालय ज्वामिरे ३४४
४३ सिउकाली आधारभूत विद्यालय भिरे १०७
४४ सिदेश्वरी माध्यमिक विद्यालय मुसुलटिभा २९२
४५ सिद्देवी माध्यमिक विद्यालय मार्डिवास ३७३

५.१.४ शिक्षक तथा शैक्षिक जनशक्ति विवरण

तालिका नं. ४३: नगरपालिकाको शिक्षक तथा शैक्षिक जनशक्ति सम्बन्धी विवरण

तह र श्रेणी स्थायी करार जम्मा राहत जम्मा
प्रथम द्धितिय तृतीय
प्राथमिक तह ४२ ६९ १० १२५ ५२ १७७
निम्न माध्यमिक तह २४ ३० ४८ ७८
माध्यमिक तह २० २४ १९ ४३
उ.मा.वि. तह २६ २६ २६
प्रशिक्षक
जम्मा ४७ ११३ ४८ २१३ ११९ ३३२
अन्य कर्मचारीहरु
जम्मा
बालविकास सहजकर्ता ५०
बालविकास सहजकर्ता नगर तर्फ
सामुदायिक परिचालिका
विद्यालय लेखा सहायक १९
विद्यालय कर्मचारी ४६
श्रोत कक्षा आया
विद्यालय नर्स
संघिय अनुदान २७ २७
पालिका भर कार्यरत ४९०

स्रोतः नगर कार्यपालिकाको कार्यालय

५.१.५ नमूना तथा इन्टरनेट सुविधा उपलब्ध भएका विद्यालयको विवरण

तालिका नं.: नमूना तथा इन्टरनेट सुविधा उपलब्ध भएका विद्यालयको विवरण

इन्टरनेट सुविधा उपलब्ध विद्यालयहरु संख्या
इन्टरनेट सुविधा उपलब्ध विद्यालयहरु ४४

स्रोत : नगर कार्यपालिकाको कार्यालय

५.१.६ शैक्षिक गुणस्तर सम्बन्धी विवरण

1

विद्यालय सहयोग संयन्त्र

2

परीक्षा व्यवस्थापन

3

शिक्षकहरुको क्षमता विकास तालिम

4

नियमित रुपमा अनुगमन सुपरीवेक्षण

5

ऐन नियमावली कार्यविधि निर्माण

५.१.७ बालमैत्री शिक्षा सम्बन्धी विवरण

हाल चौदण्डीगढी नगरपालिकाले बालमैत्री शिक्षा सम्बन्धी गरेका प्रयासहरु निम्न बमोजिम रहेका छन् ।

प्रयासहरूः

1

दण्डरहित शिक्षा

2

बालविकासमा खेल सामाग्रीको व्यवस्था

3

क्षमता विकास तालिमको व्यवस्था

4

बालमैत्री खानेपानी तथा शौचालयको व्यवस्था

5

बालक्लवहरुको गठन

6

बाल शिक्षा सम्बन्धी कार्यक्रम सञ्चालन

५.२ स्वास्थ्य तथा पोषण

नेपालको संविधानको धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकलाई मौलिक हकको रुपमा स्थापित गरिएको छ । उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन भनि उल्लेख गरिएको छ । यसै हकको कार्यान्वयन गराउने दायित्व स्थानीय सरकारको भएकोले नगरपालिकामा आधारभूत स्वास्थ्य पूर्वाधार र सेवाहरूको प्रबन्ध हुन अपरिहार्य छ ।

स्वास्थ्य तथा पोषण

पालिकामा हाल सामान्यस्तरको स्वास्थ्य सेवाहरू यहाँ रहेका आधारभूत नगर अस्पताल र स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रहरुबाट प्रदान भइरहेको छ । पालिकामा एक आधारभूत नगर अस्पताल (वडा नं. ७) बेलटार, ५ वटा (वडा नं. ४, १, ८, ५, ९) मा स्वास्थ्य चौकी र ६ वटा (३, २, ६, ५, १०, १०) मा आधारभूत स्वास्थ्य केन्द्रहरु सञ्चालनमा रहेका छन् । पालिकामा एक आधारभूत नगर अस्पताल (वडा नं. ७) बेलटार, ५ वटा (वडा नं. ४, १, ८, ५, ९) मा स्वास्थ्य चौकी र ६ वटा (३, २, ६, ५, १०, १०) मा आधारभूत स्वास्थ्य केन्द्रहरु सञ्चालनमा रहेका छन् ।

५.२.१ स्वास्थ्य संस्थाको विवरण

तालिका नं. ४४: नगरपालिकामा रहेका स्वास्थ्य संस्थाहरु सम्बन्धी विवरण

क्र.सं. स्वास्थ्य संस्थाको नाम ठेगाना सेवा
१. आधारभूत नगर अस्पताल चौ.न.पा.– ७ इमर्जेन्सी/ओ.पि.डि./वार्डिङ
२. स्वास्थ्य चौकी बसाहा चौ.न.पा.– ४ ओ.पि.डि./वार्डिङ
३. स्वास्थ्य चौकी चौदण्डी चौ.न.पा.– १ ओ.पि.डि./ ANC
४. स्वास्थ्य चौकी सिङ्ढीपुर चौ.न.पा.– ८ ओ.पि.डि./वार्डिङ
५. स्वास्थ्य चौकी सुन्दरपुर चौ.न.पा.– ५ ओ.पि.डि./वार्डिङ
६. स्वास्थ्य चौकी हडिया चौ.न.पा.– ९ ओ.पि.डि./वार्डिङ
७. आधारभूत स्वास्थ्य केन्द्र आम्साल चौ.न.पा.– ३ ओ.पि.डि./ ANC
८. आधारभूत स्वास्थ्य केन्द्र माडिवास चौ.न.पा.– २ ओ.पि.डि./ ANC
९. आधारभूत स्वास्थ्य केन्द्र सिवानी चौ.न.पा.– ६ ओ.पि.डि./ ANC
१०. आधारभूत स्वास्थ्य केन्द्र सिवई चौ.न.पा.– ५ ओ.पि.डि./ ANC
११. आधारभूत स्वास्थ्य केन्द्र हडिया चौ.न.पा.– १० ओ.पि.डि./ ANC
१२. आधारभूत स्वास्थ्य केन्द्र खैराहा चौ.न.पा.– १० ओ.पि.डि./ ANC

स्रोत : नगरपालिका स्वास्थ्य शाखा

५.२.२ खोप सेवा तथा सुरक्षित मातृत्व सम्बन्धी विवरण

क) खोपको विवरण

बालबालिका भविष्यका निर्माता हुन् । यसको लागि यिनीहरू स्वस्थ र निरोगी हुनु आवश्यक छ । बाल्य अवस्थामा उनीहरूलाई बी.सी.जी. एक पटक, डी.पी.टी. तीन पटक, दादुरा एक पटक, पोलियो र भिटामिन तोकिएको मात्रामा दिनै पर्दछ । बालबालिकाहरूको लागि पाँच वटै खोपहरू नियमित र पुरा मात्रामा दिनु पर्दछ । नेपाल सरकारले राष्ट्रिय खोप कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ । खोप कार्यक्रम कम खर्चिलो तथा मितव्ययी रुपमा गरिने स्वास्थ्य क्षेत्रको एउटा प्रभावकारी प्रयत्न हो । खोप कार्यक्रमले उल्लेख्य रुपमा बालमृत्युदर घटाउन र विभिन्न रोगलाई रोकथाम गर्न सहयोग पुर्याएको छ । जसले गर्दा दिगो विकास लक्ष्यको बालमृत्युदर घटाउने लक्ष्य (एम.डी.जी.–४) प्राप्त गर्न सहयोग पुगेको छ ।

तालिका नं. ४५: खोप सम्बन्धी विवरण

क्र.सं. सुचकहरु श्रावण २०७९/ असार ८० श्रावण २०८०/ असार ८१ श्रावण २०८१/ असार ८२
% of 1 year children immunized with rota2 ७६.३८ ८२.८७ ७२.३३
% of children 1 year imminized with DPT-HepB-Hib3 ८१.५१ ८१.४९ ७३.४९
% of children 1 year immunized with DPT-HepB-Hib1 ८०.७ ८१.०६ ७४.७७

स्रोत : नगर कार्यपालिकाको कार्यालय

बाल्यकाल तथा उमेर पुगेपछि लाग्न सक्ने प्राणघातक रोगहरू जस्तैः क्षयरोग, भ्यागुते रोग, लहरे खोकी, धनुष्टंकार, हेपाटाइटिस बी, इन्ल्फुयन्जा टाइप बी, पोलियो, न्यूमोनिया, दादुरा, रुबेला र जापानीज इन्सफलाइटिस् विरुद्ध चरणबद्ध रुपमा समयमै खोपहरू अनिवार्य रुपमा लगाउनु पर्दछ । ती खोपहरू क्रमशः BCG, DPT, OPV, PCV, IPV, MR, JE / ID हुन् । यसरी खोपहरू समयमै लगाउँदा सिमित लगानीमा ठूला रोगहरूको जोखिमबाट मुक्त भई बाल मृत्युदर नियन्त्रण गर्ने प्रभावकारी उपाय हुन्छ ।

ख) सुरक्षित मातृत्वको अवस्थाको विवरण

बालबालिकालाई गर्भमा रहँदा देखि र जन्मेपछि स्याहार तथा रेखदेख गर्न सकिएन भने उनीहरू विभिन्न रोगबाट संक्रमित हुने जोखिम हुन्छ । गर्भमा रहँदा मूलतः आमाको उमेर, पोषण, आराम, मादक तथा सुर्तिजन्य पदार्थको सेवन लगायतका अवस्थाले बालबालिकाको स्वास्थ्य निर्भर रहन्छ । बालबालिका स्वस्थ जन्मनका लागि गर्भवती महिलाले कम्तीमा पनि चारपटक नियमित स्वास्थ्य जाँच गराउनुपर्दछ र आवश्यक खोप (टि.टि.) तथा आइरन, भिटामिन चक्कीहरू नियमित सेवन गर्नुपर्दछ । कम उमेरमै गर्भवती हुँदा आमा र शिशु दुवैको स्वास्थ्यमा हानी नोक्सानी पुग्ने भएकाले सरकारले कानूनी रुपमा विवाह गर्ने न्यूनतम उमेर २० वर्ष तोकेको छ । तर, १७ प्रतिशत किशोरीहरू १५ देखि १९ वर्ष उमेरमा गर्भवती भएका वा आमा भइसकेका हुन्छन् (नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०११) । सरकारले स्वास्थ्य सेवा विभाग मार्फत सुरक्षित मातृत्व तथा नव शिशु स्वास्थ्यका लागि समुदायमा आधारित कार्यक्रम सञ्चालन गरिरहेको छ ।

५.२.३ बालस्वास्थ्य तथा कुपोषणको अवस्था

कुनै पनि ठाउँको पोषणको अवस्था त्यस ठाउँका बालबालिकालाई हेरेर सजिलै अनुमान लगाउन सकिन्छ । पोषित बालबालिकालाई कुनै पनि ठाउँको सामाजिक र आर्थिक विकासको सूचकको रुपमा हेर्न सकिन्छ । सरकारले पनि पोषणलाई प्राथमिकता दिई ५ वर्षमुनिका बालबालिकाहरूलाई नियमित रुपमा बालवृद्धि अनुमान गर्दै आएको छ । बालअधिकार सम्बन्धी महासन्धी, १९८९ ले समेत बालबालिकालाई अवहेलना, बेवास्ता, हेलचेक्राई, दुव्यर्वहार, हिंसा लगायतबाट जोगाई खाना र पोषणको अधिकार सुनिश्चित गर्नुपर्ने उल्लेख गरेको छ । नेपालको संविधान (२०७२) ले पनि खाद्य सम्प्रभुतालाई मौलिक हकका रुपमा राखेको छ । स्वास्थ्य र पोषण मानव जीवनको पहिलो महत्वपूर्ण आवश्यकता भएको र स्वस्थ नागरिक बिना राष्ट्रका अन्य विकास क्रियाकलापहरू प्रभावकारी हुन नसक्ने भएको हुँदा जनस्वास्थ्यको अध्ययन योजना तर्जुमा प्रक्रियाको एक महत्वपूर्ण हिस्सा हुन आउँछ । यस नगरपालिकामा राष्ट्रिय नीति तथा कार्यक्रममा आधारित भई नेपाल सरकारले प्रदान गर्दै आएको बालपोषण भत्तालाई पोषणमा सुधार ल्याउने गरी प्रभावकारी रुपमा अनुगमन गर्दै बालबालिकाको पोषणमा सुधार ल्याउने व्यवस्था गर्नुका साथै बहुक्षेत्रीय पोषण कार्यक्रमलाई विगतबाट शिक्षा लिएर प्रभावकारी पोषणमा सुधार ल्याउने जस्ता कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् । यस बाहेक स्वास्थ्य तथा पोषण सम्बन्धी कार्य गर्नका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरू समेत कार्यरत रहेका छन् ।

तालिका नं. ४६: बालस्वास्थ्य तथा कुपोषणको अवस्था

सुचकहरु श्रावण २०७९/ असार ८० श्रावण २०८०/ असार ८१ श्रावण २०८१/ असार ८२
०-११ महिनाका बालबालिकाको वृद्धि अनुगमनको लागि दर्ता भएका बालबालिकाको प्रतिशत ९० ८६ ७२
०-२३ महिनाका बालबालिकाको वृद्धि अनुगमनको लागि औसत भ्रमण ७.०१ ७.२६ ७.६६
भिटामिन ए क्याप्सुल प्राप्त गर्ने सुत्केरी महिलाको प्रतिशत १०५ ९७ १०२
गर्भावस्थामा १८० दिनसम्म आइरन फोलिक एसिड प्राप्त गर्ने महिलाको प्रतिशत ५६ ४९ ५०
४५ दिनसम्मको आइरन फोलिक एसिड प्राप्त गर्ने सुत्केरी महिलाको प्रतिशत ३४ २६ २१
आइरन र फोलिक एसिड प्राप्त गर्ने किशोरीहरूको संख्या (१३ हप्ता)
आइरन र फोलिक एसिड प्राप्त गर्ने किशोरीहरूको संख्या (२६ हप्ता)

स्रोत : नगर कार्यपालिकाको कार्यालय

५.२.४ प्रमुख रोग र उपचार सम्बन्धी विवरण

यस नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाका ओपिडीमा दर्ता भएका बिरामीको संख्या अनुसार पछिल्लो समय देखा परेका १० प्रमुख स्वास्थ्य समस्याहरुको विवरण तलको तालिकामा उल्लेख गरिएको छ ।

तालिका नं. ४७: प्रमुख १० स्वास्थ्य समस्याहरुको विवरण

क्र.सं. प्रमुख रोगहरू
१. ग्यास्ट्राइटिस (Gastritis)
२. माथिल्लो श्वासप्रश्वास नलीको संक्रमण (URTI)
३. तल्लो श्वासप्रश्वास नलीको संक्रमण (LRTI)
४. ज्वरो (Fever)
५. टाउको दुखाइ (Headache)
६. पि.आई.डी. (PID)
७. क्यान्सर (Cancer)
८. मुटु रोग (Heart Disease)
९. पुरानो मृगौला रोग (Chronic Kidney Disease)
१०. मेरुदण्डको चोटपटक (Spinal Injuries)

स्रोत : नगर कार्यपालिकाको कार्यालय

५.२.५ सुरक्षित मातृत्व

क) परिवार नियोजन

परिवार नियोजनबाट हुने फाईदाका बारेमा विभिन्न संघ संस्थाबाट गरिएका अध्ययन अनुसन्धानबाट आमा, बच्चा र नवजात शिशुको स्वास्थ्य सुधार गर्न उल्लेखनीय भूमिका खेल्ने कुरा प्रमाणित भएको छ । साथै यसले लैङ्गिक समानता, महिलाको शिक्षा र बृद्धि विकास गर्नको लागि सहयोग पुर्याउँछ । त्यस कारण गुणस्तरीय परिवार नियोजन सेवा प्रदान गर्ने उद्देश्यले सन् १९९१ देखि प्रजनन स्वास्थ्य कार्यक्रम र परिवार नियोजन कार्यक्रमलाई विस्तार गरी अस्पताल, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्रहरू र नगरघर क्लिनिकहरूमा विस्तार गरी महिला स्वास्थ्य स्वयंसेवीकाद्वारा सेवा पुर्याउँदै आएको छ । नगरपालिकामा परिवार नियोजन सम्बन्धी भएका कार्यक्रमहरुको विवरण तालिकामा प्रस्तुत गरिएको छ ।

परिवार नियोजन सम्बन्धी विवरण

अस्थायी साधन नयाँ प्रयोगकर्ता हाल अपनाई रहेका सेवामा नियमित नभएका साधन वितरण
२० वर्ष २० वर्ष इकाई परिमाण
कण्डम गोटा २५२१५
आकस्मिक गर्भनिरोधक चक्की डोज
पिल्स २७७ ३२२० २६५ साइकल ३१६३
डिपो १२ २१३ ४७६५ ८३० डोज १३६१
सायना प्रेस डोज
आई.यु.सी.डी. १४९१ ३९ सेट
इम्प्लान्ट ५४ ८७२५ १५० सेट ६८

ख) बच्चाको लिङ्ग र आमाको उमेर समूहको आधारमा जन्मेका, जीवित र मृत्यु भएका बच्चाहरुको विवरण

तालिका नं. ४८: बच्चाको लिङ्ग र आमाको उमेर समूहका आधारमा जन्मेका, जीवित र मृत्यु बच्चाहरुको विवरण

लिङ्ग महिलाको उमेर समूह जम्मा
१५देखि १९ २०देखि २४ २५देखि २९ ३० देखि ३४ ३५देखि ३९ ४०देखि ४४ ४५देखि ४९
कुल जन्म भएका बच्चा
छोरा १३१ ७६४ १६५५ १९८५ २३३३ २३१० २०३५ ११२१३
छोरी १०८ ७७२ १४९७ १९५१ २१३१ २१७३ १९३४ १०५६६
जम्मा २३९ १५३६ ३१५२ ३९३६ ४४६४ ४४८३ ३९६९ २१७७९
हाल सम्म जिवित भएका बच्चा
छोरा १२६ ७४५ १६१३ १९३७ २२४७ २२१९ १९३१ १०८१८
छोरी १०८ ७६१ १४७५ १९२२ २०७१ २११४ १८७६ १०३२७
जम्मा २३४ १५०६ ३०८८ ३८५९ ४३१८ ४३३३ ३८०७ २११४५
मृत्यु भएका बच्चा
छोरा १९ ४२ ४८ ८६ ९१ १०४ ३९५
छोरी ११ २२ २९ ६० ५९ ५८ २३९
जम्मा ३० ६४ ७७ १४६ १५० १६२ ६३४

नगरपालिकामा रहेका १५ देखि ४९ वर्ष उमेर समूहका महिलाले पछिल्लो १२ महिनामा जिवित जन्म दिएका जम्मा २१,७७९ बच्चाहरु मध्ये हाल सम्म जिवित रहेका बच्चाको संख्या २,११४५ जना रहेका छन् । यसैगरी सोही समयावधीमा मृत्यु भएका बच्चाको संख्या ६३४ जना रहेका छन् जसको लिङ्ग अनुसार विस्तृत विवरण तालिकामा प्रस्तुत गरिएको छ ।

ग) पहिलो बच्चा जन्मदिँदा महिलाको उमेरको विवरण

कानूनी र प्रजनन् स्वास्थको दृष्टिकोणबाट २० वा सो वर्षभन्दा कम उमेरमा आमा बन्नु गैरकानूनी र मातृ तथा शिशु दुवैको स्वास्थ्यका दृष्टिकोणबाट जोखिमपूर्ण मानिन्छ । शारिरीक, मानसिक, आर्थिक रुपमा अपरिपक्व अवस्थामा गर्भाधान र सन्तान जन्माउँदा एकातर्फ अपरिपक्व, कम तौलको, शारिरीक र बौद्धिक रुपमा विकलाङ्ग शिशु जन्मन सक्ने जोखिम उच्च रहन्छ भने अर्कोतर्फ गर्भावस्थाको हेरविचार, मातृ तथा शिशुको स्याहार, खानपान, सरसफाई जस्ता विषयमा पर्याप्त जानकारी नहुँदा आमा र शिशु विभिन्न प्रकारका संक्रमणको सिकार हुन सक्ने सम्भावना रहन्छ । नेपालले सहश्राब्दी विकास लक्ष्य २०००-२०१५ का बिचमा मातृ तथा शिशु स्वास्थको क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ । सन् १९९० लाई आधार वर्ष मान्दा नेपालमा कूल १००० जीवित जन्म भएका शिशुमध्ये १०८ जनाको मृत्यु हुने गरेकोमा यो संख्यामा सारभूत रुपमा गिरावट आई सन् २०१५ सम्म ३३ मा झरेको छ भने ५ वर्षभन्दा कम उमेरका बालबालिकाको मृत्युदर (प्रति हजार) ३८ मा झरेको छ । त्यसैगरी सन् १९९० लाई आधार वर्ष मान्दा मातृमृत्यु (प्रति एकलाख) मा ८५० रहेकोमा सन् २०१५ सम्म २५८ मा झरेको देखिन्छ भने तालिम प्राप्त स्वास्थ्यकर्मीबाट प्रसुति गराउने महिलाको अनुपात ५५.६ प्रतिशत पुगेको तथ्याङ्क देखिन्छ (Nepal and the Millennium Development Goals Final Status Report, 2000- 2015) । यसरी हेर्दा समग्र मातृ तथा शिशु स्वास्थ्यको क्षेत्रमा सकारात्मक प्रभावका संकेतहरू पालिकामा देखा परिरहेका छन् ।

तालिका नं. ४९: १५–४९ उमेर समूहका विवाहित महिलाहरूले हाल सम्म जिवित जन्माएका बच्चाहरुको संख्या अनुसार महिलाको जनसंख्या

पहिलो बच्चा जन्मदिदा आमाको उमेर
हाल सम्म जिवित भएका बच्चा १५–१९ वर्ष २०–२४ वर्ष २५–२९ वर्ष ३०–३४ वर्ष ३५–३९ वर्ष ४०–४४ वर्ष ४५–४९ वर्ष जम्मा विवाहित महिला संख्या
बच्चा नभएको १९९ ४४३ २५६ १२९ ७६ ८२ १०३ १२८८
१ बच्चा १८८ ८४० ८५१ ५३२ २७४ १९० १२१ २९९६
२ बच्चा २२ २९० ७७८ ९५० ८७१ ६१८ ३३२ ३८६१
३ बच्चा ३२ १७१ ३२५ ४४६ ४८३ ३८३ १८४१
४ बच्चा ५० ८७ १६३ २०८ १९९ ७१३
५ बच्चा २९ ५८ ९६ १२७ ३१४
६ बच्चा १७ ३१ ५३ १०९
७ बच्चा ११ २८ ४५
८ बच्चा १०
९ भन्दा धेरै बच्चा
जम्मा ४११ १६१० २११२ २०५८ १९१४ १७२३ १३५६ १११८४
प्रतिशत ३.६७ १४.४० १८.८८ १८.४० १७.११ १५.४१ १२.१२ १००

नगरपालिकाका कूल ११,१८४ मध्ये ४११, जना अर्थात् ३.६७ प्रतिशत महिलाले १५–१९ वर्षको बिचमा पहिलो सन्तान जन्माएको देखिन्छ । त्यसैगरी १,६१० अर्थात् १४.४० प्रतिशत महिला २०–२४ वर्ष उमेरमा, २,११२ अर्थात् १८.८८ प्रतिशत महिला २५–२९ वर्ष उमेरमा र २,०५८ जना अर्थात् १८.४० प्रतिशत महिला ३०–३४ वर्ष उमेरमा आमा बनेको देखिन्छ भने ३५–३९ वर्षमाथि पहिलो पटक आमा बन्नेको संख्या जम्मा १,९१४ जना अर्थात् १७.११ प्रतिशत रहेको छ । यसैगरी ४०–४४ वर्षको महिला १,७२३ अर्थात १५.४१ प्रतिशत रहेका छन् भने ४५–४९ वर्षका १,३५६ अर्थात १२.१२ प्रतिशत महिलाले पहिलो बच्चालाई जन्म दिएका छन् ।

५.२.६ विवाहित तथा अविवाहित महिला तथा पुरुषको विवरण

तालिका नं. ५०: विवाहित तथा अविवाहित महिला तथा पुरुषको विवरण

क्र.सं. विवाहित तथा अविवाहित पुरुषको संख्या महिलाको संख्या जम्मा प्रतिशत
१. अविवाहित ७९५३ ६८४५ १४७९८ ३३.२४
२. विवाहित १२०२१ १५२५२ २७२७३ ६१.२७
३. एकल (विधुर/विधवा) ४५५ १७२० २१७५ ४.८९
४. पारपाचुके २७ ३७ ६४ ०.१४
५. छुट्टिएको ९० ११६ २०६ ०.४६
जम्मा २०५४६ २३९७० ४४५१६ १००

स्रोत: राष्ट्रिय जनगणना, २०७८

५.३ खानेपानी तथा सरसफाई

स्वच्छ पानी तथा सरसफाई मानवीय स्वास्थ्य लाई प्रभाव पार्ने प्रमुख तत्वहरू भएको र दिगो विकास लक्ष्यको लक्ष्य नं. ६ ले खानेपानी तथा सरसफाईलाई सुनिश्चितता गर्नुका साथै नेपालको संविधानले पनि खानेपानी तथा सरसफाई सुविधालाई नागरिकको मौलिक हकको रुपमा व्याख्या गरेको हुनाले स्वस्थ नागरिक उत्पादनमा योगदान पुर्याउन गुणस्तरीय खानेपानी र सरसफाईको क्षेत्रलाई उच्च प्राथमिकतामा राखी थप खानेपानी आयोजनाहरू निर्माण गर्नुपर्ने साथै वैज्ञानिक विधिहरूको प्रयोग गरी फोहोरमैला व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको छ ।

५.३.१ खानेपानीको श्रोतको विवरण

तालिका नं. ५१: खानेपानीको मुख्य श्रोतको आधारमा घरपरिवारको विवरण

वडा नं. धारा/पाइप (घरपरिसर भित्र) धारा/पाइप (घरपरिसर बाहिर) ट्युवेल/हेन्डपम्प ढाकिएको इनार/कुवा नढाकिएको खुला इनार/कुवा मूल धारा नदी/खोला जार/बोतल अन्य जम्मा
२८८ २१७ २४४ १७ ७७३
८९ ६०९ ३६२ २२ ५३ ११४४
५२४ ५७ ४० २७७ ५८ ४३ १०००
१२९ ४८१ ६२१ १९५ २३५ १६६८
४७ १४२३ २६ १७ १५२३
९६९ २८१ ४९ २५ १८ १३५२
९७४ २८४ ६५ १८ ८० १४२७
२२९ ४५२ ५४ १० १०४ ८६१
४४३ ७० १२२३ २८ २० १६ १८०६
१० ३७७ ७४ ५५७ ६५ ६२ १० ११४९
जम्मा ४०६९ २५३० ४३९६ ६२८ ९०७ ६८ २९ ६९ १२७०३
प्रतिशत ३२.०३ १९.९२ ३४.६१ ४.९४ ७.१४ ०.५४ ०.२३ ०.०६ ०.५४ १००

यस नगरपालिकामा रहेका १२,७०३ घरपरिवारहरू मध्ये सामान्यतया धेरैजसो ट्युवेल/हेन्डपम्पबाट पानी पिउनेको संख्या ४,३९६ अर्थात ३४.६१ प्रतिशत यसैगरी धारा/पाइप (घरपरिसर भित्र) को पानी पिउने परिवारको संख्या ४,०६९ अर्थात ३२.०३ प्रतिशत, धारा/पाइप (घरपरिसर बाहिर) बाट पिउनेको संख्या २,५३० अर्थात १९.९२ प्रतिशत रहेको छ । सामान्यतया धेरैजसो घरपरिवारले नढाकिएको इनारको पानी पिउनेको संख्या ९०७ अर्थात ७.१४ गर्ने गर्दछन् भने ढाकिएको इनारको पानी पिउनेको संख्या ६२८ अर्थात ४.९४ प्रतिशत रहेकाछन् । यसैगरी मूल धाराको पानी पिउने गरेका घरपरिवार संख्या ६८ अर्थात ०.५४ प्रतिशत, नदी/खोलाको पानी पिउनेको संख्या २९ अर्थात ०.२३ प्रतिशत, जार/बोतल प्रयोग गर्ने घरपरिवार संख्या ७ अर्थात ०.०६ प्रतिशत र अन्य पानीको स्रोत प्रयोग गर्ने परिवारको संख्या ६९ अर्थात ०.५४ प्रतिशत रहेको छ । वडागत रुपमा विस्तृत विवरण तालिकामा प्रस्तुत गरिएको छ ।

स्रोत: राष्ट्रिय जनगणना, २०७८

खानेपानीको मुख्य श्रोतको आधारमा घरधुरीको विवरण

Sustainable Development Goals Status & Roadmap: २०१६–२०३० का अनुसार (SDG– 6) आधार वर्ष २०१५ मा सुरक्षित पिउने पानी उपभोग गर्ने जनसंख्या १५ प्रतिशत मात्र देखिन्छ । दिगो विकास लक्ष्य अनुगमन ढाँचा समेत उल्लेख भएको उक्त दस्तावेज अनुसार यो जनसंख्या क्रमशः वृद्धि गर्ने अपेक्षा गरिएको छ । जसअनुसार २०१९ मा ३५ प्रतिशत, २०२२ मा ५० प्रतिशत, २०२५ मा ६५ प्रतिशत हुँदै सन् २०३० सम्म सुरक्षित पिउने पानी प्रयोगकर्ता कूल जनसंख्याको ९० प्रतिशत हुने महत्वाकांक्षी लक्ष्य राखिएको छ । उक्त राष्ट्रिय लक्ष्य प्राप्तिमा टेवा पुर्याउन तथा आम जनसाधारणको जनस्वास्थमा सुधार गर्न पानी प्रयोग गर्दा पानीको उपयुक्तताको परीक्षण र सुरक्षाको उपायहरूबारे व्यापक जनचेतना फैलाउनुपर्ने देखिन्छ ।

५.३.२ शौचालयको प्रयोगको अवस्था

कतिपय दुर्गम नगरबस्तीमा अहिले पनि मानिसहरू पानीका स्रोत तथा खुला ठाउँमा दिसा पिसाब गर्ने गर्दछन् । सभ्य समाजको निम्ति यो अभ्यास असभ्यताको प्रतीक हो । खुला क्षेत्रमा गरिने मलमुत्र विर्सजनले मानिसको शरीरमा खाना, पानी र श्वासप्रश्वास मार्फत किटाणुको प्रवेश हुन्छ । त्यसकारण प्रत्येक घरमा शौचालयको निर्माण अनिवार्य आवश्यकता हो । सरकार तथा विभिन्न गैरसरकारी संस्थाहरूले हाल आएर शौचालय निर्माणलाई प्राथमिकता दिएको पाईन्छ । निजी घर तथा सार्वजनिक स्थलहरूमा हातधुने पानी सहित शौचालय हुनुपर्दछ । विपन्न समुदायका परिवारहरूले आफै शौचालय निर्माण गर्न नसकेको अवस्थामा सरकार विशेष गरी स्थानीय सरकारले शौचालय निर्माणमा अनुदान दिनुपर्ने हुन्छ ।

तालिका नं. ५२: परिवारले प्रयोग गर्ने चर्पीको प्रकारका आधारमा परिवारको विवरण

वडा नं. फ्लस भएको (सार्वजनिक ढल) फ्लस भएको (सेप्टिक ट्याङ्क) खाल्डे चर्पी सामुदायिक चर्पी चर्पी नभएको जम्मा
२० २६५ ४४३ ४३ ७७३
१०८ ६०७ ४०७ १८ ११४४
३३७ ६४७ १२ १०००
१६ ३२९ १२५८ २३ ४२ १६६८
२३ ४०७ १०२९ ५६ १५२३
१४ ४०१ ९१२ १९ १३५२
६५ ६१३ ७१६ ३० १४२७
२८ २३ ७५९ ४३ ८६१
६५ ४७२ ११९७ ६३ १८०६
१० १७ २३५ ८७३ १९ ११४९
जम्मा ३५९ ३६८९ ८२४१ ६९ ३४५ १२७०३
प्रतिशत २.८३ २९.०४ ६४.८७ ०.५४ २.७२ १००

स्रोत: राष्ट्रिय जनगणना, २०७८

नगरपालिकामा कुल घरपरिवारहरू मध्ये ६४.८७ प्रतिशतले खाल्डे चर्पी, २९.०४ प्रतिशतले फ्लस भएको (सेप्टि ट्याङ्क), २.८३ प्रतिशतले फ्लस भएको (सार्वजनिक ढल), ०.५४ प्रतिशतले सामुदायिक चर्पी र २.७२ प्रतिशतले भने चर्पीको प्रयोग नगरी खुल्ला स्थानहरुमा दिसा पिसाब गर्ने गरेको देखिन्छ । जसको वडागत विस्तृत विवरण तालिकामा उल्लेख गरिएको छ ।

परिवारले प्रयोग गर्ने चर्पीको प्रकारका आधारमा परिवारको विवरण

५.३.३ सार्वजनिक शौचालयको विवरण

निजी घर तथा सार्वजनिक स्थलहरूमा हात धुने पानी सहित शौचालय हुनुपर्दछ । विपन्न समुदायका परिवारहरूले आफै शौचालय निर्माण गर्न नसकेको अवस्थामा स्थानीय सरकारले शौचालय निर्माणमा अनुदान दिनुपर्ने हुन्छ । यस नगरपालिकाको घर आँगन, सडक, बजार तथा सार्वजनिक क्षेत्रहरुलाई सरसफाई युक्त बनाउनका लागि विभिन्न स्थानहरुमा सार्वजनिक शौचालयहरु निर्माण भएका छन् । सार्वजनिक शौचालयहरुलाई सरसफाई युक्त राख्नका लागि टोल स्वास्थ्य समिति तथा नगरपालिकाले महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्दछ । सार्वजनिक शौचालय प्रयोग गरेबापत केही शुल्क लिई शौचालयहरु सरसफाई र व्यवस्थापनमा खर्च गर्न सकिन्छ यसका साथै घर आँगन, बजार, सडकहरु सफा रहन्छन् भने नगरपालिकाको राजश्वमा समेत केही टेवा पुर्याउन सकिन्छ । यस नगरपालिकामा पर्याप्त संख्यामा सार्वजनिक शौचालयहरु नभए तापनि भएका सार्वजनिक शौचालयको विवरण तालिकामा उल्लेख गरिएको छ ।

तालिका नं. ५३: सार्वजनिक शौचालय सम्बन्धी विवरण

क्र.सं. शौचालय रहेको स्थान वडा नं. संख्या
वर्षे डाँडा र शनिबारे
सुन्दरपुर (वार्ड परिसर को सडक र शिवालय पार्क)
बेलटार बसपार्क र कौवाखोज
चारघरे, रानीटार र गढी
बँदेल पानी र भर्लेनी
ज्यामिरे
हडिया १०

स्रोत: नगर कार्यपालिकाको कार्यालय

५.३.४ फोहोर व्यवस्थापन सम्बन्धी घरपरिवारको विवरण

विशेष गरी शहरी क्षेत्र र बजार केन्द्रहरूमा जनघनत्व बढी हुने भएका कारण मानव उत्सिर्जित तथा उद्योगधन्दा र कलकारखानाबाट निस्कने फोहोरले बस्तीको सौन्दर्यलाई विरुप पार्नुको साथै सार्वजनिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्दछ । यस्तो अवस्थामा सरकार तथा समुदाय दुवैको तर्फबाट फोहोर व्यवस्थापन प्रणालीलाई दीर्घकालीन रुपमा सम्बोधन गर्नुपर्दछ । फोहोरले स्वास्थ्य र सौन्दर्य दुवैलाई हानी गर्दछ भन्ने कुरा हृदयंगम गर्दै फोहोरको समुचित व्यवस्थापन गर्नु आवश्यक छ । कतिपय कुहिने प्रकृतिको फोहोरबाट प्राङ्गारिक मल पनि बनाउन सकिन्छ । नगरपालिकाले फोहोर व्यवस्थापनका लागि नगर क्षेत्र भित्रका बजार/बस्तिमा ढल निकासका लागि आवश्यक व्यवस्थापन गर्ने, फोहोरमैला व्यवस्थापनमा शून्य लागतको नीति अवलम्बन गर्न टोल विकास संस्थालाई जिम्मेवार बनाउने, बजार व्यवस्थापन तथा विकास समितिको अगुवाइमा बेल्टार बसाहा उद्योग वाणिज्य संघ, टोल विकास संस्था र सरोकारवालाहरुको सहकार्यमा फोहोरमैलाको दिगो व्यवस्थापन गर्ने लगायत नीति तथा कार्यक्रम अगाडि सारेको छ ।

फोहोर व्यवस्थापनमा देखिएका समस्याहरू:

हाल यस नगरपालिकामा देखिएका समस्याहरू देहाय बमोजिम रहेको छ :

फोहोर व्यवस्थापनका नाममा फोहोरहरू खोला–खोल्साका होचा भागमा अनियन्त्रित तरिकाले फाल्ने प्रवृति यत्रतत्र देखिन्छ । यसरी फालिएको फोहोर वर्षातका समयमा पानीले बगाएर खोला खोल्सा तथा नदीका तल्लो भाग सम्म पुर्याएर प्रदुषणलाई विस्तारित गर्दछ ।

जमिनका होचा भाग पानीका स्रोत पनि हुने भएका र तिनै पानी सतहमा देखिने एवं जमिनको भित्र पानी छिरेर जाने हुँदा होचा भागमा फालिएको फोहोरले सतहको पानी तथा जमिन भित्रको पानी समेतलाई प्रदुषित गर्दछ ।

फोहोरमैला व्यवस्थापनमा ध्यान दिनुपर्ने कुराहरू:

भान्छा कोठाबाट निस्केको फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याउने ।

कुहिनेलाई मलमा प्रयोग गर्न तालिम तथा हरेक घरधनीलाई उत्प्रेरित गर्ने कार्यक्रम नगरपालिकाले गर्ने ।

नकुहिने फोहोरलाई पुनः विभिन्न तहमा छुट्याउने जस्तै काठ, प्लाष्टिक, धातु, सीसा । यी फोहोरलाई आवश्यकतानुसार पहिचान गरिसकेपछि पुनः प्रयोगमा आउनेलाई सम्बन्धित सेवा व्यवस्थापनतर्फ जोड दिने । यस नगरपालिका क्षेत्रका खुला स्थान जहाँ पानीको स्रोत छैन् त्यहाँ वैज्ञानिक तवरबाट छनौट गर्न व्यवस्था गर्ने ।

५.३.५ ढल निकास तथा ल्याण्डफिल साइटको अवस्था

शहर बजार केन्द्र र एकीकृत बस्ती भएका ठाउँमा ढल निकासको राम्रो प्रबन्ध हुनु आवश्यक छ । ढल निकास पनि भौतिक विकासको एक महत्वपूर्ण पूर्वाधार हो । सडक निर्माणसँगै ढल निकासको व्यवस्थापन भएको खण्डमा सरकार पूर्वाधार विकासमा गरिने दोहोरो खर्चबाट बच्दछ । यसका अलावा मानव बस्तीबाट उत्सर्जित फोहोरलाई मानव बस्तीभन्दा निश्चित टाढाको दुरीमा ल्याण्डफिल साईट बनाएर व्यवस्थापन गर्नुपर्दछ । फोहोर रहित स्वच्छ र सफा वातावरण सभ्यताको परिचायक हो ।

नगरपालिकाले यथोचित रूपमा ढल निकासको उचित प्रबन्ध गर्न सकेको छैन् । यद्यपि शहरी विकास योजना निर्माण गरी अगाडि बढ्न नगरपालिका प्रतिबद्ध रहेको छ । फोहोरमैला व्यवस्थापनका लागि नगरपालिका क्षेत्रमा निश्चित ल्याण्डफिल साइटको व्यवस्था हुन सकेको छैन । नगरपालिकाले ढल निकासका सन्दर्भमा नगरपालिका क्षेत्रका बजार/बस्तीमा ढल निकासका लागि आवश्यक व्यवस्थापन गर्ने, फोहोरमैला व्यवस्थापनमा शून्य लागतको नीति अवलम्बन गर्न टोल विकास संस्थालाई जिम्मेवार बनाउने, बेल्टार बजार लगायत नगरपालिका अन्तर्गतका बजारहरुको सौन्दर्यीकरण गर्ने लगायतका नीतिहरु अगाडि सारेको छ ।

५.३.६ घरपरिवारविहिन बालबालिकाको अवस्था

नेपालको संविधानको धारा ३९ अन्तर्गत उपधारा ९ बमोजिम मौलिक हकमा, असहाय, अनाथ, अपाङ्गता भएका, द्वन्द्व पिडित, विस्थापित एवं जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हक हुनेछ भनी उल्लेख छ भने धारा ४३ मा आर्थिक रुपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानून बमोजिम सामाजिक सुरक्षाको हक हुनेछ भनी उल्लेख गरिएको छ । यसर्थ स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाले यस प्रकारको बेसहारा अवस्थामा रहेका बालबालिका र अन्य नागरिकलाई अनिवार्य संरक्षण गर्नुपर्ने दायित्व रहेको छ ।

५.४ युवा, खेलकुद तथा मनोरञ्जन

५.४.१ खेलमैदान, पार्क, पिकनिक स्थल तथा मनोरञ्जनस्थल सम्बन्धी विवरण

भर्लेनी खेलमैदान

भर्लेनी खेलमैदान

भर्लेनी पिकनिक स्पट

भर्लेनी पिकनिक स्पट

खेलकुद क्षेत्रमा स्वस्थ, प्रतिस्पर्धा जनशक्ति उत्पादन गरी नगरपालिकाको खेल अनुशासन र खेलकुद विकासलाई बल पुर्याउन सकिन्छ भन्ने मान्यता अनुसार यस नगरपालिकामा खेलकुदको विकास भएको पाइन्छ । यस नगरपालिकाको वडा नं. २, वडा नं. ४, वडा नं. ५, वडा नं. ६, वडा नं. ७ र वडा नं. ८ मा खेलमैदानहरु रहेका छन् भने यि खेल मैदानहरुको अवस्था सामान्य रहेको छ । समग्रमा भन्नुपर्दा बालबालिका एवं युवा जनशक्तिको स्वस्थ शारीरिक विकासको लागि नभई नहुने खेलकुदको क्षेत्रमा अत्यन्त न्यून लगानी हुने गरेको देखिन्छ । विगतमा निर्मित खेलकुद सम्बन्धी पूर्वाधारहरूको मर्मत गर्न निकै ठुलो लगानी गर्नुपर्ने आवश्यकता देखिएको छ ।

सुन्दरपुर खेल मैदान

सुन्दरपुर खेल मैदान

दुवार खेल मैदान

दुवार खेल मैदान

नगरपालिकामा मनोरञ्जनको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुद मैदानहरू नभएपनि भलिबल तथा फुटबल मैदानहरू, खुल्ला जमिन, चौर, पार्कहरूमा यहाँका मानिसहरूले मनोरञ्जन लिने गरको पाइन्छ तर ती खुला जमिन, चौर तथा खेलमैदान व्यवस्थित मैदानको रुपमा विकसित भइसकेको छैन् । यहाँका किसानहरू धेरै समय आफ्नो खेत बारीमा बिताउने गर्दछन् भने फुर्सदको समयमा उनीहरू त्यहाँको स्थानीय प्रकृतिमा रमाउने र आफ्नो पहुँचमा रहको मनोरञ्जनका क्रियाकलापहरू गर्ने गरेको पाइन्छ । नगरपालिकामा रहेका खेलकुद मैदान सम्बन्धी विवरण तालिकामा उल्लेख गरिएको छ ।

तालिका नं. ५४: रंगशाला तथा खेल मैदान सम्बन्धी विवरण

क्र.सं. खेल मैदान ठेगाना
ब्यायामशाला (जिमखाना), कबर्ड हल, ब्याडमिन्टन कोर्ट, नारदमुनि खेल मैदान- बसाहा, वडा नं. ४
ब्यायामशाला (जिमखाना), क्रिकेट मैदान (सातधारे), कबर्ड हल, सिरवानी र केचुवा खेल मैदान वडा नं. ६
कबर्ड हल र खेल मैदान (सुन्दरपुर), ब्याडमिन्टन कोर्ट, सिवाही खेल मैदान, खोरिया टोल खेल मैदान वडा नं. ५
झोरा पाटा ब्याडमिन्टन कोर्ट वडा नं. २
दुवार हांग (श्री पंचमी) खेल मैदान, बन कार्यालय परिसर खेल मैदान, सहिद स्मारक खेल मैदान, देवीस्थान डाँडा खेल मैदान, सगरमाथा खेल मैदान, लामेचौर खेल मैदान, वडा नं. ७
भर्लेनी खेल मैदान, बँदेल पानी खेल मैदान, राजानागी खेल मैदान, हात्तिसार खेल मैदान वडा नं. ३

स्रोत: नगर कार्यपालिकाको कार्यालय

हत्तिखोरे पार्क

हत्तिखोरे पार्क

नगरपालिकामा रहेका पार्क तथा उद्यानहरू सार्वजनिक सम्पत्तिहरू हुन् । नगरपालिकाको पर्यावरणीय प्रणालीलाई सुरक्षित गरी हरित क्षेत्रलाई प्रवर्द्धन गर्न यी क्षेत्रहरूको संरक्षण गर्नु आवश्यक छ । दैनिक नियमित कामकाजबाट पर रही मानसिक स्फूर्ति र स्वच्छताका लागि मनोरञ्जनको आवश्यकता पर्दछ । मनोरञ्जनका विभिन्न उपायहरू मध्ये स्वच्छ तथा प्राकृतिक वातावरणमा रमाउने तथा वनभोज गर्ने चलन सर्वव्यापी र प्राचिन चलन हो ।

सार्वजनिक सम्पदाको रुपमा रहेका उद्यान, पार्क तथा खेल मैदानहरूको दिगो रुपमा संरक्षण विकास र विस्तार गर्न सके नगरपालिकाको विकास र विस्तार हुँदै जाँदा यी क्षेत्रहरू पर्यावरणीय महत्वका हिसाबले अत्यन्त आवश्यक र महत्वपूर्ण हुन्छन् । यी क्षेत्रहरूलाई हरित क्षेत्रको रुपमा विश्रामस्थल तथा नगरपालिकाको प्राकृतिक सुन्दरता कायम गर्न सहयोग गर्दछन् ।

५.४.२ युवा क्लब सम्बन्धी विवरण

तालिका नं. ५५: नगरपालिकामा रहेका युवा क्लब तथा खेलकुद क्लबको विवरण

क्र.सं. युवा क्लब तथा खेलकुद क्लबको नाम वडा नं
सिर्जना युवा क्लब

स्रोत: नगर कार्यपालिकाको कार्यालय

५.५ कला, भाषा तथा संस्कृति

५.५.१ सार्वजनिक स्थल, पाटी, पौवा र चौतारा

पाटी, पौवा, धर्मशाला चौतारा तथा विश्रामस्थलहरू हाम्रा साँस्कृतिक चिनारी हुन् । यी परम्परागत संरचनाले हाम्रो पुर्ख्यौली संस्कृतिलाई प्रतिनिधित्व गर्दछन् । त्यसैले यी संरचनाहरूको संरक्षण, सम्बर्द्धन र स्तरोन्नति गरी भावी पुस्तालाई समेत हाम्रो परम्परा र संस्कृतिसँग परिचित गराउनु पर्दछ । यसो गरेको खण्डमा हाम्रो परम्परागत मौलिक पहिचान बच्दछ । विकासका आधुनिक संरचना बनाउने क्रममा हामीले मौलिक साँस्कृतिक सम्पदाको संरक्षणमा विशेष ध्यान दिनु आवश्यक छ ।

कसैको हक वा स्वामित्वमा नभएको परापूर्वदेखि सार्वजनिक रुपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाउ निकाल्ने निकास, वस्तुभाउ चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टी स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक प्रयोगको स्थल वा सम्पत्ति नै सार्वजनिक सम्पत्तिहरू हुन् । विगतमा सडक यातायातको विस्तार र विकास नहुँदा यी पार्टी, पौवा तथा चौताराहरू बटुवाहरूका विश्रामस्थल (Refresh Center) वा थकान मेटाउने महत्वपूर्ण स्थलको रुपमा विकसित भएको र हाल यी स्थलहरू सार्वजनिक बहस र सामुदायिक अन्तरक्रिया हुने अनौपचारिक स्थलको रुपमा रहेका छन् भने सडक सञ्जालको समुचित विकास नभएको स्थानहरूमा यी विश्राम स्थलकै रुपमा प्रयोग हुँदै आइरहेका छन् । यस्ता क्षेत्रहरूको विकास र संरक्षण गर्ने दायित्व हामी सबैको हो । नगरपालिकामा रहेका सार्वजनिक स्थल, पाटी पौवा तथा चौताराहरु सम्बन्धी विवरण तालिकामा प्रस्तुत गरिएको छ ।

तालिका नं. ५६: नगरपालिकामा रहेका सार्वजनिक स्थल, पाटी पौवा तथा चौतारा सम्बन्धी विवरण

क्र.सं. सार्वजनिक स्थल, पाटी पौवा र चौतारा ठेगाना
पुष्पलाल चोक (बजार क्षेत्र), शिवालय मन्दिर, कौवा खोंच (कुवाखानी), काली मन्दिर परिसर वडा नं. ६
बन बाटिका, भीमसेनस्थान, गढी थान वडा नं. १०
हातिखोरे पार्क, दुवार हांग क्षेत्र, माटे खाडी, दुवार खोला परिसर-पशु हट क्षेत्र (माथिल्लो बेलटार) वडा नं. ७
झोरपाटा खुला चौर क्षेत्र, बदेले, झोरा पाटा वडा नं. २
ज्यामिरे पाटि तथा पिकनिक स्थल, थान पोखरी परिसर (४ वटा पोखरी), भिम सदेर स्थल वडा नं. ९
सिद्धिपुर, अप्राह, धारापानी वडा नं. ८
गढी, सिम्पानी खुला क्षेत्र, कंचनपुर (पार्क र खुला क्षेत्र), बतासेडाँडा, चारघरे वडा नं. १
आमसाल, भर्लेनी (पार्क र खेल मैदान), बँदेल पानी, हात्तिसार वडा नं. ३
सुन्दरपुर पोखरी (जलाशय ३ वटा पोखरी), सुन्दरपुर पार्क, पाण्डव वास (बेशी र माथिल्लो स्थल) खेल मैदान, घेर टोल, भेला चौर, सिवाही वडा नं. ५
१० वर्षे डाँडा, शनिबारे, तीन दोभाने वडा नं. ४

स्रोत: नगर कार्यपालिकाको कार्यालय

५.५.२ स्थानीय चाडपर्व तथा जात्रा र मेलाहरूको विवरण

यस नगरपालिकामा विभिन्न जाति, धर्म सम्प्रदाय र भेषभूषाका मानिसहरू बसोबास गर्दछन् । यहाँ अधिकांश हिन्दु धर्म मान्ने मानिसहरू रहेका छन् भने किराँत, बौद्ध, क्रिश्चियन, इस्लाम, प्रकृति धर्म मान्ने केही मानिसहरू पनि बसोबास गर्दछन् । सबै जातजाति र सम्प्रदायका आ–आफ्नै खाले धर्म संस्कृति र चालचलन रहेका छन् । जसमा बडादशैँ, तिहार, रामनवमी, महाशिवरात्री, हरितालिका, श्री पञ्चमी, श्रीकृष्ण जन्माष्टमी, विवाह पञ्चमी, होली, चैतेदशैँ, साउने-माघे संक्रान्ति, मातातीर्थ औंसी, अक्षय तृतीया, हरिशयनी-हरिबोधनी एकादशी, नागपञ्चमी, रक्षाबन्धन (जनैपूर्णिमा), कुशेऔंसी, बालाचर्तुदशी, कोजाग्रत पूर्णिमा, श्री स्वस्थानी पूर्णिमा, उभौली (बैशाख पूर्णिमा) र उधौली (मंसिरे पूर्णिमा), भूमे (भुम्या) पर्व, बुद्धजयन्ती, क्रिशमस डे, अंग्रेजी नयाँ वर्ष, असारे १५ आदि चाडपर्वहरू रहेका छन् । यस नगरपालिकामा मनाइने स्थानीय चाडपर्व, जात्रा तथा मेला सम्बन्धी विवरण तालिकामा उल्लेख गरिएको छ ।

तालिका नं. ५७: स्थानीय चाडपर्व तथा जात्रा र मेलाहरूको विवरण

क्र.सं. चाडपर्व/जात्रा/मेला कहिले मनाइन्छ मनाउने जातजाति/समुदाय
दशैँ, तिहार, तीज, माघी, होली पूर्णिमा, कृष्ण जन्माष्टमी, लगायतका पर्वहरु हिन्दु
शिवरात्री, साउने संक्रान्ति, चैतेदशैँ हिन्दु
माघे संक्रान्ति, तिज, कृष्ण जन्माष्टमी हिन्दु
कृष्ण जन्मअष्टमी भदौ हिन्दु
शिवरात्री मेला शिवरात्री हिन्दु
होली (फागु पूर्णिमा) फाल्गुन हिन्दु
भूमे (भुम्या) पर्व हिन्दु
क्रिसमस क्रिश्चियन धर्मावलम्बी

स्रोत: नगर कार्यपालिकाको कार्यालय

५.६ शान्ति तथा सुरक्षाको विवरण

संविधानमा उल्लेख भए अनुरुप राज्यले नागरिकलाई सुरक्षित आभास गराउन सक्नु पर्दछ । हरेक राष्ट्रका नागरिकहरूलाई नागरिक सुरक्षा प्रदान गर्नु राज्यको दायित्व हो । नागरिकले आफ्नो राज्यमा सुरक्षित महशुस गर्न पाउनुपर्छ । यसलाई चुस्त बनाउन नागरिक समाजको पनि त्यतिकै महत्वपूर्ण भूमिका रहन्छ ।

नगरपालिकामा भएका अपराधिक तथा सामाजिक नियम बाहिरका कार्य चोरी–डकैती लगायतका अन्य कार्यहरू यी सुरक्षा निकायमार्फत समाधान हुने गरेको पाइन्छ । यस नगरपालिकामा वर्षभरिमा कुनै अप्रिय घटना घटेको दर्ता खासै गरिएको देखिदैन् । नगरपालिकामा सानातिना झै–झगडा, कुटपिट, साँध, सिमानामा विवाद, चोरी डकैती, ठगी, घरेलु हिंसाका घटनाहरू यदाकदा हुने गरेको स्थानीयबासीको भनाई छ । यस नगरपालिकाभित्रका वडा नं. २, वडा नं. ४, वडा नं. ५, वडा नं. ६ र वडा नं. १० मा सुरक्षा निकायहरु स्थापना भएका छन् जसको विस्तृत विवरण तलको तालिकामा प्रस्तुत गरिएको छ ।

तालिका नं. ५८: नगरपालिकामा रहेका प्रमुख सुरक्षा निकायहरुको विवरण

क्र.सं. सुरक्षा निकायको नाम रहेको स्थान
इलाका प्रहरी कार्यालय बेल्टार वडा नं ६ र सिवाही वडा नं. ५
सशस्त्र प्रहरी बल बेल्टार वडा नं. ६
प्रहरी चौकी हडिया वडा नं. १०
प्रहरी चौकी वर्षे डाँडा र बसाहा वडा नं. ४
प्रहरी चौकी मदिवास वडा नं. २

स्रोत: नगर कार्यपालिकाको कार्यालय